नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता कसैको नीजि स्वार्थको लागि नभई राष्ट्रिय आवश्यकताको आधारमा भएको हो ।
गन्तव्य एक, बाटो फरक । एउटा, बाटो ससस्त्र जनयुद्धबाट जनवादी गणतन्त्र २१औं शताव्दीको जनवाद प्राप्त गर्ने नेकपा (माओवादी केन्द्र) र शान्तिपूर्ण संक्रमण संसदीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गरी जनताको बहुदलीय जनवादी व्यवस्था प्राप्त गर्ने नेकपा (एमाले) दुवै पार्टीको जनयुद्ध र जनआन्दोलनको फ्युजनबाट संविधान सभाद्वारा समाजवादउन्मुख गणतान्त्रिक जनअधिकार सहितको जनसंविधान प्राप्त गरिसकेपछि दुवै पार्टी अधिकारको लँडाई सम्पन्न भएको निष्कर्षमा पुगेको अवस्थामा त्रिशंकु संसदलाई कायम रहेमा काँग्रेससँग मिलेर जानुपर्ने ?
यसो गर्दा समृृद्धि र समाजवाद स्वप्नशील हुने भएकाले दुवै पार्टीले कल्पना गरेको सुखी नेपाली, समृृद्ध नेपालको नारालाई कार्य रुप दिन एक मात्र उद्देश्यले राजनीतिक स्थीरताका लागि पार्टी एकता भएको हो ।
पार्टी एकता प्रकृया पार्टीको केन्द्रीय समिति, प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय तह तथा स्थानीय तहका वार्ड कमिटीसम्म पनि एकता भैसकेको छ । ज.ब.सको नेतृत्व पनि टुंगिइसकेको छ । अखिल नेपाल किसान महासंघ लगायत केही संगठनको एकता सम्पन्न भएको छ ।
हाम्रो पार्टीको मार्गदर्शन सिद्धान्त माक्सर्वाद लेनिनवाद हो । यसको न्युनतम् कार्यक्रम जनताको जनवाद र अधिकतम् र्कायक्रम समाजवाद हो अन्तिम लक्ष साम्यवाद हो । पार्टीको र्कायदिशा समाजवाद उन्मुख जनताको जनवादको र्कायदिशाले नै जनवादी क्रान्तिको बाँकी र्कायभार पूरा गर्दै समाजवादमा जाने आधार तयार गर्ने हो ? मार्क्सवादका तीन वटा संघटक हुन्छन् ।
१) मार्क्सवादी दर्शनः
दर्शनले जीवन र जगतलाई बदल्न, द्वन्द्वात्मक भौतिकवादी ज्ञानको माध्यमद्वारा यो मुलुकलाई बदल्न, हजारौ शहीदहरुले आफूलाई बलिदान गर्नुभएको छ । हजारौंको संख्यामा शहीद परिवार, घाइते, अपाङ्ग योद्धाहरु हुनुहुन्छ । हजारौंका संख्यामा पार्टीका नेताहरु हुनुहुन्छ लाखौंको संख्यामा कार्यकर्ता र दशौं लाखको संख्या साधारण सदस्य र जनवर्गीय सामुदायिक र पेशागत संगठनमा आबद्ध हुनुहुन्छ ।
६५ प्रतिशत जनताले कम्युनिस्ट पार्टी (नेकपा) लाई मतदान गरेका छन् । माक्र्सवादी दर्शन र विचारको आधारमा हजारांै जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । दर्शनको क्षेत्रमा अतुलनीय उपलब्धि भएको छ । वर्गप्रतिको इमानदारिता र दर्शनको आधारमा देशलाई बदल्ने अभिभारा पनि हाम्रो काँधमा छ ।
२) राजनीतिक अर्थशास्त्रः
राजनीतिक अर्थशास्त्र मार्क्सवादको दोस्रो संघटक अंग हो । उत्पादनका साधन, उत्पादक शक्ति, उत्पादनको वस्तु, उत्पादकत्व बृद्धि यसको भण्डारण, प्रशोधन र न्यायोचित वितरण राजनीतिक अर्थशास्त्रका मुख्य आधार हुन् ।
हाम्रो पार्टीको ७० वर्षको इतिहासमा हामी सायद यहाँ आइपुगेका छौं ? केन्द्रमा संघीय सरकारको नेतृत्वमा हाम्रो पार्टी छ । प्रदेशमा ७ मध्ये ६ वटा प्रदेशमा पनि हाम्रो पार्टीको नेतृत्व छ । २ नं. प्रदेशमा पनि हाम्रो उल्लेखनीय उपास्थिति छ । साथै स्थानीय तहमा अधिकतम ठाऊँहरुमा हाम्रो पार्टीका नेता र कार्यकर्ताले चुनाव जित्नु भएको छ । आजभन्दा पहिले हामी जनताका जल्दाबल्दा समस्याको बारेमा राष्ट्रियता, जन्तन्त्र र जनजीविकाका सवालहरुमा प्रश्न मागको रुपमा उठाएका थियौं । त्यही विषय हामी आफैले पूरा र्गेन ठाउँमा छौं । हामीले सर्वहारा, श्रमजीवी, मजदुर किसान, पछाडि पारिएका जाति, जनजाति, दलित, लिङ्ग, क्षेत्रका माग पूरा गरी सम्बद्ध सबैलाई राष्ट्रको मूल धारमा ल्याउने काम अब हामीले पूरा गर्नु पर्दछ । सम्बन्धित पार्टी कमिटी र सरकार पनि एकमत भई निम्न योजना बनाएर अगाडि बढ्न जरुरी छ ।
स्थानीय तहको सबैभन्दा पछिपरेको वर्ग र लिङ्गका समुदायको बसोवास भएको क्षेत्रलाई लक्षित गरी स्वास्थ्य सेवा शहरका जनताले पाउने सुविधा बराबर उपलब्ध गराउने ? शिक्षा क्षेत्रमा त्यहाँका बोर्डिङ स्कुल बराबरको साधरण र प्रविधिक शिक्षा निःशुल्क र अनिवार्य गर्ने ? खानेपानी र सिँचाइको समुचित व्यवस्था अनिवार्य मिलाउने ?
