नमीता सुनीता गइन्, सेती नदीको गर्भभित्र
मैना सुनुवार भइन्, सेनाको ब्यारेकभित्र शव्द बिम्बचित्र ।
निर्मला पन्त अब कोही बन्न नपरोस्
सम्झना कामी र भागीरथी भट्ट गन्न नपरोस् ।।
हजारौँ आमाबुवाका आँखामा आँशु देख्न नपरोस्
स्नेह पीडाका कारुणिक समाचार लेख्न नपरोस् ।
हत्या, हिंसा, बलत्कार, भष्टाचार दण्डहीनतालाई
आम नेपालीका मनबाट २०७७ सालसँगै बाईबाई ।।
ढकमक्क फुलून् सिर्जनाका फूलहरू
सिर्सिएर जाऊन् झरनाका मूलहरू ।
हरियाली देख्न पाइयोस्, वन हराभरा
उन्मुक्त भएर रम्न पाऊन्, चिर्बिर गर्ने चरा ।।
तानाशाही हिटलरका प्रतिनिधि पात्रहरू
जन-महायज्ञको हवनकुण्डमा बन्नेछन् ‘चरू’ ।
प्रभाती उषा बनेर आओस् शान्ति सद्भावना
आम नेपालीमा २०७८ नयाँ वर्षको शुभकामना ।।
(रचनाकार नवलपरासीका वरिष्ठ वामपन्थी नेता तथा प्रगतिशील साहित्यकार हुनुहुन्छ ।)