Comrade Prachanda, प्रचण्ड
 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  तमु (गुरुङ)  समुदायको महान चाड तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु (गुरुङ) समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

अध्यक्ष प्रचण्डले एक शुभकामना सन्देश जारी गर्दै, ‘तमु (गुरुङ) समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने पर्वका रुपमा यो चाड मनाउने गर्दछ । सांस्कृतिक विविधता नै हाम्रो देशको मौलिकता हो । यसप्रकारका सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुमा सहिष्णुता, भातृत्व, आपसी प्रेम र एकताको भावना विकास गर्दछ’, भन्दै ‘तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु (गुरुङ) दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना’ व्यक्त गर्नु भएको छ ।

शुभकामना सन्देशको पूर्ण पाठः

तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु (गुरुङ) दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

तमु (गुरुङ) समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने पर्वका रुपमा यो चाड मनाउने गर्दछ ।

सांस्कृतिक विविधता नै हाम्रो देशको मौलिकता हो । यसप्रकारका सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुमा सहिष्णुता, भातृत्व, आपसी प्रेम र एकताको भावना विकास गर्दछ ।

मजबुत राष्ट्रिय एकताले नै समृद्ध नेपाल निर्माणको सपना पुरा हुन सक्दछ । राष्ट्रिय एकता र जनतामा आपसी सद्भाव समृद्ध राष्ट्रको पहिलो सर्त हो । तमु ल्होसारले नेपाली जनसमुदायमा सामाजिक एकता र बन्धुत्वको भावना विकास गर्न सकोस् भन्ने कामना गर्दछु ।

 

१५ पौष, २०७५

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

Chairman PRachanda, Tamu Lhosaar Good Wishes