देश बनाउने सबै भए, गाँउ बनाउने किही भएन
सिंहदरबार दिने धेरै भए, पालिकामा कोही भएन
सुनाउने धेरै भए, जनताको सुनिदिने कोही भएन
सम्बोधन गर्ने धेरै भए, दुःखी फेर्ने कोही भएन
संविधान फेर्ने धेरै भए, नीति फेर्ने कोही भएन
नियम फेर्ने धेरै भए, जीवन फेर्ने कोही भएन
अन्धविश्वास फेर्ने भेरै भए, अन्धभक्त फेर्ने कोही भएन
सत्ता फेर्ने भेरै भए, सुशासन ल्याउने कोही भएन
सिद्धान्त फेर्ने सबै भए, व्यवहार फेर्ने कोही भएन ।।
शासन गर्ने धेरै भए, शाषित हुने कोही भएन
सपना बाँड्ने धेरै भए, विपना कोर्ने कोही भएन
वामपन्थी सबै भए, कामपन्थी कोही भएन
कम्युनिस्ट धेरै भए, ग्रहण गर्ने धेरै भएनन्
अधिकारकर्मी धेरै भए, न्यायपथमा कोही रहेन
संगीत भर्ने धेरै भए, थिति बदल्ने खासै आएनन्
दाम कमाउने धेरै भए, श्रममा रमाउने धेरै रहेनन्
नेता हुने धेरै भए, सही नेतृत्त्व कोही भएन ।।

रुपान्तरण धेरै भए, हुकुम नदिने कोही भएन
मुक्ति दिने धेरै भए, जुक्ति दिने कोही भएन
आस देखाउने धेरै भए, शाख जोगाउने कोही भएन
पार्टीहरु धेरै भए, साथी जनताको खासै भएन
राजनीति फेर्ने धेरै भए, गाँउ फेर्ने कोही आएन
सिंहदरबार बस्ने धेरै भए, झुपडीमा देख्ने कोही भएन
सत्तामा पुग्ने धेरै भए, दुःखीकहाँ पुग्ने खासै भएनन।।
तर,
समाज फेर्ने केही भए, सम्मान दिने कोही भएन
सर्वहाराकरण एकाध भए, साथ दिने कोही भएन
झुपडीमा पुग्ने सीमित भए, सलाम गर्ने कोही भएन
सत्कर्म बटुवा केही भए, स्विकार गर्ने धेरै भएन ।।