नेपाली राजनीति, प्रचण्ड, ओली, Chairman PRachanda, KP Sharma Oli
 

१. नवीन साेच, लाेकतान्त्रिक राज्य प्रणाली, चुस्तदुरूस्त कार्य प्रणाली, दुरगामी राष्ट्रिय नीति, वैज्ञानिक याेजना सिर्जना गर्ने अद्भूत क्षमता, जनताकाे जनादेश शिराेधार्य गर्ने इमान्दारिता, राष्ट्र सेवामा उत्कृष्टता प्रदर्शन गर्ने कार्यकुशलता, प्रतिपक्ष र अन्य राजनीतिक दलहरूकाे खबरदारी व्यवस्थापन गर्ने कला, समस्याहरू पहिल्याएर समाधान निकाल्ने दृढ इच्छा शक्ति, भ्रष्ट्रचार शुन्यमा झार्ने खुला संकल्प, विकास र समृद्धि तीव्र गतिमा अघि बढाउने अजय जनशक्तिसहितकाे सवल नेतृत्वबिना समृद्ध नेपाल कसरी सम्भव छ ? याे राजनीतिक प्रश्नकाे व्यावहारिक जवाफ मुलुककाे प्रमुख राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसका राजनीतिक नेताहरूले दिन सक्नुपर्छ ।

२. विश्वकाे राजनीतिक इतिहास खाेतल्ने हाे भने पृथ्वीमा मानवजातिले राज्यहरूकाे विकास कसरी गरे, संसारमा कति राष्ट्रहरू उदाए, कति राष्ट्रहरू अस्ताए, त्यसकाे फेहेरिस्त नै देख्न पाइन्छ । विशेषतः विगत शताब्दीकाे विश्व राजनीति नजिकैबाट चिहाउने हाे भने देख्न सक्छाैंः संसारका १९५ राष्ट्रहरू मध्ये केहीले विगत सय वर्षमा समृद्धिकाे शिखर चढेका छन्, नेपाल लगायतका अन्य राष्ट्रहरू समृद्धिकाे कसरी छिटाे चढ्न सकिन्छ, त्यसैमा केन्द्रित छन् । यसबारेमा नेपालकाे अन्तर्राष्ट्रिय नीति र दृष्टकाेण के छ ? धेरैकाे चासाे यसैमा छ ।

३. कुलीन राजतन्त्रात्मक शासन व्यवस्था जरैदेखि उन्मूलन भएकाे छ, मुलुक संघीय लाेकतान्त्रिक गणतन्त्र युगमा प्रवेश गरेकाे छ । याे युगकाे पहिलाे माग हाेः देशकाे राजनीतिक व्यवस्था जनताकाे हातमा राख्नु ।

Krishna KC BAglung CCM CPN कृष्ण केसी बागलुङ
लेखक

नेपालकाे संविधानमा देश वा राष्ट्रकाे बारेमा जे लेखिए पनि राष्ट्र भनेकाे केवल भूगाेल वा ढुङ्गा, माटाे मात्रै हाेइन्, त्याे यथार्थमा जनता हाे । जुन कुराले जनताकाे हित हुन्छ, त्यही कुराले देशकाे हित हुन्छ । जनताकाे अधिकार देशकाे अधिकार हाे, जनताकाे अधिकार हनन्, देशकाे अधिकार हनन् हाे । देश भनेकाे के हाे, राष्ट्र भनेकाे के हाे ? यसकाे छाेटाे उत्तर छः जनता । वास्तवमा राष्ट्रकाे अन्तरवस्तु नै जनता हुन्, जनताबिना राष्ट्रकाे कल्पनै गर्न सकिन्न । नेपाल भनेकाे नेपाली जनता हाे । याे कुरा जनताले राम्ररी बुझेकाे छन् । त्यसैले त युगाैंदेखि थिचिएका, मिचिएका, हेपिएका, पेलिएका जनता जागेका छन्, जुटेका छन्, देश क्रान्तिकाे प्रकृयाबाट अघि बढेकाे छ । जबसम्म मानिस वर्गमा विभाजित हुन्छ, मानव समाजमा मानिसद्वारा मानिसकाे शाेषण कामय रहन्छ, तबसम्म राजनीतिक संघर्ष अनिवार्य छ, क्रान्ति जारी रहन्छ । याे कुरा समाजवादी लक्ष्य लिएका कम्युनिस्टहरू र प्रजातान्त्रिक समाजवाद राेजेका कांग्रेसहरूले राम्रैसित बुझेका छन् । राष्ट्र र राष्ट्रियताकाे बारेमा नेकपाकाे राष्ट्रिय नीति र दृष्टिकाेण स्पष्ट हुनै पर्दछ ।

