मुटु छेड्ने अति चिसो पश्चिमको वायु
तुषारोमा कठ्याङ्ग्रिदै टेकेका छौँ पाउ ।
अस्ताउन थालेका छन् बिहानीका जुन
कर्याङ कुरुङ गरेका छन् वनहाँस सुन ।।
टकटक हिँडेका छन् फूर्तिसाथ घोडा
बिगुलको मधुर धुन निकाल्दैछन् जोडा ।
लुशान भञ्ज्याङ अल्छी ठान्छन् फलामका किल्ला
चढेका छौँ फूर्तिसाथ जीत पक्कै मिल्ला ।।
पाइला हाम्रा लम्केका छन् भञ्ज्याङ शिखरतिर
दृढ हामी भएका छौँ मनमा नली पीर ।
समुद्रको पानी जस्तो निलो आकाश मनि
लाली छर्दै उदाउनेछ रक्तिम सूर्य पनि ।।
छाल जस्तै फैलिएका पहाडलाई हामी
पक्कै पनि पार गर्छौँ हट्ने छैनौँ हामी ।।
(अनुवादः रामराज रेग्मी)