नेपाल कम्युनिस्ट पार्टी स्थापना (२००६ साल वैशाख ९) भएकाे पनि ७० वर्ष भइसकेको छ । नेकपाकाे स्थापनाकालदेखि हाल (२०७६ साल) सम्मकाे नेपालकाे कम्युनिस्ट इतिहास नियाँल्ने हाे भने निकै गाैरवपूर्ण छ ।
वि.स. १९९७ सालकाे बलिदानीपूर्ण संघर्ष, २००७ सालकाे सशस्त्र विद्राेहदेखि अहिलेसम्मका विभिन्न न्यायपूर्ण संघर्ष, संयुक्त जनआन्दाेलन तथा सशस्त्र जनयुद्धमा सामेल भएर नेपाल कम्युनिस्ट पार्टीले राजतन्त्र अन्त्य, संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापना गर्न कार्यकारी र नेतृत्वदायी भूमिका निर्वाह गरेकाे छ । देशमा तीब्र विकास र समृद्धि, जनतामा नवीन साेच र सुनाैलाे अवसर भित्राउने खुला प्रतिस्पर्धामा नेपालका कम्युनिस्टहरू यतिबेला चेतनाकाे संवाहक, परिवर्तनकाे बाहक, राष्ट्रिय एकताकाे धराेहर, जनताकाे अग्रदुत, नेपाली राजनीतिकाे उदयमान शक्ति, विकास र समृद्धिकाे मधावी रथ बनेर खडा भइरहेका छन् ।
यसै सन्दर्भमा एउटा राजनीतिक प्रश्न खडा हुन्छः कम्युनिस्टहरूकाे अबकाे मुख्य कायर्यभार के हाे ?

१. नेपालकाे राष्ट्रिय राजनीतिकाे केन्द्र भागमा कम्युनिष्टहरू खडा भइसकेका छन् । यतिबेला कम्युनिष्टहरूकाे केवल संघ, प्रदेश र स्थानीय निकायमा मात्र बाहुल्यता छैन्, सडकपेटीमा समेत कम्युनिष्टहरू नै हर्ताकर्ता बनेका छन् ।
एउटा अनाैठाे कुरा के छ भने नेपाली काँग्रेस लगायतका अन्य राजनीतिक पार्टीहरू कम्युनिष्टहरूले हामीलाई राजनीतिबाटै पाखा लगाउने भए भनेर चिन्ताग्रस्त बनिरहेकाे बेलामा विभिन्न गुट, उपगुट र समूहमा विभाजित कम्युनिस्टहरू भने एकअर्का विरूद्ध लडिरहेका छन्, काँक्रा जतिपटक चिरे, जस्ता टुक्रा पारे पनि स्वाद एउटै हुन्छ । याे कुरा फुटेका कम्युनिस्टहरूले बुझेर पनि किन बुझ पचाएका छन् ? जनताले यसकाे जवाफ खाेजेका छन् ।
याे लाेकतान्त्रिक चेतनाले परिपूर्ण वैज्ञानिक युगमा कुनै पनि राजनीतिक पार्टीले अर्काे पार्टीमाथि प्रभुत्व कायम गर्न सक्दैन । न त एउटा पार्टीकाे अधीनमा अर्काे पार्टी रहन सक्छ । याे जीवन्त सत्य सहर्ष ग्रहण गरेर सूचना, सञ्चार, विज्ञान र प्रविधिले परिपूर्ण विश्वव्यापीकृत आजको युगमा नेपालका कम्युनिष्टहरूले राजनीतिक श्रेष्ठता हासिल गर्नैपर्छ ।
२. विचार मानवजातिकाे चेतनापुञ्ज हाे । नेतृत्त्व मानवजातिकाे चेतनाकाे संवाहक हाे । विचार र नेतृत्त्व बिनाकाे संसार कल्पनै नै गर्न सकिँदैन । विचार र नेतृत्वकाे बारेमा कम्युनिस्टहरूले कम्युनिस्टहरूलाई कुनै दूराग्रह राख्न जरूरी छैन । विचार क्षणभरमै उदाउँदैन, नेतृत्त्व रातारात जन्मिँदैन् । विचार संघर्षबाटै पैदा हुन्छ, नेतृत्व संघर्षबाटै विकसित हुन्छ । मानिसकाे चेतना भन्दा बेग्लै स्वतन्त्र रूपले विकसित हुने वस्तुगत स्थितिकाे सजीव विश्लेषण