श्रम नै श्रमिक हरूको विश्वविद्यालय हो,
श्रमिकहरू श्रम गरेर ज्ञानी बनौँ ।
श्रम नै श्रमिकहरूको सम्पत्ति हो,
श्रमिकहरू श्रम गरेर नै धनी बनौँ ।
श्रम नै ज्ञान–विज्ञानको किरण हो,
श्रमिकहरू बिहानीको सूर्य नै बनौँ ।
श्रम नै जीवन जगत्को गर्भ हो,
श्रमिकहरू नयाँ संसारको सारथी बनौँ ।

श्रम नै विचार व्यवहारको औजार हो,
श्रमिक हरू जनताकै सेवक र सिपाही बनौँ ।
श्रम नै मन मस्तिष्कको प्राण हो,
श्रमिकहरू नयाँ संसार बनाउन जुटौँ ।
श्रम नै वीरता–बलिदानीको गाथा हो,
श्रमिकहरू सभ्यताको बाहक बनौँ ।
श्रम नै विजय–सफलताको कथा हो,
श्रमिकहरू क्रान्तिका नायक बनौँ ।
(कवि माओवादी नेता हुनुहुन्छ ।)