Prof dr Bidya Nath Koirala inaugurationg a training on Phedikhola gaunpalika syanja
 

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रमा रहेका २८ वटा विद्यालय र ५ वटा समुदायमा आधारित वाल विकास शिक्षकहरूलाई गुणस्तर अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै शिक्षा सफ्टवेयरको उद्घाटन गरेको  छ ।

देशभर स्थानीय निकायहरूमा जनप्रतिनिधिहरूले आर्थिक हिनामिना गरेको, महिला, शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा छुट्याएको रकम अन्तै खर्च गरेको, डोजर काण्ड मच्चाएको जस्ता नकरात्मक खबरहरू श्रृङ्खलाबद्ध रूपमा आइरहेको समयमा फेदीखोला गाउँपालिकाले शैक्षिक गुणस्तर गोष्ठीको आयोजना र शिक्षा सफ्टवेयरको उद्घाटन गरेर अनुकरणीय काम गरेको छ ।

सो कार्यक्रमको शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । अभिमुखीकरण गोष्ठिको उद्घाटन गर्दै शिक्षाविद् कोइरालाले अब परम्परागत तरिकाले शिक्षामा सुधार सम्भव नभएको बताएका छन् ।

‘कर्मकाण्डी तवरले प्राध्यापन गर्नुहुन्छ भने म आग्रह गर्छु सेवाबाट अवकाश लिनुहोस्’ शिक्षाविद् कोइराला भने, ‘अबको युगमा प्रविधिमैत्री हुन सक्नुभएन भने तपाईंका उत्पादनले गुणस्तरीय नतिजा कुनै पनि हालतमा प्राप्त गर्न सक्दैनन् ।’

वर्तमान पुस्ताका विद्यार्थीहरु सुचना प्रविधिमा अब्बल भएकाले शिक्षकहरुले पनि आफ्नो स्तर बढाउँदै लैजानुपर्ने उनको दावी थियो । विगतका वर्षहरुमा राजनीतिक दलहरुले शिक्षकहरुलाई झण्डा बोकाउन सिकाएको, आन्दोलनमा होमिन सिकाएको यथार्थ भएता पनि अब पनि त्यही स्थितिलाई नदोहोर्‍याउन उनको आग्रह थियो ।

यसैबीच शिक्षाविद् कोइरालाले फेदीखोला गाउँपालिकाले निर्माण गरेको स्कुल म्यानेजमेन्ट सफ्टवयरको उद्घाटन पनि गरेका थिए । सफ्टवेयर प्रणाली अपनाएकोमा गाउँपालिकालाई धन्यवाद दिदैँ डा. कोइारालाले अब शिक्षकले छलछाम गर्ने बाटोहरु समाप्त भएको बताए । गाउँपालिकामा रहेका सबै विद्यालयको तथ्यांक, विद्यार्थी रेकर्ड, विद्यार्थी प्रगति विवरण, शिक्षक प्रगति विवरण, शिक्षक हाजिरी, लेखा, लाइब्रेरीको विवरण सफ्टवेअरमा रहनेछ भने हरेक अभिभावकलाई मोबाइल एप्स प्रदान गरिनेछ ।

कार्यक्रमका अर्का अतिथि सकरात्मक सोचका अभियन्ता प्रितम पौडेलले हुन्न र सकिन्न भन्ने सोचाइलाई बदलेर हुन्छ र सक्छु भन्ने धारणालाई आत्मसाथ गर्नुपर्ने बताए । ‘देश कसले बिगारे नेताले, शिक्षा कसले बिगारे शिक्षकले, बच्चा कस्ले बिगारे अभिभावकले, हाम्रो दिमागमा नकरात्मकताको प्रवाह मात्र छ, पौडेलले भने देश सुधार्ने पनि हामी नै हो, शिक्षा सुधार गर्ने पनि हामी नै हो, यसरी दायित्त्वबोध गरियो भने समृद्धि कुनै ठुलो कुरा होइन ।

कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाले विशेषत शिक्षा र स्वास्थ्यमा ठूलो लगानी गरेकाले गुणस्तरीयता र नतिजाउन्मुख हुन सबैले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने बताए । शिक्षालाई प्राथमिकता दिँदै भर्ना अभियान, हरेक विद्यालयमा दक्ष आइटि शिक्षकको व्यवस्था, सोलार प्यानलको व्यवस्थापन, स्थानीय शिक्षा ऐन निर्माण, छात्राको सहजताका लागि सेनिटरी प्याड वितरण, हरेक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था, इ–लाइब्रेरीको विस्तार गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

Prof Dr Bidya NAth Koirala Phedikhola Gaunpalika syanja

पुर्वाधार विकासमा प्रत्येक माविमा कम्प्युटर ल्यावको व्यवस्थापन गर्न रु.३५ लाख रकम विनियोजन गरी त्यो बराबरको कम्प्युटर र अप्टिकल फाइबरको इन्टरनेट उपलब्ध गराएको छ। आर्थिक वर्ष २०७५/०७६ बाट डिप्लोमा इन कम्प्युटर (Diploma in Computer) विषय अध्यापन गराउन गाउँपालिकाको केन्द्रमा रहेको विद्यालय सिदार्थ मा.वि. फेदीखोलामा सिटिईभिटिबाट सम्बन्धन लिएको अध्यक्षले जानकारी दिए । जसको पुर्वाधार विकासका लागि गाउँपालिकाले ३० लाख रकम विनियोजन गरी काम सम्पन्न भएको छ । यसै शैक्षिक सत्रबाट SEE पास गरेको ४८ जनालाई तीन वर्षको कोर्षमा पहिलो सेमेस्टरमा भर्ना खुल्ने जानकारी दिए ।

शिक्षामा प्रविधिको प्रयोगलाई प्रभावकारी र दूर शिक्षाको मोडलबाट श्रव्य-दृश्यसहित गाउँपालिका केन्द्रमा रहेको सिदार्थ मा.वि.को आइसिटी कक्षमा Distance Learning Center को स्थापना गरिएको छ । विषय विज्ञले र कुनै महत्त्वपूर्ण जानकारीमूलक सूचना प्रवाह गर्न इन्टरनेटको माध्यमबाट विद्यार्थीको कक्षामा प्रोजेक्टरको मास्टर सिस्टमबाट विद्यार्थीलाई शिक्षण क्रियाकलापको सुरुवात गरिएको पनि कार्यक्रममा जानकारी दिइयो।

त्यसैगरी फेदीखोला गाउँपालिका स्याङ्जा भित्रका सम्पूर्ण वालविकास कक्षामा अध्यापन गराइरहेका शिक्षकहरुको मासिक तलबमा वार्षिक बजेटबाट निःशर्त तर्फ रु. १००० प्रत्येक शिक्षकको तलबमा थप प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।

कार्यक्रममा जनप्रतिनीधि तथा शिक्षकले आ–आफ्नो भोगाई, समस्या र जिज्ञासा राखेका थिए ।