हे सारा दुःखीका श्रद्धायोग्य मान्छे
हे जनक्रान्तिका शीर्ष शीर्ष मान्छे,
श्रद्धायोग्य मान्छे ।
तिमी हिँड्यौ लामो अभियान छिचोल्दै
दुःखी अँधेरा बस्ती जगाउँदै
तिमी किसानका र मजदुरका साथी
गल्ती सच्याउँदै बढ्यौ माथि माथि
चढ्यौ माथि माथि …।
हे मार्क्सवादका सच्चाइका पक्षपाती
हे नेपाली क्रान्तिमा जनताका साथी,
दुखियाका साथी…
तिमीले सघायौ निराशा घडीमा
तिमी नै अगुवा थ्यौ क्रान्ति समरमा
तिमी क्रान्तिका दुरदृष्टि आँखा
तिमी नै विजयको एक दृढ भाखा
साँचो सत्य भाका… ।
हे कहिल्यै नथाक्ने अविराम यात्री
तिमीलाई रातो सलाम छ साथी, सलाम छ साथी
तिम्रो जस्तै यात्रामा हामी जुटेका
छ ठोकर हजारौँ तर बढ्दै गरेका
उँचनीच भोग्दै त्यो उचाइसम्म
पुग्ने अठोट लिई दुर लक्ष्यसम्म, साँचो सत्यसम्म ।
हे आस्था दुःखीका निर्मल हाम्रा साथी
हे जनक्रान्तिका हाम्रा दियो र बाती,
तिमी दियो बाती…, हे सारा दुःखीका श्रद्धायोग्य….।।
२०५२/९/९ काठमाडौँ