र संश्लेषण नगरी जीवन र जगत बदल्ने क्रान्तिकारी विचार, राष्ट्र र जनताकाे प्रतिनिधित्त्व गर्ने क्रान्तिकारी नेतृत्वकाे बारेमा स्पष्ट दृष्टिकाेण निर्माण गर्न असम्भव हुन्छ । त्यसैले त मानवजाति सुरूदेखि नै निरन्तर विचार र नेतृत्वकाे खाेजीमा कल्पनिक देवीदेवतादेखि स्वर्ग, नर्कसम्म, यथार्थपरक कणकणदेखि विश्व ब्रम्हाण्डसम्म भाैँतारिएकाे छ । इतिहासका विभिन्न चरणमा अनेक संकट, महसंकट, विपत्ति, महाविपत्ति झेल्दै विचार र नेतृत्व विकास गर्न अनवरत संघर्ष गर्दै मानवजाति प्रगति, परिवर्तन, विकास र समृद्धिकाे मार्गमा अघि बढिरहेकाे छ । अन्तरद्वन्द्व, द्वन्द्व, युद्ध, विश्वयुद्ध छिचाेल्दै निरन्तर क्रान्तिकाे सिद्धान्त विकसित गरेर संसार बदल्ने कम्युनिष्ट विचार र नेतृत्त्व अघि सारेकाे छ ।
३. नेपाल कम्युनिष्ट पार्टी स्थापना कालदेखि नै विचार र नेतृत्वकाे बारेमा चलेका विभिन्न चरणका संघर्ष र त्यसमा अभिव्यक्त गुट, उपगुट, खिचातानी, गालीगलाैज, धाकधम्की, लप्पनछप्पन, तँछाडमँछाड, लछारपछार, तानातान, हानाहान, घातप्रतिघात, फूट विभाजन, विचलन, विर्सजन जस्ता अनेक खालका नकरात्मक चिन्तन, चरित्र, पात्र र प्रवृतिलाई स्वभाविक अन्तरसंघर्ष र जनवादी प्रक्रिया मान्ने हाे भने नेपालमा कम्युनिष्टहरूले कम्युनिष्टहरूलाई मृत्युदण्ड दिन समेत चुकेका छैनन् । याे कटु सत्य र अकाट्य तथ्यलाई स्वीकारेर गल्ती, कम्जाेरी र लाहापर्वाहीहरू सच्याउने संकल्प गर्दै समाजवादमा अघि बढने हाे भने नेपाली जनताले कम्युनिष्टहरूलाई फेरि साथ दिन्छन् ।
नेपाली जनता नै वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय अनुभव एवम् सबै पेशा र विषयकाे ज्ञानले सुसज्जित खुला किताब हुन् । त्याे खुला किताब पढ्ने हाे भने पहिलाे पानाकाे शुरूमै लेखिएकाे छः तिमीहरू हाम्रै निम्ति जन्मिएका असल मान्छे, हाम्रै निम्ति लड्न र मर्न तयार सच्चा कम्युनिष्ट हौ भने अब तिमीहरू नलड, बरू गल्ती कम्जाेरी सच्याएर छिटाे मिल, तिमीहरू मिल्याै भने याे गरीब नेपाल छिटाे समृद्ध नेपाल बन्छ, हामी दुःखी गरीब नेपालीहरू छिटाे सुखी नेपाली बन्न पाउँछाै ।
४. इतिहास ताजै छः शुरूमा नेपाल कम्युनिष्ट पार्टी एउटै थियाे । तर त्याे बेलादेखि अहिलेसम्म नेपालका कम्युनिस्टहरू केवल दश-बिस पटक मात्रै फुटेका छैनन्, झण्डै सयाैं पटक फुटेका छन् र फुट्ने क्रम अझै राेकिएकाे छैन् । तर यसैमा एउटा खाेजमूलक राेचक कुरा के छ भने नेपालका कम्युनिष्टहरू फुटेका मात्रै छैनन्, इतिहासका खासखास घुम्ति-माेडमा विभिन्न सत्ता र देशी-विदेशी शक्तिलाई समेत चकित पार्दै जुटेमा पनि पनि छन् ।
यसका बाबजुद् एउटा खतनाक कुरा के छ भने कम्युनिष्टहरू जुट्नेभन्दा पनि विचार नमिलेकाे बहाना बनाएर नेताकाे निजी महत्त्वकाङ्क्षा वा गुटकाे स्वार्थपूर्ती गर्न फुट्ने प्रवृति निकै हावी भइरहेकाे छ । याे सबभन्दा जटिल चुनाैति हाे ।
