Pujari-ba-gulmi-nayagaun-Bishnu Prasad Pokharel
 

“वसन्त अाएकाे छरे ! पारी मैदानभरि बर्दिवाला अाएका छन !” भन्दै टाेलभरि डुलेर उहाँ म भए ठाउँ अाउनुभयाे ! “जा, छिटाे जा, फेरि मिलाएर बुझेर अाउनु ।” भन्दा उहाँ अत्यासिँदाे मुद्रामा हुनुहुन्थ्याे ।

बिहान ९ बजेतिर नयाँगाउँकाे ताेर्तमा हाम्राे टिम खाना खाने तरखरमा थियाे । साथीहरु खाना खाने तयारीमा हुनुहुन्थ्याे । उहाँले त्यति भनिसक्दा नसक्दै मैले सबै टिमलाई अल अाउट हुन र जतिसक्दाे छिटाे क्यामाेफ्लाइज हुन निर्देशन दिएँ । अगाडिकाे सम्पर्क विन्दू पिपलधारा हुने गरी टिम तितरवितर हुदै पछाडि हट्याे ।

हामीसँग करिब १ दर्जनकाे संख्यामा भूमिगत नेता कार्यकर्ताहरु थियाैँ । नभन्दै केही मिनेटभरमा पल्लाे घरकाे करेसाे हुदै सेनाहरू हामी  बसेकाे टाेल खानतलासी गर्दै थिए । हामी सबै सकुशल सम्पर्क स्थलतिर लागिसकेका थियाैँ ।

Yubaraj Kc Bashanta Gulmi
लेखक

उहाँ अर्थात “पुजारी बा” ! नयाँगाउँ गुल्मी मेराे राजनीतिक भूमिगतकालकाे अविष्मरणीय सेल्टरदाता भुमि हाे । अाजभन्दा करिब १५ वर्ष अगाडिकाे सेराेफेराेमा मेराे जीवनका अमूल्य क्षणहरु, अाश्रयदाताहरु, सहयात्रीहरु र जिवनदाताहरु नयाँगाउँकाे सेराेफेराेसँग जाेडिएका हुनुहुन्छ । कैयाैँपटक तत्कालिन सुरक्षाकर्मीहरुको अामनेसामने हुनबाट जाेगाउन महत्त्वपूर्ण सूचनाहरु जाेखिम लिएरै पुर्याउनुभएकाे छ । म उहाँहरु सबैप्रति सदा नतमस्तक र अाभारी रहिरहनेछु ।

नयाँगाउँकाे ताेर्तमा रहेकाे मन्दिरमा पुजारी समेत रहनुभएका काइँला बा विष्णुप्रसाद पाेखरेल गत कार्तिक १५ गते ९५ वर्षकाे उमेरमा बित्नुभएछ । सामाजिक सञ्जालमा उहाँप्रति व्यक्त श्रद्धाञ्जली देख्दै गर्दा पुनः एकपटक अगाध श्रद्धा र सम्मानले मलाई फेरि नयाँगाउँकाे सम्झनामा पुराएकाे छ ।

जनयुद्धकालकाे २०५९/२०६० काे सेराेफेराे मेराे नयाँगाउँकाे अासपासमा बित्याे । नयाँगाउँका मुकेश (विरेन्द्र कुँवर) की दिदीकाे घर हाम्राे मुख्य सेल्टर र त्यस अासपासका प्राय सबै घर र व्यक्तिहरु हाम्रा जीवनदाता र अाश्रयदाता हुनुहुन्थ्याे । ताेर्त निवासी बालकृष्ण पाेखरेलज्युले बारी जाेत्नका लागि हली र गाेरु खाेज्ने निहुँ बनाएर अार्मीकाे बिचवाट अाएर हाम्राे सांस्कृतिक कार्यक्रमकाे तयारी गरिरहेकाे टिमलाई सुरक्षित गराउनु भएकाे घटना हाेस् वा अन्य घटनाहरु यतिबेला स्मरणमा घुमिरहेका छन् ।

राजनीतिक अास्थाकाे हिसाबले उहाँहरु कहाँनेर उभिनुभएकाे थियाे, याे मुख्य कुरा थिएन र हाेइन । हामीले गरिरहेकाे त्यागपूर्ण , बलिदानिपूर्ण अान्दाेलनमा उहाँहरुकाे सहानुभूति थियाे, समर्थन र सहयाेग थियाे । याे सबैकाे कूल याेग नै अहिलेकाे राजनीतिक परिबर्तन हाे ।

नेपालमा गणतन्त्र स्थापना भैसकेपश्चात गुल्मी जिल्लाकाे माअाेबादी केन्द्रकाे सचिब र स्थानीय शान्ति समितिकाे संयाेजक समेत रहेकाे अवस्थामा सायद २०६९ तिर हाे म एकपटक नयाँगाउँ पुगेँ । स्मरणमा व्यक्तिगत पूर्ण विवरण नभएका तर घटना विवरण ताजै रहेका उनै पुजारी बा’लाई खाेज्दै उहाँकाे निवास पुगेँ । बुढ्याैलीले समातिसकेका कारण सुरुमा ठम्याउन नसकेता पनि “म वसन्त हाे बुवा, उहिलेकाे वसन्त, हजुरले म लगायत मेरा साथीहरुकाे जीवन बचाउनु भएकाे थियाे, त्याे याेगदान सम्झेर अाएकाे बुवा ।” भन्दा नभन्दै बुवा भक्कानिनु भयाे ।

गहभरि अाँशु पार्नुभयाे र भन्नुभयाे “बावु गुन सँधै गर्नुपर्दाे रहेनछ, मैले जम्मा एकपटक अार्मी अाएकाे छ बावु, यहाँबाट जाऊ न भनेकाे थिएँ; त्यहि गुन सम्झेर अायाै ! अाफ्नाहरुले त व्यस्त दैनिकी र वृत्तिविकासकाे कारण नसम्झिने याे बेलामा सम्झिएर अायाै ! सुनेकाे छु, ठूलाे मान्छे बनेका छाै रे, अझै ठूलाे मान्छे बन्नू, तर गुन नबिर्सनू” ।

अाज मेराे मानसपटलमा अनगिन्ति तरङ्गहरु उठिरहेका छन् । ग्रामिण जीवन बिताइरहनु भएका अादरणीय पुजारी बा’काे याे कथन अाधुनिक जमानामा कति सान्दर्भिक छ, त्याे सबैकाे अात्मसमीक्षाकाे विषय बनेकाे छ ।

जे हाेस ! समाज र दुनियाँ बदल्ने अभियानका यात्रीहरु थुप्रै बदलिए हाेलान् । तर उहाँ र उहाँजस्तै पाकाे पुस्ताका नैतिक दृष्टान्तहरु बदलिने छैनन् । कार्यक्षेत्र फरक र फरक खालकाे कार्यव्यस्तताका कारण नियमित भेटघाट र सम्पर्क हुन नसकेका कारण पूर्ण जानकारी नभएता पनि नयाँगाउँ र नयाँगाउँवासीसँगकाे सहकार्य अविष्मरणीय रहिरहेकाे छ ।

संस्मरणकाे याे चरणमा अादरणीय पुजारी बा विष्णुप्रसाद पाेखरेलको ९५ वर्षकाे उमेरमा २०७५ कार्तिक १६ गते भएकाे दु:खद निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शाेक संतप्त परिवारजन, अाफन्तजन र इष्टमित्र सबैमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

(लेखक युवराज केसि ‘वसन्त’ नेकपा, गुल्मीका नेता नेता हुनुहुन्छ – सम्पादक ।)