कोरोना भाइरस, कोभिड-१९, corona virus, covid-19
 

१) आयो कोरोना फेरि नि फर्केर, सचेत बनौँ बसौँ है तर्केर ।

अनिवार्य मास्क लाऊँ, जाँदा वरपर ।
आफू स्वस्थ हुनलाई आफै मानौँ डर ।।
आफू स्वस्थ रहिकन अरुलाई पनि ।
सन्देशको जानकारी दिऊँ गनीगनी ।।

२) रोकौँ कोरोना लाएर मास्कले, आफ्नो भन्दैन सासले ।

भिडभाडमा जान हुन्न हाट मेला भर्न ।
रङ्गरस रमाइलोमा हुन्न अघि सर्न ।।
संगीसाथीसँग बस्दा दुरी कायम गरौँ ।
सचेतना जानकारी सबैतिर छरौँ ।।

ताराप्रसाद श्रेष्ठ, tara prasad shrestha
रचनाकार

३) अनिवार्य मास्क लाऊँ साराले, हात जोडी भन्दैछ ताराले ।

नियमित साबुन पानीले हात धुनुपर्छ ।
सेनिटाइजर घसेपछि किटाणु त्यो मर्छ ।।
कोरोनाको भाइरस यो स्वासबाटै सर्छ ।
नीति नियम पालन गरे फाइदै फाइदा गर्छ ।।

४) सचेत भए रमाइलो गरौँला, अचेत भए दुःखमा परौँला ।

सरकारलाई साथ दिऊँ, नियम पालन गरी ।
महामारी रोक्नु पर्छ हामीले देशभरि ।।
साना ठुला पाका पुस्ता सबै बराबर ।
सबै जना सचेत बनौँ आफ्नो वर–पर ।।

५) प्रकृति र विज्ञान मानेर, अघि बढौँ सबैले जानेर ।

खडेरीको डढेलोझैँ कोरोना बन्दै गाऊँ ।
सबै जना सचेत हुन भन्ने कुरा थाहा छ ।।
कोरोनालाई भगाउन सबै जना लागौँ ।
अभियान सफल पार्न हामी सबै जागौँ ।।

६) तराई, पहाड सुन्दर हिमाल, कोरोनामुक्त बनाऊँ नेपाल ।

(रचनाकार प्रगतिशील कवि तथा नवलपरासीका वरिष्ठ वामपन्थी नेता हुनुहुन्छ ।)