फेरि पनि हाल नेपालमा साना ठूला दश-पन्ध्र वटा कम्युनिस्टपार्टी भए पनि त्याे मुख्य कुरा हाेइन । बाहिरी स्वरूप भित्र सार लुकेकाे हुन्छ र सारमा अब नेपालमा कम्युनिष्ट दर्शन, सिद्धान्त, विचार र दृष्टिकाेणकाे प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टी एउटा भए पुग्छ, यति धेरै पार्टीकाे कामै छैन्, कम्युनिष्टहरू मिल्नुकाे विकल्पै छैन् । क्रान्तिकारी विचारबाट निर्देशित व्यवहार नै कुन कम्युनिष्ट क्रान्तिकारी हुन, कुन गैरक्रान्तिकारी ? त्यसकाे प्रमाण बन्ने छ ।
५. हाल नेपालमा क्रियाशिल साना, ठूला सबै कम्युनिष्ट पार्टीभित्रकाे असन्ताेषकाे कारण र अहिलेकाे मूल समस्या विशेषतः असमान र अनियमित आर्थिक संरचना र सम्बन्ध एवम् काम, कर्तव्य, अधिकार र अवसरकाे खाेजीले पैदा गरेकाे अराजकता र अस्थिरता नै हाे, जाे निकै चुनाैतिपूर्ण छ । त्यसैगरी नेतृत्वमा रहिरहन नाेकरशाही चरित्रकाे यान्त्रिक बहुमत, स्वार्थ पूरा गर्न विचार र नेतृत्वकाे तथाकथित नाेकरशाही चिच्याहट, असन्तुष्टीलाई ढाकछाेप गर्न पस्केकाे फरक मत, नेता बन्न बनाइएकाे स्थायी गुट नै कम्युनिष्टहरूकाे मूल समस्या हाे ।
हाल नेपालमा क्रियाशिल साना ठूला सबै कम्युनिस्ट पार्टीभित्र स्वतन्त्रता र अनुशासनलाई बुझ्ने, बुझाउने अनि त्यसलाइ अवलम्बन गर्ने मामिलामा अनेकता, विविधता मात्र देखिएकाे छैन्, अराजकता र मनाेमानी माैलाएकाे छ । याे कम्युनिष्टहरूकाे साझा चुनाैती हाे । सबैका धेरै-थाेरै गल्ती, कम्जाेरी, लापरबाही, गैरजिम्मेवारीपनका साथै कतिका त भ्रष्ट र अनैतिक मनाेवृत्ति सडकपेटीमै छरपष्ट भएकै छन् । हरेक पार्टीभित्र प्रतिकूल परिस्थितिमा समेत अनेक जाेखिम माेलेर निरन्तर संघर्ष गर्दै पार्टी, क्रान्ति, राष्ट्र र जनताकाे सेवमा निरन्तर अघि बढने सिद्धान्तनिष्ठ, इमान्दार र साेझा नेता, कार्यकर्ता र वास्तविक कम्युनिष्ट याेद्दा थाेरै नै पाइन्छन् । याे कुरा नेपालमा क्रियाशील प्रत्येक कम्युनिष्ट पार्टीका सबै कमरेडहरूले पक्कै महशुस गर्नुभएकै छ ।
६. याे जनताकाे युग हाे । जनताभन्दा माथि, जनता भन्दा ठूलाे अरू काेही छैन् । त्यसैले जनताका सामु सत्य कुरा बाेल्नै पर्छः राष्ट्रिय एकता बलियाे हुनै पर्छ तर संविधानमा राष्ट्र, राष्ट्रियता, सार्वभाैमिकता, राष्ट्रिय अखण्डता र एकताकाे बारेमा जति राम्राे लेखिए पनि नेपाल राष्ट्र अझै पूर्ण स्वाधीन बनेकाे छैन्, असमान सन्धिहरू खारेज भएका छैनन्, अतिक्रमित नेपाली भूमि फिर्ता भएको छैन, राजनीतिक हस्तक्षेप राेकिएकाे छैन्, देशका साधान-स्राेत, अर्थतन्त्रमाथि हैकम कायमै छ । संघीय लाेकतान्त्रिक गणतन्त्र अझै सुदृढ भइसकेकाे छैन् ।
