बैठकका सहभागीहरूः अध्यक्ष माओ त्सेतुङ प्रधानमन्त्री चाउ एन लाई वाङ हाई–चुङ, परराष्ट्र मन्त्रालयका शिष्टाचार उपप्रमुख तङ वेन–शेङ, भाषा अनुवादक राष्ट्रपति रिचर्ड निक्सन हेनरी ए.किसिन्जर, राष्ट्रिय सुरक्षा मामिलासम्न्धी राष्ट्रपतिका सल्लाहकार विनस्टिन लर्ड, राष्ट्रिय सुरक्षा परिषद्का कर्मचारी (टिपोटकर्ता) मिति र समयः सोमबार, फेब्रुअरी २१, १९७२, दिनको २:५० देखि ३:५५ बजे...बाँकी
अक्टोबर कान्तिको विषयमा धेरैले धेरै धेरै कुरा लेखिसकेका छन् । तथापि मेरो आफ्नो सोच के हो भन्ने कुरा स्पष्ट पार्ने प्रयास गर्नेछु । हुन त एउटा अमेरिकन वक्ता (लेखक) ले अक्टोबर क्रान्तिले दश दिनमै विश्वलाई थर्काइदियो भनेर लेख्नु भएको छ । मेरी सामान्य प्रश्न के छ भने लेनिनको...बाँकी
वैज्ञानिक समाजवाद इतिहासको वस्तुगत आवश्यकता तथा अनिवार्यता हो भनेर बुझ्न समाजको इतिहासलाई द्वन्द्ववादी तरिकाले हेर्नुपर्छ । यो संसार नै द्वन्द्वमय छ । परस्पर विरोधी तत्त्वको एकता र सङ्घर्षले नै संसारको विकासक्रमलाई अगाडि बढाएको छ । त्यो समाज र प्रकृति दुवैमा लागु हुन्छ । हामी समाजलाई द्वन्द्ववादी ढङ्गले हेर्न...बाँकी
काठमाडौँ, काठमाडौँ उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरू, जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरूको बारेमा युरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरू गरिसकेका छन् । यस्ता खाले अनुसन्धानहरू अहिलेसम्ममा अरु जातिहरूको भन्दा धेरै नेवारहरूबारे भएका छन् । तर अझै पनि यकिन कुराहरू स्पष्टरूपमा थाहा हुन सकेको...बाँकी
भ्याकलाभ स्मिल वर्तमान विश्वका सेलिब्रेटी लेखक हुन् । स्मिलका पुस्तकहरूसँग विश्वका धेरै पाठकहरू परिचित छन् । स्मिल बिल गेट्सका सबैभन्दा मनपर्ने लेखक हुन् । धेरै पुस्तकका लेखक स्मिलको सन २०१३ मा प्रकाशित एउटा पुस्तक हो "सुड वी इट मिट ?" यो पुस्तकमा स्मिलले शाकाहारी (भेज) र मांसाहारी (ननभेज)...बाँकी
आम जनताको व्यापक विरोध र प्रतिरोधका बाबजुद पनि मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात एमसीसी सम्झौता केही महिनाअघि ब्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गरियो । अफसोच नै मान्नुपर्छ, नेपाललाई अमेरीकी हिन्द-प्रशान्त रणनीतिको मोहरा बन्नबाट नेपालका हामी देशभक्तहरूले रोक्न सकेनौँ । संसदको अंक गणितीय खेल, नेकपा (एमाले) को मौनता जस्ता कारणले हामी...बाँकी
विगत केही वर्षदेखि विश्वव्यवस्थामा ठुलो हलचल भइरहेको छ । नयाँ प्रविधिकहरूको विकास, वातावरणीय विकास, महामारी, महामारीको प्रकोप रोक्नका लागि खोप उपलब्ध गराउने र जनतालाई सुरक्षित राख्ने कामहरू भइरहेको छ भने राजननीतिक र आर्थिक रूपमा पनि ठुला हलचलहरू विश्वका मुलुकहरूमा भइरहेका छन् । सन् ११९९० मा सोभियत संघको पतन...बाँकी
प्राचीन समाजमा मानव जीवनका लागि आवश्यक, उपयोगी, सहयोगी, आशालाग्दा र भरपर्दा केही प्राकृतिक वस्तु वा व्यक्तिहरूलाई माया गर्ने, संरक्षण गर्ने र सम्बर्द्धन गर्ने क्रमसँगै विभिन्न कालखण्डमा विभिन्न वस्तु, जीवजन्तु र मानिसहरू माया, मान सम्मान गर्ने क्रममा पूजा-आराधना गर्ने प्रचलन नै चलेको पाइन्छ । यस सन्दर्भमा हाम्रो पूर्वीय समाजमा...बाँकी
कम्युनिस्ट आवरणभित्र लुकेको अवसरवादले हमेसा आफूलाई सही र अरूलाई गलत भन्छ । छद्म अवसरवादले खुल्ला र स्पष्ट विचार र व्यवहारलाई आफ्नो स्वार्थपूर्तिको बाधक कार्य ठान्छ । बाहिर कुरामा विचार, सिद्धान्त, विधि, विधान, नियम, पद्धति, खुल्ला र स्पष्ट गर्नुपर्छ भन्न कहिल्यै नथाक्ने छद्म अवसरवादभित्र काममा भने छलछाम र षड्यन्त्रलाई...बाँकी
बहुलवाद भनेको के हो ? बहुलवाद भनेको विश्वको उत्पत्तिको क्षेत्रमा बहुतत्त्वलाई प्राथमिकता दिने सिद्धान्त हो । विश्वको उत्पत्ति र विकास एउटै तत्त्वबाट होइन, बहुतत्त्वबाट भएको हो भन्ने सैद्धान्तिक मान्यतालाई बहुलवाद भनिन्छ । बहुलवादले सामाजिक जीवन र चिन्तनका विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्दछ । बहुलवाद प्राचीन भारतीय दर्शन र...बाँकी