४. राजनीतिकाे गुदी कुरा मानवजातिकाे मुक्ति, सुख, शान्ति र समृद्धि नै हाे । काेरा राजनीतिक परिवतर्तनले मात्रै जनताकाे वास्तविक हित, सुख र समृद्धि असम्भव छ । नेपालमा २००७ सालदेखि नै क्रान्ति र प्रतिक्रान्ति भाेगेका राजनीतिक नेताहरूले याे कुरा बुझेर पनि बुझ पचाए भने मुलुकमा फेरि विद्राेहकाे ढडेलाे सल्किने छ । याे जीवन्त सत्य स्विकार गरेर सत्ता र शक्ति राष्ट्रहित र जनहितमा प्रयाेग गर्ने संकल्प गर्दै वास्तविक धरातलमा उभिनु, पहिलेकाे संकटपूर्ण इतिहासबाट सिकेर हालकाे अनुकूल परिस्थितिमा राजनीतिक कुशलता प्रदर्शन गर्दै समृद्धि र समाजवादकाे मार्गमा अघि बढ्नु राजनीतिक नेतृत्वकाे मुख्य जिम्मेवारी हाे । याे जिम्मेवारी बहन गर्न असक्षम नेताहरूकाे कामै छैन् ।

नेताहरूकाे राजनीतिक जीवन किताबकाे पाना जस्तै खुला हुनु पर्दछ । राष्ट्र र जनताकाे जीवनभरि सेवक बन्छु भनेर खुला वाचाकबुल गरेकाे नेता सिंहदरवार, शितल निवास छिर्दा बित्तिकै शासक बन्न खाेजे भने त्याे मूर्खता ठहरिने छ । सडकपेटीमा हुने बेलासम्म सिंहझैं गर्जिने नेताहरू सिंहदरवारभित्र छिरेपछि स्याल जस्तै बनेकाे प्रत्यक्ष देखेभाेगेका जनताले अब नेपालका कुनै पनि नेताहरूकाे चर्तिकला टुलुटुलु हेर्न सक्दैनन् । याे कुरा सत्ता पक्ष, प्रतिपक्ष दुवै दलका सबै नेताहरूले महशुस गरेका छन् । यसबारेमा पनि नेकपाले खुला राजनीतिक आचारसंहिता सार्वजनिक गरेर यसका सम्पूर्ण नेता, कार्यकर्ताहरू राष्ट्रसेवा, जनसेवामा निशर्त अघि बढ्नु पर्छ ।

५. दुई छिमेकी मुलुक चीन र भारतकाे बिचमा सजिएकाे नेपाल भाैगाेलिक दृष्टिले नियाँल्दा एउटा सानाे मुलुक भए पनि प्राकृतिक दृष्टिले मूल्याङ्कन गर्दा संसारका अति सुन्दर मुलुकहरूकाे सूचीमा नेपाल अग्रपङ्क्तिमा गनिन्छ । अनि जनसंख्याका दृष्टिले मापन गर्दा नेपालीहरू चिनियाँ नागरिक र भारतीय नागरिकभन्दा अलि थाेरै देखिए पनि सामाजिक, सांस्कृतिक दृष्टिले चिहाउँदा नेपालीहरू सबैभन्दा माैलिक पहिचान बाेकेका समझदार, मिलनसार र बहादुर जातिका रूपमा संसारभरी प्रख्यात छन् । सामुन्द्रिक तटदेखि धेरै टाढा रहे पनि नेपालमा उन्नतिका सम्पूर्ण साधानहरू विद्यमान छन् । उच्च हिमालदेखि समतल तराईसम्म अवस्थित हाम्राे देशमा उन्नतिका प्राकृतिक साधानहरूकाे कुनै कमी छैन् ।

विश्व मानचित्रमा सजिएकाे सुन्दरतम् मनमाेहक मुलुक नेपाल, विश्व शान्तिदुत गाैतम बुद्धकाे जन्मभूमिका रूपमा चिनिएकाे नेपाल, पृथ्वीकाे सर्वाेच्च शिखर सगरमाथा लगायत उच्च श्रृङखला, महाभारत पर्वतमाला, लेक, बेँशी, उपत्यका फैलिएकाे नेपाल, पवित्र जल, उर्भर थल, दुर्लभ जडिबुटी, वन्यजन्तु, चराचुरूङ्गी, हरभरा वनजङ्गलले भरिपूर्ण नेपाल, बहुजाति, बहुसंस्कृति, बहुधर्म, बहुपहिचान झल्किएकाे नेपाल, पहिलाे र दाेश्राे युद्धमा समेत राष्ट्रिय स्वाभिमानमा कतै दाग नलाएकाे सार्वभाैम नेपाल केवल दक्षिण एसिया वा एसियाकाे मात्र हाेइन, संसारकै उदाहरणीय राष्ट्र मानिन्छ । अब यसलाई छाेटाे समयमा छिटाे समृद्धिकाे शिखर चुम्ने राष्ट्रका रूपमा विश्व रङ्गमञ्चमा कसरी छिटाे उभ्याउन सम्भव हुन्छ ? यसैमा केन्द्रित भएर अघि बढ्नु नै नेकपाकाे युगान्तकारी जिम्मेवारी हाे ।

(लेखक नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ।)