त्यस क्षेत्रका जनतालाई सदरमुकाम जोड्न पहुँच मार्ग निर्माण गर्ने ? त्यस क्षेत्रमा रहेको जमिनलाई बाली विशेषज्ञद्वारा बाली विविधीकरण गरी मूल्यवान वस्तुहरुको उत्पादन गर्ने सहकारी र सहकारी उद्यमशीलता प्रबद्र्धन गरी केही अनुदान दिने र सहुलियत कृषि ऋण उपलब्ध गराई मूल्यवान वस्तुहरुको उत्पादन गरी स्थानीय कच्चापदार्थको आधारमा कृषि उद्योग स्थापना र मूल्य श्रङ्खलाको विकास गरी आत्मर्निभर अर्थतन्त्र र रोजगारी श्रृजना गरी विदेशीएका युवा शक्तिलाई स्वदेश फिर्ता गराउने ?
सर्वहारा श्रमजीवी वर्ग पछाडि पारिएका क्षेत्र र लिङ्गका जनता आत्मर्निभर हुँदा त्यस क्षेत्रमा रहेका मध्यम तथा धनी वर्ग समेत लाभान्वित हुनेछन् । यो काममा स्थानीय पार्टी र सरकार एक भएर काममा जुट्नु अति आवश्यक छ ।
३) वैज्ञानिक समाजवादः
वैज्ञानिक समाजवादको बारेमा फ्रेडरिक एंगेल्सले भन्नु भएको छ कि ? समाजवादमा बुद्धजीवीहरु श्रमिक हुनेछन् श्रमिकहरु बुद्धजीवी हुने छन् भनाइको ताल्पर्य समाजवादमा श्रम नै सवै भन्दा माथि हुने छ । श्रमका साधनहरुमा मजदुर वर्गको स्वमित्व स्थापित हुनेछ । त्यहाँ समानता र सबै मानिसहरुको सम्मानजनक जिउने अधिकारको ग्यारेन्टी हुनेछ ।
हाम्रो पार्टी वैज्ञानिक समाजवादका लागि ७० वर्षदेखि लड्दै आएको छ । संविधानमा समेत समाजवाद उन्मुख व्यवस्था राख्न सफल भएको छ । पार्टीे कार्यक्रममा पनि जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादका आधार तयार गर्ने भन्ने विषय निश्चय नै सामन्तवादका आधारहरु दलाल पुँजीवादका आधारहरु र एकाधिकार पुँजीवादका आधारहरु नभत्काई किन समाजवादको आधार खडा गर्न सकिने छैन ।
अर्को कुरा, अहिले भ्रष्टाचारको कुरा भित्र बाहिर यत्रतत्र सबैतिर जोड्दार रुपमा उठेको छ । हाम्रो पार्टी यो अवस्थामा आउनु आदरणीय शहीदहरुको बलिदानी घाइते अपांगहरुको त्याग केही अपवादलाई छाडेर ३-४ दशक राजनीतिमा सकृय योद्धाहरुको निरन्तरताका कारण हाम्रो पार्टीका नेता कार्यकर्ता तिनै तहमा उल्लेखनीय मात्रामा निर्वाचित हुनु भएको छ । उहाँहरु भ्रष्टाचार गर्न त्यहाँ जानुभएको भन्ने कुरा कल्पना पनि गर्न सकिन्न । आफ्ना मानिसको प्रबाहमा वा कर्मचारीबाट भुक्काई कुनै कमजोरी भएको छ भने पार्टी र सम्बन्धित साथीहरु बसी गल्ति कमजोरी सच्चाउनु पर्दछ । तर पनि हाम्रो देश भ्रष्टाचारको १२२औं मुलुकमा पर्दछ । यो कहालिलाग्दो तथ्यलाई अस्विकार गर्न सकिन्न ।
यदि कसैले जानी जानी भ्रष्टाचार गरेको छ भने जतिसुकै पुरानो र जुनसुकै ओहोदाको होस् त्यो मानिस हाम्रो पार्टीको वास्तविक सदस्य नभई ती मानिस धनसम्पत्ति जोर्न घुसपैठियाको रुपमा आएका हुन सक्दछन् ।
हाम्रो छिमेकी देश चीनमा महान सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन किन गर्न पर्पो ? यसबाट हामीले सिक्ने कि न सिक्ने ? चीनमा नयाँ आर्थिक नीति आएको ४३ वर्ष भयो चीन आज पनि समाजवादमा संक्रमण गर्दैछ । साथै विश्वको महाशक्ति राष्ट्र बन्ने क्रममा पनि छ । अहिले पनि भ्रष्ट नेता र मन्त्रीहरुलाई मृत्यूदण्ड दिइराखेको छ । त्यसवाट नेपालले सिक्ने कि नसिक्ने ? आज हाम्रो देशमा पनि नेपाली मौलिकता नेपाली प्रकारको सर्वहारा साँस्कृतिक क्रान्तिको आवश्यकता छ ।