सर्वहारा क्रान्तिले रुसमा जुन तुलनात्मक सहजताका साथ साम्राज्यवादका साङ्लाहरु चुँडाल्न र तत्पश्चात पुँजीपति वर्गको शासन उल्टाउन सफल भयो, त्यसका लागि तीन वटा बाह्य परिस्थितिहरु निर्णायक थिए । पहिलो परिस्थिति यो थियो कि अक्टोबर क्रान्ति त्यस्तो समयमा शुरु भएको थियो, जतिबेला दुई मुख्य साम्राज्यवादी गुटहरुको बिचमा, अंग्रेजीे–फ्रान्सेली र अष्ट्रो–जर्मन, भयङ्कर संघर्षको...बाँकी
किसानको प्रश्नः म किसानहरूका सम्बन्धमा अहिले पार्टीले अबलम्बन गरेको सिद्धान्तमा अन्तर्निहित नीतिहरूका विषयमा केही भन्न चाहन्छु । किसानको प्रश्न यतिबेला विशेष महत्त्वको छ भन्ने कुरामा कुनै शङ्का छैन । कयौँ कमरेडहरू अतिवादतिर पुग्नुभएको छ र भन्दै हुनुहुन्छ कि एउटा नयाँ युगको सूत्रपात भएको छ – किसान युग ।...बाँकी
कमरेडहरू, आजभन्दा सय वर्ष अगाडि अक्टुबर २५, १९१७ यतिबेलाको पात्रो अनुसार नोभेम्बर ७, १९१७ मा रुसको पेट्रोग्राड (पछिको लेनिनगार्ड) सहरमा गरिखाने मानिसहरू आफूमाथि भएका सबैखाले विभेदहरू, अन्याय अत्याचारका विरुद्ध सडकमा ओर्लिएका थिए । रुसका गरिखाने जनताले पेट्रोगाड सहरमा सशस्त्र क्रान्तिमार्फत् त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको...बाँकी
(समाजवादी क्रान्तिलाई ध्वस्त गर्नका लागि साम्राज्यवादीहरू र तिनका विश्वभर छरिएर रहेका दलालहरूले निरन्तर रूपमा सोभियत सङ्घ र रुसी क्रान्तिका महानायकहरू कमरेड लेनिन र कमरेड स्टालिन विरुद्ध निरन्तर कुप्रचार गर्ने गरेका छन् । त्यसमा पनि तिनीहरूले रुसी क्रान्तिका एक महान् नेता, क. लेनिनका सहयोद्धा, लेनिनवादका व्याख्याता, संशोधनवाद विरोधी सङ्घर्षका...बाँकी
रुसको अक्टोबर क्रान्ति (अक्टोबर समाजवादी क्रान्ति) लाई सम्झँदा र त्यसले संसारमा पारेका प्रभावहरूबारे गम्भीरतापूर्वक हेर्दा मानवजातिको इतिहासमा अतुलनीय एवम् बहुआयामिक प्रभाव पारेको पाइन्छ । त्यसले मानिसको जीवनका सबै पहलुहरू – आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, दार्शनिक इत्यादि क्षेत्रमा व्यापक गहिरो र उँचो नयाँ अभ्यास सुरु गरेको थियो र अझै...बाँकी
पर्सि मे ९ तारिखमा महान् देशभक्तिपूर्ण युद्धको ७० औँ वार्षिकोत्सव मनाइनेछ । समयको भिन्नतालाई ध्यानमा राख्दा, मैले यी लाइनहरू लेख्दै गर्दा रुसी महासङ्घको सेनाका सिपाहीहरू र उच्चाधिकारीहरू गौरवपूर्ण तरिकाले मस्कोको रेड स्वायरमा उनीहरूको विशिष्ट खालको द्रुत र सैन्य चालमा कवाज गरिरहेका हुनेछन् । लेनिन एउटा तेजस्वी क्रान्तिकारी रणनीतिकार...बाँकी
विश्व कम्युनिस्ट आन्दोलनका एक सेनानी, रुसका महान् नेता जोसेफ स्टालिनको जन्म डिसेम्बर २१, १८७९ मा तिफ्लिस प्रान्तको गोरी नगरमा भएको थियो । उहाँका पिताको नाम बिसारिओन इवानोविक थियो भने उहाँकी माता इकातेरिना गेलाज्दे हुनुहुन्थ्यो । स्टालिनको परिवार सामान्य किसान परिवार थियो । स्टालिनको बालककाल पनि गरिबी र अभावमा...बाँकी