चिनियाँ अर्थतन्त्र, कूल गार्हस्थ्य उत्पादन, chinese gdp, chinese, gross domestic product
 

काठमाडौँ । जनवादी गणतन्त्र चीनले गत वर्ष देखिएको नयाँ कोरोना भाइरस महामारीलाई प्रभावकारी रुपमा नियन्त्रण गरेको छ । साथै गत वर्ष विश्वमा अर्थतन्त्रको सकारात्मक वृद्धि भएको एउटै मात्र मुलुक पनि चीन हो । त्यसैले सन् २०२१ को चीनको आर्थिक वृद्धि लक्ष्यप्रति अन्तर्राष्ट्रिय समाजको ध्यान केन्द्रित छ । यस वर्षको सरकारी प्रतिवेदनमा कूल राष्ट्रिय गार्हस्थ्य उत्पादनको वृद्धि ६ प्रतिशतभन्दा बढी निर्धारण गरेको छ । यसप्रति फ्रान्सको अन्तर्राष्ट्रिय सम्बन्ध तथा रणनीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष एवम अर्थशास्त्री सिल्भी माट्लीले उक्त लक्ष्य ठुलो भए तापनि व्यावहारिक भएको ठहर गर्नुभ‍एको छ ।

उहाँका अनुसार विश्वव्यापी फैलिँदै गएको नयाँ कोरोना भाइरस महामारीको प्रभाव अझै छ । जसले युरोप र अमेरिका लगायत चीनको वैदेशिक बजारलाई गहन प्रभाव पारेको छ । यदि यी मुलुकको अर्थतन्त्र गम्भीर रूपमा घटेको खण्डमा चीनको अथर्तन्त्रको वृद्धिका लागि पनि नकारात्मक प्रभाव पर्नेछ । त्यसैले भविष्यसँग अनिश्चित कारक तत्त्व रहने छ । तापनि चीनको वास्तविक आर्थिक अवस्था र विश्व अर्थतन्त्र यस वर्षको ग्रीष्म ऋतुमा पुनरुत्थान हुने अनुमानलाई विचारमा राख्दै चीनको उक्त लक्ष्य पूर्ण रुपमा व्यावहारिक देखिन्छ । एकातिर सन् २०२० चीनको अर्थतन्त्रको वृद्धि दर २.३ प्रतिशत पुगेको थियो । विश्वका अन्य क्षेत्रभन्दा चीन अवस्थित एसिया क्षेत्रमा महामारी प्रभाव अपेक्षाकृत कम देखिन्छ । अर्कातिर महामारी संकट प्रभावित युरोप र अमेरिकी मुलुकमा चीनका उत्पादन वस्तुहरू खपत हुन्छन् ।

दिनप्रति दिन विस्तार भइरहेको आन्तरिक माग चीनको आर्थिक वृद्धि दरको स्वदेशी प्रवर्द्धन शक्ति हो । हाल केही वर्षयता चीनले भित्री चाहनालाई निकै जोड दिँदै श्रृँखलाबद्ध नीति नियम लागु गर्दै आएको छ। ठुलो जनसंख्याले चीनका लागि विशाल उपभोग्य सञ्चिति शक्ति सिर्जना गर्दछ ।

सरकारी प्रतिवेदनले अर्थतन्त्रको स्वस्थ विकासलाई कायम राख्नका लागि विकास गुणस्तर तथा दक्षतालाई सुधार गर्नुपर्छ । अर्थशास्त्री माट्लीले उक्त कुरा निकै आवश्यक भएको ठहर्‍याउनुभएको छ । उहाँका अनुसार तीस वर्षभन्दा बढी समयको द्रुत विकास भएपछि वर्तमान चीनले आर्थिक वृद्धिलाई सुव्यवस्थापन गर्नु पर्छ । हाल दश वर्षयता चीनको आर्थिक वृद्धिमा संरचनात्मक मन्दी देखिन्छ । विशेष गरी सन् २००८ अन्तर्राष्ट्रिय बैंकिङ संकटपछि चीनको आर्थिक वृद्धि पहिलेको वैदेशिक मागमाथसको निर्भरबाट लगातार रुपमा भित्री माग तथा उपभोग्यमा निर्भर भइ परिवर्तन भएको छ । उचित वृद्धि दर राष्ट्रिय अर्थतन्त्रको स्थिरतालाई कामय राख्नुका साथै अन्तर्राष्ट्रिय आयव्ययको सन्तुलनलाई साकार तुल्याउनका लागि हितकर छ ।

साथै उच्च गुणस्तरको विकाससँग आर्थिक विकासद्वारा जलवायुको परिवर्तनका लागि सिर्जना गरिने नकारात्मक प्रभावलाई हटाउने भावार्थ छ । युरोपले सन् २०५० सम्म कार्बन न्यूनीकरणको लक्ष्य राखेको छ । चीनले पनि सन् २०६० कार्बन न्यूनीकरणको लक्ष्य निर्धारण गरेको छ । चीन र युरोपले जलवायु परिवर्तनको सामनाको महत्त्व बुझेका छन् । भविष्यमा यी दुवै पक्षले पर्यावरणीय प्रविधि क्षेत्रको सहयोगलाई अझ गहन बनाउन सक्छन् ।

(स्रोतः चिनियाँ अन्तर्राष्ट्रिय रेडियो)