अहिले हाम्रो खोस्टे थालमा
हेलिकप्टरबाट फूलको वर्षासँगै
भातको भूगोलमाथि
खसेको छ पीडाको पहिरो
जहाँ कलिला सपनाहरु
दबिएका छन्
सुनौला भविष्यहरु
पुरिएका छन्
सुन त !
तिम्रो चाँदीको थालमा
हामी एटम बम बनेर पड्कियौँ भने
यो भोकयुद्ध कसले जित्ला?
विचार गर्नु है !
(बेनिघाट रोराङ-५, धादिङ ।)