म जापान घुमिरेको छु । यहाँको जनजीवन र विकास कार्यक्रममा मेरो ध्यानकेन्द्रित हुनु स्वाभाविक हो किनभने म मेरो देशको समृद्धिका लागि आफूलाई समर्पित हुने मेरो अभिलाषा पूरा गर्न मैले धेरै काम गर्नुछ ।
म जापानको क्योटोको केही भाग घुमिरहेको छु । यद्यपि यहाँ निर्माणका काम सकिइसकेको अवस्था पाएँ । यो सहर निर्माणको योजना कस्ले बनायो ? कुन नेतृत्वले यति ठूलो सहरको संरचना निर्माण गरेको हो ? यो कुरा जान्ने इच्छा छ । यद्यपि यो पक्कै पनि आधा शताब्दी अघिको योजना हुनुपर्छ । त्यस अवस्थाको योजना कति दूरदृष्टियुक्त रहेछ । वास्तवमा यो अब सयौँ वर्षको जनजीवन विकास धान्न सक्ने अवस्थामा मैले देखे । यो अवस्थाको सहरको परिकल्पना गर्न सक्ने तत्कालीन अवस्थाका योजनाकारलाई हृदयदेखि नमन गरिरहेको छु ।
यहाँको जनजीवन भने त्यति सुखी र खुसी पाउन नसक्दा दुःख लाग्नु स्वाभाविक बनेको छ । यहाँ युवाहरुको संख्या त्यति देखिएन । धेरैको संख्यामा बृद्ध बृद्धाहरु सकिनसकी हिँडिरहेको पाउँदा यो सहरको भविष्यप्रति मेरो चिन्ता बढ्न थालेको छ । यति ठूलो सहर अहिले पनि रित्तो अवस्थामा देखिरहेको छु भने आँउदो १० वर्षमा यो अधिकांश रित्तो अवस्थामा हुन्छ होला भन्ने मेरो अनुमान रह्यो ।
जे होस जापानको यो सहरमा बनाउन कुनै काम बाँकी रहेको देखिएन । अग्ला अग्ला घरहरु र यातायात सञ्जालले व्यवस्थित छ यो सहर । तर यो सहरको व्यवस्थापनमा भने निक्कै ध्यान दिनुपर्ने अवस्था छ । किनभने यस्तै अवस्था रहिरहेमा यो सहर मानवविहीन त हुने होइन ? यो सोचले मलाई किन घोचिरहेको हो ? मलाई नै बुझ्न निक्कै गाह्रो भैरहेको छ ।
यो सबै परिवेशमा रुमल्लिएको अवस्थामा मैले मेरो देश सम्झिरहेको छु । मैले काठमाडौँ उपत्यकालाई मात्र पनि यस्तै तरिकाले व्यवस्थापन गर्न पाएको भए त्यो कति सुन्दर हुने थियो । यस्तै खालको निर्माण कार्यले काठमाडौँ सहरलाई समेत ढाकिदिन सके अहिलेको अव्यवस्थित वस्ती केन्द्रित भएर सुन्दर र सुरक्षित सहर बन्ने मात्र होइन यो संसारकै नमूना बन्न सक्ने थियो । त्यसका लागि क्योटो जस्तै सहर वस्ती, सहरमुनिको यातायात सञ्जाल, मेट्रो र रेल यातायात, सपिङ मल, कार्यालय, सबै व्यवस्थापन गर्दाको काठमाडौँ उपत्यका कति रोचक विश्वविद्यालय बन्ने थियो ।
मलाई यो सहरको मात्र नभएर देशका सबै वस्ती एकतृत गरेर सुन्दर बसोवासको व्यवस्थापन गर्न मन भैरहेको छ । वस्ती एकतृत गरेर सबै गाउँ नमूना गाउँमा परिणत गर्ने मेरो प्रयास हो । जमिनको सहज उपयोगिताको व्यवस्थापन गरेर देशभर कृषि, पशुपालन, जडीबुटी, फलफूलको साथै सबै खाले कृषि प्रशोधन उद्योगले देशभर नयाँ आर्थिक आवरण दिएर विकासको लहर फैलाउन मेरो रहर उर्लिरहेको छ ।
मैले मेरो देशको अर्थतन्त्र मेरै धरातलको मौलिक प्रणाली बुद्ध अर्थतन्त्रको व्याख्या र प्रयोग गर्ने प्रयास हो । यो अर्थतन्त्रले सबै अनुसाशित बनाउने र भ्रष्टाचारमुक्त सरकार र प्रसाशन देशभर कृयाशील राख्न सक्छ । यतिमात्र नभएर अबको विश्वको वातावरणीय प्रतिकूलता र तापक्रम बृद्धिको समस्या पनि यो अर्थ प्रणालीले मात्र समाधान गर्न सक्छ । आखिर नेपालकै बुद्ध आर्थिक प्रणालीको संसारभर प्रयोग भइसकेपछि विश्व शान्तिको अभिलाषा पूरा हुनुका साथै संसार सबै प्राणीको साझा घर बन्न सक्छ ।
त्यसैले मेरो प्रयास नमूना गाउँ मार्फत दिगो विश्व शान्ति स्थापनाको हो । यद्यपि मेरो देशको वातावरण अनुकूल बनाउन नसकेकोमा म हैरान भैरहेको छु ।
अब देश बनाउने अभियानमा सबै लागौँ । अनावश्यक हुल्लडबाजीमा समय खेर नफालौँ । केही प्रयास हामीले गर्न सुरु गर्ने बित्तिकै युवाहरु विदेश काम खोज्न जानुपर्दैन । बरु विदेशी युवाहरु यहाँ रोजगारीका लागि आउने अवस्था बन्छ । सिंगो देश नै अन्तर्राष्ट्रिय विश्वविद्यालयमा परिणत हुन्छ । विश्वका सबैजसो जनता नेपालनमा पढ्न आउन सुरु गर्छन् । अनि त यो देश बन्छ है ।
मित्रहरु समय खेर नफालौँ, देश बनाउने काम गरौँ । गालिगलौज र हुल्लडबाजीमा नलागौँ । नमूना गाउँ निर्माण गरौँ । नेपालको उत्पादन संसारलाई खुवाएर सन्तुष्ट राखौँ ।
भाद्र ११ गते, २०७६
क्योटो, जापान