Nimananda Rijal
 

स्वपना भोको पेट भर्नुको हो ।
नाङ्गो आङ ढाक्नुको हो ।
स्वपना सुरक्षाको हो
स्वपना स्वास्थ्यको हो ।
स्वपना शिक्षाको हो ।
स्वपना खुसीको हो ।

तिम्लार्इ लाग्छ
यी
मैले निलेको छु ?
तिम्लार्इ लाग्छ
मैले सम्झौता गरेको छु ?

मोति बिन्दु भएको आँखा
पट्टि बाँध्नुभन्दा खतरा हुन्छ ।
पट्टि खोलिन्छ
तर
मोतिबिन्दुलार्इ सर्जरी चाहिन्छ ।

म त तुषारोसँग उभिएको छु ।
हुरीसँग पौँठेजोरी खेलेको छु ।
स्वपनाहरुको ज्योतिलाइ बचाउन,
आँधीसँग ठिंग उभिएको छु ।
सतिसाल बनेर ठडिने प्रयत्नरत छु ।

म आज हुँ
भोलि हेर्ने
हिजो बाट सिक्ने ।

परिवर्तन लहड पनि त होइन ,
यो त यथार्थ हो ।
जीवन हो, प्रकृती हो ।
सचेत प्रयत्न हो ।
आँधीसँग पौँठेजोरी खेल्ने
खम्बा हो, साहास र आँट हो ।

तिमी त आँधीसँगै भागेछौ ।
खियाउँदै गर्दा बिचमै छोडेछौ ।
सँगै देखेका स्वपना च्यात्ने गरेछौ
आफनै नाउँमा छेद गर्ने प्रयत्न गरेछौ ।

गर्जनसँग
हुटिट्याउँ बनेछौ ।
र पनि म
गन्तब्यमा पुग्ने प्रयत्नरत छु

हामी समयसँग जुद्धैछौ ।
मोतिबिन्दु धमिलो हुन्छ ,
दृष्य भ्रम हुन्छ, देख्दैनौ ।
परिवर्तनको मार्ग देख्दैनौ ।

मोतिबिन्दुको सर्जरी गर
संसारको चित्र हेर
यो रंगिन छ
चित्रको स्वपनालार्इ
रुपान्तरण गर ।
ताप र राप बनाऊ ।
तुषउरोलार्इ चिर
आँधीसँग पहाड बन ।

सचेत प्रयत्नसहित आऊ ।
स्वपना रुपान्तरित गर्न
आँखाको सर्जरी गरेर आऊ
सँगै खियाउँदै गरेको नाउ
लगातार गन्तब्य बढिनै रहेछ
तिमी होऊ या न होऊ
यो लगातार बढिरहन्छ ।
तर
तिमि आऊ
महान यात्री बनेर आऊ ।

यही प्रयत्न तिम्ले देखेनौ ।
म के गर्न सक्छु ?
सँगै कोरेकोे स्वपना साकार गर्न,
मेतिबिन्दुको सर्जरी गरेर आऊ ।
महान यात्री बनेर आऊ
फेरि पनि भन्छु ।
यो अबिछिन्न यात्रा हो
महान यात्री बनेर आऊ।

नर्गाजुन, काठमाडाैँ ।
श्रावण २३, २०७५