काठमाडौँ । किसान सहिद भीमदत्त पन्तको सेनाका योद्धा जिन्तु चौधरी सम्मानित हुनुभएको छ । मङ्गलबार भीमदत्त नगरपालिकाले पहिलोपटक आफ्नो स्थापना दिवस मनाउँदै चौधरीलाई नगदसहित सम्मानित गरेको हो ।
भीमदत्त नगरपालिका– १८, भगतपुरका १०८ वर्षीय चौधरीलाई भीमदत्त पन्तको नेतृत्वमा भएको किसान आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले सम्मानित गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले चौधरीलाई संयुक्त रूपमा नगद १५ हजार एक रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
कार्यक्रममा आफूलाई सम्मानित गरेकोमा खुसी व्यक्त गर्दै योद्धा चौधरीले किसानलाई अधिकार दिलाउन पन्तसँग गाउँ–गाउँमा पुगेर सामन्तविरुद्ध लडेको बताउनुभयो ।
वि.सं. १९८३ सालमा डडेल्धुराको घटाला कारीगाउँमा जन्मिएका भीमदत्त पन्तको २०१० साल साउन १७ गते जोगबुढास्थित बिर्खमको जंगलछेऊमा एउटा घरमा आश्रय लिइरहेको समयमा झुक्काएर हत्या गरिएको थियो । उहाँ सुदुरपश्चिमको किसान आन्दोलनका महान योद्धा हुनुन्थ्यो । उहाँको आन्दोलनलाई दबाउन तत्कालीन नेपाली काँग्रेसको सरकारले भारतीय सेना मगाएको थियो ।
यो पनि पढ्नुहोस्ः-