प्रजातान्त्रिक जनगणतन्त्र कोरिया भ्रमण गर्नेहरूको प्रायजसो अनौठा सत्यहरूको सामना गर्छन् ।
के साँच्चै यहाँ मजदुरहरू नै बस्छन् त?
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राजधानी प्योङयाङको चाङजोन स्ट्रिटमा आधुनिक आर्किटेक्चरयुक्त सुन्दरतासहितका गगनचुम्बी भवनहरूमा आवास गृहहरू र प्योङयाङ किम जोङ सुक टेक्सटाइल मिल (कपडा कारखाना) तथा प्योङयाङ किम जोङ सुक सिल्क मिल (रेशमको धागो कारखाना)का मजदुरहरूका आवासहरू रहेका छन् ।
चाङजोन स्ट्रिटका थुप्रै फराकिला कोठाहरूसहितका यी शानदार आवास (फ्ल्याट)हरूलाई विकसित देशका आवासहरूसँग तुलना गर्ने हो भने यी तिनका सबैभन्दा राम्रा र सुविधायुक्त (ए क्लास)का आवासहरूमा पर्नेछन् ।
विशाल होटेलहरूजस्तै लाग्ने प्योङयाङ किम जोङ सुक टेक्सटाइल मिल र प्योङयाङ किम जोङ सुक सिल्क मिलका मजदुरहरूका निवासहरूमा महिला श्रमिकहरूले सभ्य जीवनको नेतृत्व गरिरहेका छन् ।
यसमा अझ धेरै आश्चर्यको कुरा के छ भने यस्ता सबै आवासहरू र निवासहरू श्रमिक वर्गका मानिसहरूलाई सरकारले निःशुल्क रूपमा उपलब्ध गराएको छ।
यस्ता उदाहरणहरू प्रजातान्त्रिक जनगणतन्त्र कोरियामा जहाँतहीँ देख्न पाइन्छ । भ्रमणमा आउनेहरूले पटक पटक सोधिरहन्छन्ः के साँच्चिकै यहाँ मजदुरहरू नै बस्छन् त ?
जनतालाई किन पहिले नयाँ घरमा सार्ने काम गरियो ?
नत वर्षको डिसेम्बरमा याङदोक हट स्प्रिङ रिसोर्टको उद्घाटन समारोहको समाचारले धेरै इन्टरनेट प्रयोगकर्ता समुदाय (नेटिजेन)हरूको ध्यान आकृष्ट गर्यो ।
परन्तु कतिपय मानिसहरूले अर्को एउटा प्रश्न गर्दै थिएः किन रिसोर्टको उद्घाटन समारोहभन्दा पहिले स्थानीय मानिसहरूलाई किन नयाँ घरमा सरे ?
याङदोक एउटा यस्तो ठाउँ हो, जहाँ धेरै हिउँ पर्छ । स्थानीय जनतालाई चिसोमा काम्नुपर्ने अवस्था आउन नदिन सत्तारूढ कोरियाली श्रमिक पार्टी र सरकारले वासिन्दाहरूलाई पहिलो हिमपात हुनु (वर्षको पहिलो पटक हिउँ पर्नु) भन्दा पहिल्यै नयाँ घरमा सार्नुपर्थ्यो । तसर्थ अक्टोबरमा पहिलो हिमपात हुनुभन्दा पहिले नै एक हजारभन्दा धेरै परिवारहरूले बस्नका लानि सुविधासम्पन्न र राम्रो व्यवस्था सहितका निःशुल्क नयाँ घरहरूमा सरे ।
यी बालबालिका को हुन् ?
केही वर्ष पहिले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको पूर्वी तटक्षेत्रमा पुनर्निर्माण गरिएको वोनशान बालगृह तथा अनाथालयको उद्घाटन समारोह प्रत्यक्षरूपले देख्न पाएका विदेशीहरूले पनि केही साह्रै असाधारण कुरा देखे ।
त्यो समारोहमा पार्टी तथा सरकारका उच्चपदस्थ पदाधिकारीहरू उपस्थित थिए तर त्यहाँ बस्ने र पढ्ने बालबालिकाहरूले रातो रिबन काटेर सिंगो देशको शुभेच्छासहित त्यसको उद्घाटनको घोषणा गरिरहेका थिए ।
अरू मुलुकहरूमा अनाथहरू भनेका ‘ती मानिसहरू हुन् जसले राज्य र समाजको अध्याँरो पक्षको प्रतिनिधित्व गर्ने’र ‘बिर्सिइनेहरू’हुन् ।त्यहाँ यस्ता अझ धेरै ठाउँहरू छन्, जहाँ उनीहरू चकित पर्छन् ।
तिनीहरू राज्यले धेरै ठूलो लगानी गरेर तयार गरेका सोङदोवोन अन्तर्राष्ट्रिय बाल क्याम्प (सोङदोवोन इन्टरनेसनल चिल्ड्रेन्स क्याम्प), म्याङ्योदाए स्कुलछात्रछात्रा दरबार (म्याङ्योदाए स्कुल चिलड्रेन्स प्यालेस), प्योङयाङ विद्यार्थी तथा बालबालिका दरबार (प्योङयाङ स्टुदेन्ट्स एण्ड चिल्ड्रेन्स प्यालेस), ओक्र्यु बाल अस्पताल जस्ता ‘बालबालिकाको स्वर्ग’मा विशिष्ट सुविधा पाउने बालबालिकारहरू किसान, मजदुर र अन्य श्रमिकहरूका छोराछोरी भएको थाहा पाउँदा छक्क परे ।
समाजवादी कोरियामा यस्ता अकल्पनीय कुराहरू प्रत्यक्ष देखिन्छन्, जुन अरू देशहरूमा केवल ठूला व्यापारिक घराना र सभ्रान्त वर्गका परिवारका बालबालिकाहरूले मात्र उपभोग गर्न पाउँछन् ।