Mao Zedong, Chairman of the Communist Party of China
 

हराएँ भावनाभित्र अतीततर्फ फर्कँदै,
रमाएँ स्वप्नसंसार फर्कने कल्पनासँगै,
सामन्ती वर्गशत्रुको दमनको वर्ष त्यो थियो,
खुनी नङ्ग्रा उठाउँथे कोर्रा माथि उचाल्दै ।

बिउँझेका सब भूदास हातमा औजार जो थिए,
भाला-परशुकासाथै लाममा ती सँगै भए,
कठोर बलिदानीको भावमा जब उठ्दथे,
दरिलो दृढसङ्कल्पी मनले वीर बढ्दथे ।

खुशी छु अहिले देख्दा खलिया अन्नका ठूला,
चम्केका सूर्य-चन्द्रैले आकाश जगमगाउँदा,
तुवाँलो छोप्छ त्यो साँझ किसान घर फर्कँदा,
हर्षले मग्न भै हेर्छु क्रान्तिका वीर आउँदा।

Sheshmani Acharya
अनुवादक

****

[ यो कविताको रचनाकाल टिप्न बिर्से पनि यसलाई पढ्दा क्रान्तिको विजय पश्चात् चिनियाँ किसानहरु समाजवादी समाजको निर्माणकाे क्रममा जनकम्यूनमा उत्पादनमा लागेर साँचो अर्थमा सम्पत्तिको मालिक भई सुखी र खुशहाल जीवन बिताएको समय देखिन्छ  । जनताको यस खुशीमा कवि अत्यन्त गदगद् छन्ए । उटा शोषितपीडित जनताको नेताको जीवनमा यो भन्दा आनन्द अर्को पनि केही हुन्छ र ? अनुवादकः क. शेषमणि आचार्य । ]