महिला मुक्ति आन्दोलनको प्रारम्भको सङ्घर्षको स्मरणमा आठ मार्च संसारभर महिला अधिकार र स्वाभिमानको प्रतीक बन्न पुग्यो। आरम्भमा अमेरिकाका गार्मेन्ट श्रमिक महिला मजदुरहरू उठे। सन् १९१० मा डेनमार्कको कोपनहेगनमा महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा मार्क्सवादी नेतृ क्लारा जेट्किनको विचारले मान्यता ग्रहण गर्यो ।
सन् १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न भएपछि सोभियत कम्युनिस्ट पार्टीले श्रमिक महिला दिवस मनाउने उद्वघोष गरेर अघि बढाइयो । यसका लागि लेनिनको योगदान थियो। सन् १९७५ वामपन्थीहरुले सुरु गरे पनि यो दिवस संसारभर सबैखाले महिलाले मनाए ।
सन् १९७५ मा संयुक्त राष्ट्र संघले श्रमिक शब्द हटाएर अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउन थालेपछि नेपालमा राजावादीहरुले महिला दिवस भनेर रानीको हुकुममा ठूलाबडा महिलाले मनाउने गरेको इतिहास साक्षी छ । खास नेपालमा वि.सं. २०१७ सालमा आइमाई दिवस भनी मनाउन सुरु भयो । यसपछि छिटफुट नारी दिवस मनाउँदै वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनसँगै नारी दिवसको रुपमा वाम र लोकतान्त्रिक धारबाट प्रकट भएको थियो ।
यो दिवसलाई आज सबैले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवधारणा अनुरुप रुपान्तरण गरी मनाएका छन् । अझै नारी दिवस भनेर सम्बोधन गर्ने परम्परा विश्व र नेपालमा देख्न सकिन्छ । क्लारा जेट्किनले श्रमिक गरिखाने महिलाहरुको ज्यालाको अधिकारसँग जोडेर गरिएको आन्दोलन सिंगो महिला आन्दोलन र लैङ्गिक सहभागिता र पहुँचलाई स्वीकारोक्ति स्थापित भएको छ।
खास गरी आजसम्म संसारभर लैङ्गिक विभेद र पितृसत्ता कायम छ । त्यसैले आज ११० बर्ष लडेर दिवस मनाइरहँदा लैङ्गिक रुपमा धेरै प्रकारका विभेद र असमानताहरु करिब आज आठ हजार बर्षसम्म पनि कायमै छ । जब आदिम युगपछि दास प्रथा वा सम्पत्तिहरुलाई निजीकरणको आरम्भ मान्छेले मान्छेद्वारा गरियो । सम्पत्तिको निजीकरणसँगै आजसम्म पनि महिलालाई पुरुषको घर ल्याएर निजी श्रमिक र दासको रूपमा काममा लगाइन्छ, यसलाई हेर्दा दास प्रथाको अवशेष देख्न पाइन्छ। यसैले आज पनि पुरुषको वंश धान्न पुरुषप्रधान अंश र वैवाहिक प्रणाली स्थापित गरी महिलामाथि सबै खाले श्रम शोषण कुनै न कुनै रुपमा विश्वभर देख्न सकिन्छ ।
जब पितृसत्ता स्थापित गरियो, वर्ग जन्मियो । तत्कालीन सम्पत्ति जमिन यसको नाइके पुरुष र सामन्तीको पोल्टामा गयो । पछि पुँजीपति पुरुष, मिल मालिक भयो र घरदेखि मिलको श्रमिक महिला नै भए । यसले वर्गलाई प्रोत्साहन गर्यो । आधा धर्ती ओेगटेका महिलाको समस्या महिलावादी भए पनि यो सम्पति हुने र नहुने, मालिक र श्रमिक महिला तथा श्रम शोषणसँग सबन्धित छ। यो लैङ्गिक-वर्गीय समस्याको रुपमा कुनै न कुनै रुपमा संघर्षसँग समबन्धित भएर विश्लेषण गर्न सकिन्छ ।
