तीन छक्क छ स्वनाम
जसले
विमति राख्यो,
अस्वीकार गरिरह्यो जीवनभर
मरेकाहरूको लास र तस्बिरमा
पूजा, पाठ, दियो बाती
र तिनको नाउँमा गरिने कीर्तन
श्रद्धा र भक्ति सभा ।
ऊ त भन्थ्यो
सबै मिलौँ र गरौँ,
आजै र यहीँ
आफैबाट सुरू गरौँ
जति सकिन्छ गरौँ
साम्यवादी हुने अभ्यास ।
न मालिक – न त दास
न उँचो – न त निचो
न आदेश – न त तामेली पत्र
न अरन/खटन – न त लुरूलुरू काम
न त महान् – न त कोही तुच्छ
न कोही बोलिरहने – न त कोही सुनिरहने ।
बरू,
सबको मर्यादा, सबैको सम्मान
सबैको गरिमा, सबैको ख्याल
मिलेरै योजना – मिलेरै काम ।
तर आज,
स्वनामका नै हौँ भन्नेहरू
आयोजन गर्दै कीर्तन सभा
चढाइरहेछन् भक्तकै भाँती
उसका तस्बिरमा फूलपाती ।
सल्काइरहेछन्
उसको नाउँमा दियो बाती,
र जपिरहेछन् उसको माला ।
बेसुरा,
फगत गाउन कोशिस गरिरहेछन् उसको गीत ।
भन !
मित्र भनिनेहरूले भन
मित्रमा गनिनेहरूले नै भन
यो स्वनामको विचारमा लोप्पा नभए के हो?
स्वनामको दुर्गति नभए के हो?
र, यी पनिः
एमसीसीको डढेलोले देश खाइरहेको बखत – क. शरद पौडेल
वैज्ञानिक समाजवाद र कम्युनिस्टहरूबारे – क. स्वनाम साथी
(क. शरद पौडेल प्रगतिशील साहित्यकार तथा बहुचर्चित ‘लिखे’ र ‘तपन’ जस्ता कृर्तिका रचनाकार हुनुहुन्छ ।)