चिनियाँ राष्ट्राध्यक्ष, राष्ट्रपति, सी चिनफिङ, xi jinping, chinese president
 

काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २२ तारिखमा संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई महत्त्वपूर्ण सम्बोधन  गर्दै मानवजातिले कोरोना भाइरसलाई पराजित गर्ने बताउनु भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहनु भएका राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई सम्बोधन गर्दै मानवजातिले कोरोना भाइरससँग संघर्ष गर्ने क्रममा विभिन्न मुलुकका जनताले आपसी सहयोग गरी भयङ्कर प्रकोपसमक्ष मानवजातिको उत्साह, संकल्प र माया देखाएर अँध्यारो समयमा उज्ज्यालो प्रकाश छरेको बताउनु भएको छ । सम्बोधनका क्रममा उहाँले मानवजातिले अन्त्यमा कोरोना भाइरसलाई पराजित गर्ने र विश्व जनताले विजय प्राप्त गर्ने विचार व्यक्त गर्नुभएको छ।

कोरोना र चीनको प्रतिबद्धता

राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधनमा चीनले विभिन्न मुलुकसँग कोभिड-१९ प्रतिरोध तथा उपचारको अनुभवलाई बाँड्दै जाने, आवश्यक मुलुकलाई समर्थन र सहयोग गर्दै जाने, विश्व कोभिड-१९ प्रतिरोध गर्ने सामग्रीको आपूर्ति श्रृंखलाको स्थिरतालाई प्रत्याभूति गर्ने र सक्रिय रूपमा कोरोना भाइरसको मूलको खोज तथा यसबारेको अध्ययन सम्बन्धमा निरन्तर भाग लिने बताउनुभएको छ। उहाँका अनुसार चीनमा केही खोप तेस्रो चरणको क्लिनिकल परीक्षणमा प्रवेश भएको छ र अध्ययन पूरा भएपछि विश्व सार्वजनिक उत्पादनको रूपमा विस्तार गरिनुका साथै प्राथमिक रूपमा विकासोन्मुख मुलुकलाई प्रदान गरिनेछ।

कोरोना र विश्वको परीक्षा

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले महामारी विभिन्न मुलुकका लागि सत्ता शासन गर्ने परीक्षा मात्र नभई सारा विश्वको व्यवस्थापन प्रणालीका लागि एउटा परीक्षण पनि भएको बताउनुभएको छ। उहाँ भन्नुहुन्छ, “हामीले बहुपक्षीयतावादको बाटोलाई कायम राख्नुका साथै संयुक्त राष्ट्र संघ केन्द्रीत अन्तर्राष्ट्रिय प्रणालीको सँरक्षण गर्नुपर्छ।”

सँगै मिलेर विचार विमर्श गर्ने र उपभोग गर्ने सिद्धान्त बमोजिम विभिन्न मुलुकमा समान अधिकार, समान अवसर र समान नियमलाई अघि बढाउनुपर्ने पनि उहाँले औँल्याउनुभएको छ।

सहकार्यको पक्षमा, प्रभुत्ववादको विरूद्धमा

राष्ट्राध्यक्ष सीले चीन विश्वको सबैभन्दा ठूलो विकासोन्मुख मुलुक रहेको बताउँदै यसले शान्तिपूर्ण, खुलापन, सहकार्य र संयुक्त रूपमा विकास गर्दैआएको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “हामीले कहिले पनि प्रभुत्ववादको स्वीकार गर्दैनौं, अरूमाथि आक्रमण गर्दैनौं, आफु पृथक रहेर विकास गर्दैनौँ तर मुख्य रूपमा भित्री अर्थव्यवस्थाको विकास गर्दै अन्तर्राष्ट्रिय विश्व अर्थव्यवस्थामा नयाँ विकासको सम्भावना खोजेर विश्व आर्थिक विकास पुनरूत्थानका लागि प्रयास गर्ने उद्देश्य बनाएको छ।”

चीनले दुई वर्षमा दुई अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय उद्धार सामग्री प्रदान गर्ने वचनबद्धतालाई व्यवहारमा उतार्ने, कृषि, गरिबी न्युनीकरण,शिक्षा, महिला तथा बच्चा र जलवायु परिवर्तन आदि क्षेत्रको अन्तर्राष्ट्रिय सहयोगलाई गहन पार्ने, विभिन्न मुलुकको आर्थिक सामाजिक पुनःउत्थानका लागि मद्दत गर्ने पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

जलवायु परिवर्तन र पेरिस सम्झौताः

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सी चिनफिङले जलवायु परिवर्तनको सामना गरिने र “पेरिस सम्झौता” ले सारा विश्व हरित र कम कार्बन हुने ठूलो दिशाको प्रतिनिधित्व गरेकाले पृथ्वी घरबारको संरक्षण गर्न चाहिने न्युनतम् गतिविधि गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

विभिन्न मुलुकहरूले सिर्जनशील, समन्वयात्मक, हरित, खुलस्त र साझा उपभोग हुने विकासको नयाँ विचारधाराको स्थापना गर्दै नयाँ चरणको वैज्ञानिक र प्राविधिक क्रान्ति सम्बन्धी ऐतिहासिक अवसरलाई छोपेर महामारीपछि विश्व अर्थतन्त्रको “हरित पुन:उत्थान” लाई प्रबर्द्धन गर्न पनि उहाँले आह्वान गर्नुभएको छ।

ठूला मुलुकको उपस्थिति र जिम्मेवारी

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले विभिन्न मुलुकहरू बिचको मतभेदको अवस्था सामान्य कुरा भएकाले सम्झौता वार्तामार्फत त्यसको राम्ररी समाधान गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। ठूलो मुलुकले आफ्नो उपस्थिति देखाउनुका साथै विश्वका लागि अझ बढी सार्वजनिक उत्पादित वस्तु उपलब्ध गराउँदै ठूलो मुलुकको जिम्मेवारी र कार्यभार बहन गर्नुपर्ने पनि उहाँले औँल्याउनुभएको छ।

(चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको सहयोगमा)