Patrice Lumumba, former Prime Minister of Congo
 

प्याट्रिस हेमरी लुमुम्बा सन् १९२५ को जुलाई २ मा बेल्जियन कंगोमा जन्मिएका साम्राज्यवाद र औपनिवेशीकरणको विरुद्धको अभियानका प्रगतिशील आदीवासी जननेता हुन् । प्रजातान्त्रिक गणतन्त्र कंगोको प्रथम प्रधानमन्त्री लुमुम्बा घानाका समकक्षी क्वामे एनक्रुमा जस्तै राष्ट्रियता तथा स्वतन्त्र अफ्रिका (पानअफ्रिका) आन्दोलनका समेत नेतृत्वकर्ता हुन् ।

एक सय बर्ष अघि कंगो बेल्जियमको उपनिवेश बनेको थियो । त्यसबेला बेल्जियन राजा लियोपोण्ड थिए । त्यतिखेर कंगोलाई “कंगो प्री स्टेट” भनिन्थ्यो । त्यहो प्री स्टेट जहाँ लियोपोण्डको औपनिवेशिक शासन थियो । त्यो प्रि स्टेट जहाँ राजा लियोपोण्डको खुनी शासनमा लादिएको बाध्यकारी श्रम व्यवस्थाका कारण कंगोको जनसंख्या नै आधा घट्न पुगेको थियो । पश्चिमाहरुको निर्दयताका यस्ता गाथा कैयन छन् । कंगो मात्र अपवाद थिएन ।

औपनिवेशिक शासन विरुद्ध उठ्न लुमुम्बाले मजदुर किसानलाई आह्वान गरे । आन्दोलन स्थापनाको दुई बर्ष भित्रैमा प्रर्दशनका लहरहरु उर्लिए, लुमुम्बा प्रकाउ परे तर कडा विरोधको कारण उनी रिहा भए । बेल्जियमको राजधानी ब्रसेल्समा भएको कंगोसम्बन्धी सम्मेलनमा कंगोको स्वतन्त्रताको पक्षमा वकालत गरे । पचहत्तर बर्षको औपनिवेशिक शासन ढाल्यो र कंगो स्वाधिन भयो ।

Pramesh Pokharel, Young leader of ANPFa
लेखक

कंगोमा निर्वाचनबाट नै सत्तामा पुगेको प्रधानमन्त्री प्याट्रिस लुमुम्बाको प्रगतिशील सरकार युरोप, अमेरिका र संयुक्त राष्ट्रसंघलाई मन परेको थिएन । सरकारको स्थापनाको सात महिनाको अवधिमा लुमुम्बा फ्याँक्न सबैथरी कार्य गरियो, विद्रोहका लागि सेनालाई उक्साइयो र दुईवटा प्रान्तले आफू अलग भएको घोषणा गरे । संयुक्त राष्ट्रसंघ समेतले कंगोमाा सेना भित्रायो ।

यसैकारण, १७ जनवरी १९६१ लुमुम्बालाई बन्दी बनाएर विमानमा पाता कसेर गोप्प रुपमा वाक्वाङ्गामा साटो एलिजा वेथामिलेमा लगी साटो एलिजा वेथामिलेमा उतारी एउटा भवनमा लगेर उनलाई कुटेर मारे । त्यतिखेर लुमुम्बा ३६ बर्षका थिए ।

स्वतन्त्रताका सेनानी लुमुम्बा प्रजातान्त्रिल ढंगबाट प्रधानमन्त्रीमा निर्वाचित व्यक्ति हुन्, जसको छाँयामा युरोप र अमेरिकाको प्रजातन्त्र फलिफाप भयो ।

लुमुम्बाको हत्या पश्चात कंगोमा गृहयुद्ध, हत्या र हिंसाको लहर शुरु भयो । अमेरिकाद्वारा आर्शिवाद प्राप्त मोकुतु सेसे सेकोलाई सत्तामा बहाल गरियो । कंगोको नाम जैरेमा फेरियो र प्राकृतिक सम्पदाले भरपुर जरैलाई विश्वको अत्यन्त निर्धन राष्ट्रको सूचिमा पुर्‍याइयो । यसको विरोधमा लुमुम्बाका समर्थक र जनताले आन्दोलन गरी उनैका मित्र लरेफ्ट कविलको नेतृत्त्वमा मुक्तियोद्धाहरुले मोबुतुको तानाशाही सत्ता बिरुद्ध आन्दोलन गरे र मोबुतु ५ बर्ष पछि सपरिवार मुलुक छाडेर मोरक्को तर्फ भागे र जैरे फेरि कंगो भयो ।

यो पनि पढ्नुहोस्ः

प्याट्रिस लुमुम्बाको अन्तिम पत्रः नेपाली विधाको अन्तर्राष्ट्रियतावादी कविता