Chinese President Xi Jinping
 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले सुधार तथा खुलापनको चालीस वर्षको सफल अभ्यासबाट चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्त्वमा चिनियाँ विशेषतायुक्त समाजवादको सबैभन्दा महत्वपूर्ण विशेषता रहेको र चिनियाँ विशेषतायुक्त समाजवादी प्रणालीको सबैभन्दा ठूलो श्रेष्ठता रहेको स्पष्ट रूपमा देखिएको बिचार व्यक्त गर्नुभएको छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा अडिग रहनु नै सबभन्दा ठूलो सैद्धान्तिक विषय भएको र जसमा कुनै परिवर्तन नहुने पनि दोहोर्‍याउनुभयो।

डिसेम्बर १८ तारिख बेइजिङमा आयोजना भएको सुधार र खुल्लापनको ४० औँ वार्षिकोत्सव सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्राधिकरण र केन्द्रीय तथा एकीकृत नेतृत्त्वको दृढ रुपमा संरक्षण गर्नुका साथै पार्टीको नेतृत्त्वलाई सुधार, खुलापन, स्थीरता, आन्तरिक मामिला, कुटनीति, रक्षा, पार्टी, देश, सेनाको प्रशासन आदि विभिन्न क्षेत्रमा लागू गर्नुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो । चिनियाँ कम्युनिष्ट पार्टीले शासन क्षमता र नेतृत्त्व स्तरलाई उकासेर चीनको सुधार तथा खुलापन यात्रालाई सही दिशातर्फ निर्देशित गर्नुपर्ने पनि सी चिन फिङले दोहोर्‍याउनुभयो।

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना, जन गणतन्त्र चीनको स्थापना, सुधार तथा खुलापन र चिनियाँ विशेषतायुक्त समाजवाद कार्यलाई बढाउने यी सबै सन् १९१९ देखि चीनका तीन वटा ऐतिहासिक कार्य हुन् र आधुनिक चीन राष्ट्रको महा पुनःउत्थानका तीन वटा कोसेढुङ्गा भएको पनि बताउनुभयो।

समारोहमा सी चिन फिङले भन्नुभयो: “माओत्सेतुङको प्रमुख प्रतिनिधित्त्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीले जन गणतन्त्र चीनको स्थापना गरी समाजवादको आधारभूत प्रणालीको निश्चित गर्नुभयो, तङ स्याउ फिङको प्रमुख प्रतिनिधित्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ विशेषतायुक्त समाजवादको सफलताका साथ स्थापना गर्नुभयो, च्याङ च मिनको प्रमुख प्रतिनिधित्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ विशेषतायुक्त समाजवादलाई एक्काइसौँ शताब्दीमा पुर्‍याउनुभयो, हु चिन थाउको प्रमुख प्रतिनिधित्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीले नयाँ ऐतिहासिक सुरुवातमा चिनियाँ विशेषतायुक्त समाजवादमा अडिग रहेर विकास गर्नुभयो।”

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशन भएयता चिनियाँ विशेषतायुक्त समाजवाद नयाँ युगमा प्रवेश गरेको छ र जनताले प्राप्त गर्ने सुख, सुरक्षा अनुभव धेरै बढेको विचार सी चिन फिङले लिनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले चिनियाँ विशेषतायुक्त समाजवादी बाटो वर्तमान चीनले युगको विकासलाई अगाडि बढाउने र निर्देशन गर्ने बाटो भएको हुनाले अडिग रुपमा हिँड्दै जानुपर्ने व्यक्त गर्नुभएको छ। चीनले के विषयमा सुधार तथा खुलापन गर्ने र कसरी गर्ने कुराले चिनियाँ विशेषतायुक्त समाजवादी प्रणालीलाई पूर्णता दिलाउने र त्यसको विकास गर्नुपर्ने बताउनुहुँदै राष्ट्रिय व्यवस्थापन प्रणाली तथा व्यवस्थापन क्षमताको आधुनिकीकरणलाई बढाउने कूल-लक्ष्यलाई आधारभूत मापदण्ड बनाउनुपर्ने पनि महासचिव सीले औंल्याउनुभएको छ। उहाँले जोड दिनुभएअनुसार, आर्थिक निर्माणलाई मुख्य रूपमा राख्नुपर्ने, चारवटा आधारभूत सिद्धान्तलाई कायम राख्नुपर्ने र सुधार तथा खुलापनलाई निरन्तरता दिनुपर्नेछ।

राष्ट्राध्यक्ष सीको सम्बोधनमा विचारधारा र सिद्धान्त, आर्थिक निर्माण, प्रजातन्त्र र राजनीति, सांस्कृतिक विकास, जनजीवनको सुधार, पर्यावरणीय संरक्षण, राष्ट्रिय प्रतिरक्षा र सेनाको आधुनिकीकरण, शान्तिपूर्ण एकीकरण महा कार्य, शान्तिपूर्ण कूटनीति र पार्टीको निर्माण आदि दशवटा दृष्टिबाट बितेका ४० वर्षयता चीनको सुधार र खुल्लापनको क्रममा प्राप्त ऐतिहासिक उपलब्धिको पुन:सिंहावलोकन गर्नुभएको छ।

उक्त सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषद्ले यु मिन लगायत सुधार र खुल्लापनका लागि वरिष्ठ योगदान गरेका १०० जना व्यक्तिको प्रशंसा गर्दै उनीहरूलाई सुधार र खुल्लापनका प्रणेता पदवी पनि वितरण गरिएको छ भने अलाइन मेरियाक्स लगायतका १० जना अन्तर्राष्ट्रिय मित्रलाई चीनको सुधार मित्रता पदक पनि वितरण गरिएको छ।