नेताहरू लडने, पार्टी फुटाउने, ब्रम्हलुट मच्चाएर शक्तिशाली नेता बन्ने फाेहाेरी खेलकाे अन्त्य भएकाे छैन् । वृहत शान्ति सम्झाैता र नेपालकाे संविधानलाई धाेकापूर्ण दस्तावेज ठान्नेहरूले पुन विद्राेहकाे धम्कि दिएका छन् । राजतन्त्रका अन्त्य गरेर संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापना गर्न लडेका नेपाली जनताले राज्यसत्ता पूर्ण रूपमा आफ्नाे हातमा परेकाे अनुभूति अझै गर्न पाएका छैनन् ।
यसैकाे माैका छाेपेर प्रतिगामी कुतत्त्वले हिन्दु राष्ट्र र राजतन्त्र पुनर्नस्थापनाकाे डङ्का पिटदै नेपाली राजनीतिमा अस्थीरता र अराजकता फैलाउन खाेज्दैछन् । कम्युनिस्टहरूका विरूद्ध कम्युनिष्टहरू लडाउने, कम्युनिस्ट र कांग्रेसहरूकाे सहमति र सम्झाैता उल्टाउने, नेपालीहरूकाे एकता ताेडेर मधेशी र पहाडीबीच भड्काव फैलाउने ताना-बाना बन्दैछन् ।
यी सबै कुरा विशेषतः हाम्राे छिमेकी मुलक भारत र अन्य शक्ति राष्ट्रहरूसित कुनै न कुनै रूपमा जाेडिएका छन् । यसबारेमा नेपालका सबै देशभक्त कम्युनिस्टहरू एकजुट नभएकाेमा नेपालका सबै देशभक्तहरू, लाेकतन्त्रवादीहरू, वामपन्थीहरू र सम्पूर्ण नेपाली जनता निकै चिन्तित छन् ।
७. कम्युनिस्टहरू सबैभन्दा दूरदर्शी, अध्ययनशील, वैज्ञानिक, सङ्घर्षशील, बलिदानीपूर्ण, निडर, त्यागी, इमान्दार, मेहनती, व्यावहारिक, नैतिकवान, कम पूर्वाग्रही र आत्मालाेचित हुन्छन् । कम्युनिष्टहरूले जनतामाथि सबभन्दा धेरै भराेसा राख्छन्, देशकाे सबभन्दा बढी माया गर्छन्, जनताकाे मुक्ति र देशकाे स्वाधीनताका लागि जीवनकाे बलिदान दिन पनि कम्युनिस्टहरू अग्रपङ्तिमा उभिन्छन् । कम्युनिष्टहरूले आफूलाइ अन्तर्राष्ट्रियजाति मान्छन्, संसार बदल्ने लक्ष्य लिएर कम्युनिष्टहरू निरन्तर क्रान्तिमा लामबद्ध भइरहेका हुन्छन् र कम्युनिष्टहरूकाे साझा गन्तव्य समाजवाद, साम्यवाद नै हाे । याे कुरामा श्रेष्ठता प्रदर्शन गर्न नसक्ने वा याे गलत मान्यता हाे भनेर असहमति राख्ने मानिस कम्युनिस्ट बन्न सक्दैन ।
अन्त्यमाः मानवजातिकाे इतिहास निर्माणमा व्यक्तिहरू, जनसमुदाय, नेताहरू, राजनीतिक शक्तिहरू, अनेक संघ-संस्थाहरू, राज्यका विभिन्न निकायहरू सबैकाे भूमिका हुन्छ तर जनताकाे भूमिका जहिले पनि निर्णायक हुन्छ । व्यक्तिहरू जनसमुदायकै इकाई हुन्, नेताहरूका जन्मदाता पनि जनसमुदाय नै हुन् र अरू सबै खाले संघ-संस्था र निकाय पनि जनताकै उपज हुन् । त्यसैले मानवजातिकाे इतिहास, वर्तमान र भविष्यका निर्माता पनि जनसमुदाय नै हुन् । कम्युनिस्टहरूकाे वास्तविक ध्येय नै मानवजातिलाई एकीकृत गर्नु हाे, मानवजातिलाई मानवजातिले गर्ने अन्यायकाे अन्त्य गर्नु हाे । त्यसैले नेपालका कम्युनिस्टहरूको पहिलाे काम राष्ट्र र जनताकाे सेवा गर्नु हाे ।