मैले भर्खरै मात्र चाङ्साको पानी पिएको छु,
अनि, अहिले युचाङको माछा खान आएको छु,
म अहिले महान् याङ्त्से नदीमा डुबुल्की मार्दैछु,
‘चु’ को खुल्ला आकाशमा माथि–माथि नियाल्दै ।
हावा चल्न र छालहरु उर्लिन देऊ
आँगनमा आलस्यपूर्वक भौंतारिनुभन्दा परै पुग्नु बेस
आज म सजिलोमा छु ।
‘मेरा गुरुले भनेकै प्रवाहमा
अन्ततः चिजहरु बढारिँदैछन् । ’
त्रिपालहरु हावासँग हुत्तिए,
कछुवा र सर्प मौन भएका छन्,
महान् योजनाहरु अगाडि बढ्दैछन् ,
एउटा पुल उत्तर र दक्षिणसम्म फैलिनेछ,
गहिरो खाडललाई पुरेर मूल सडक बनाइनेछ,
सत्यको धारले गहिरो मतभेद चिर्दैै
पश्चिमसम्म ढुङ्गाका पर्खालहरु ठडिनेछन्,
माथिल्लो तटमा
‘उसान’ को बादल र वर्षालाई रोक्न
भञ्ज्याङमा एउटा मोहक तलाउ नबनेसम्म ।
हिमालकी देवी अझै त्यहीँ छिन् भने
विश्वमा त्यस्तो परिवर्तन आएको देखेर
उनी पनि चकित हुनेछिन् ।
यी पनि पढ्नुहोस्ः
क. माओत्सेतुङकाे सुन्दर कविताः चाङ्सा
क. जोसे मारिया सिँसाेकाे सुन्दर कविताः मध्य मैदानी प्रदेश
(जुन १९५६)