मानव जातिको उत्पत्तिदेखि आदिमकालमा महिलाको अग्रणी भूमिका थियो । आज हरेक दिन महिला हिंसा भइरहेका छन् । यसले हुने र नहुने पुरुष र महिला बिच बिभाजन गरेपछि सत्ता र शासन पनि हुने र पुरुषको कब्जामा भयो । सामन्ती र पुँजीपति वर्गले श्रमिक महिलालाई घरायसी धन्दा बाहेक २० घण्टासम्म श्रममा कजाउने शासन व्यवस्था विरुद्व आन्दोलनहरु उठ्नु स्वभाकिक भयो । श्रमिक वर्गको विचार लेनिन र क्लारा जेट्किनको विचार श्रमिक शोषण विरुद्व आन्दोलन भएकाले यसमा वामपन्थी प्रभाव परेको हो ।
विश्वयुद्वमा समेत हिंसाको यो श्रृङखला भोग्नु नपरेको विश्लेषण प्रकट हुन थालेको छ । जहाँ वामपन्थी आन्दोलन कमजोर हुँदै गएपछि वामकै विचारलाई सामन्ती र पुँजीपति सत्ताले खोसेर वर्गीय शोषण निस्तेज पार्दै लगतार आफ्नो प्रभाव जमायो । यही प्रभावको सत्ता सञ्चालन आजसम्म पनि द्वन्द र संघर्ष बिच गुज्रेको देखिन्छ । यसले विश्वव्यापी रुपमा बृहत् हिंसात्मक स्वरुप ग्रहण गरेको सत्य भऐकाले यो दिवस पनि आधा आकासका लागि विश्वव्यापी भएर संयुक्त राष्ट्र संघले स्वीकार गर्न वाध्य भयो । यसैले हरेक दिन कुनै न कुनै रुपमा हुने महिला हिंसाको सवाल निरन्तर उजागर भएको पनि छ । यसैले पनि यसलाई निस्तेज पारी शासन जोगाउन वामको भन्दा पुँजीपति सत्ता संरचनाले बढी महत्त्व दिएको पाइन्छ । यसरी अप्राकृतिक तवरले महिलालाई सम्पत्तीकरण गरी उपभोगको साधन बनाएर कजाएको हामी संसारभर देख्न सक्छौँ ।
२. नेपालमा महिलाको लैङ्गिक सम्बोधन
नेपालको ऐतिहासिक सन्दर्भ माथि सम्बोधन गरिएको छ । यद्धपि, सामन्ती सत्ताबाट उत्पीडित श्रमिक महिला गरिब नेपालमा झनै पुरुषतन्त्रबाट पिल्सनु स्वभाविक थियो । कारण थिए घरेलु श्रम, सामाजिक-धार्मिक मान्यता र निजी श्रीमती । सती प्रथालाई चन्द्रसमशेरले हटाएको प्रतिबिम्बले यो कुरालाई साबित गरेको छ। नेपाली महिलाहरुले पनि लामो समय पुरुष सत्तासँग लडे। आन्दोलनमा उनीहरुको सहभागिता २०४६ को स्वतन्त्रतापछि थपिएको हो ।
नेपालमा महिला आन्दोलन मुख्यत: पहिलो राजाको शासन भएकाले लोकतान्त्रिक धार र विश्वव्यापी प्रभावबाट महिला आन्दोलित भए । दोश्रो वामपन्थी धारले यसलाई बढवा दिएर धारिलो र फराकिलो बनायो । तेश्रो, जहाँ दमन त्यहाँ प्रतिकार गर्दै नेपालको जनयुद्ध र विद्रोहमा सहभागिता र उभार ल्याउनेअश्त्र बन्न गयो । चौथो, २०४६ पछि खुलेका सामाजिक संघ-संस्थाको भूमिका र महिला तथा लैङ्गिक अधिकारको विश्वव्यापी सवालले आधार निर्माण गर्न सघायो। यसप्रकारले मानव शास्त्रीय दृष्टिले अध्ययन, विश्लेषण घनीभूत रुपमा भएको पाइँदैन ।
यसले मूलतः पहिलो महिलाको स्वतन्त्रताको आधारभूमि तयार भयो । दोश्रो लैङ्गिक सचेतना र जागरण पैदा भयो । तेश्रो सोच र चिन्तनमा रुपान्तरण ल्यायो । चौथो संविधान र कानुन महिला र लैङ्गिकमैत्री बनाउने काम भए । पाँचौ भनेको व्यवहारको चरण हो । जुन अध्ययनको तथ्यमा हेर्दा कहालीलाग्दो देख्न सकिन्छ।