One Belt One Road बेल्ट एण्ड रोड अभियान
 

जब बेल्ट एण्ड रोड अभियानसँग संबद्ध कुनै परियोजनाबारे छलफल गरिन्छ भने सहकार्यका लागि उचित साझेदारहरुको चयन गर्ने र संयुक्त रूपमा दिगो भविष्य तय गर्ने कुरा आधारभूत सिद्धान्त हुनु पर्दछ।

कम्पनीहरुले सामान्यतया आफ्नो सामर्थ्यलाई सावधानीपूर्वक विश्लेषण गर्नुपर्छ र बलियो संभाव्यता बोकेको लगानी गर्ने देश वा क्षेत्रको पहिचान गर्नुपर्छ । यदि वार्ताको क्रममा कुनै व्यवधान वा प्रश्नको सामना गर्नु परेमा निराश हुनुको सट्टा ठोस प्रवेश विन्दु पहिल्याउन थप धैर्यता अपनाउनु पर्छ ।

परियोजनालाई अन्तिम रूप दिने चरणमा स्थानीय जनता र स्थानीय सरकारको नेतृत्वदायी भूमिकालाई जोड दिनुपर्छ, उनीहरूको हित र सामाजिक मूल्य-मान्यताहरूलाई सम्मान गरिनु पर्छ, र दुवै पक्षको साझा हितलाई प्रस्ट ढङ्गले पहिल्याउनु पर्छ ।

चीनको विगतको विकासको नमूनालाई अनुकरण गर्दै उद्यमीहरूले अरू देशहरूलाई तिनीहरूको आफ्नो योजनालाई सुरूक्क स्वीकार गर्न भन्नु हुँदैन । एउटा दिगो परियोजना लगानीकर्ता र लगानी प्राप्त गर्ने दुवै पक्षकाे अधिनमा र दीर्घकालीन रूपमा लाभदायी हुनुपर्छ ।  यही नै बजारको नियम हो ।

यी सबै आवश्यकताहरू पूरा गर्न धैर्यता चाहिन्छ र छिटै सफल हुने अाकांक्षाबाट जोगिनु पर्छ । उद्यमीहरूले स्थानीय सरकार र जनतासँग सक्रियतापूर्वक सम्पर्क गर्नैपर्छ, ताकि स्थानीय विकासमा योगदान पुर्याउने उनीहरूको चाहनालाई प्रभावकारी ढंगले ग्रहण गर्न सकियोस् । लक्षित बजारहरुको विकासको आवश्यकतालार्इ नजिकबाट सम्बाेधन गर्ने परियोजनाहरु सफल हुने सम्भावना बढी हुन्छ ।

बेल्ट एण्ड रोड सम्बन्धी चीन र रूस बीचको सहकार्य एउटा राम्रो उदाहरण हो । युक्रेन संकटअघि रूस बेल्ट एण्ड रोड अभियानमा आबद्ध हुन संकोच मानिरहेको थियो । तर सो घटनापछि रूसले क्रमिक रूपमा अाफ्नो विकास रणनीति फेरबदल गर्दै गयाे र उसको धारणा सो अभियानको पक्षमा थप सकारात्मक बन्न पुग्यो ।  केही उद्यमीहरूले यही माैका छाेपे र कुशल परियोजनाहरुको श्रृङ्खला अगाडि बढाउन सफल भएका छन् भने चीन र रूस बीचको सहकार्य अझ घनिष्ट बन्न पुगेको छ ।

स्पुतनिक न्यूजका अनुसार, चीनको रेलवे निर्माण कम्पनीले मे महिनाबाट मस्कोमा पहिलो ‘साइट टु साइट’ सुरूङ निर्माण परियोजना सुरू गर्दैछ । यो साे शहर र समग्र रूसमा विदेशी कम्पनी मेट्रो सेवा निर्माणमा सहभागी भएको पहिलाेपटक हो । सोभियत कालमा समेत यो दुर्लभ हुने गर्थ्यो ।

बेल्ट एण्ड रोड अभियान Belt and Road Initiative (BRI)
बेल्ट एण्ड रोड अभियान

यदि लक्षित बजारको विकास नीतिसँग मिल्दोजुल्दो सम्झौता छैन र दिगो विकासलाई त्यति ध्यान दिइएको छैन भने यसले केवल ती सम्बन्धित परियोजनाहरूलाई मात्रै प्रभावित गर्दैन, असन्तुष्टि र असमझदारी पनि बढाउँछ । यसरी बेल्ट एण्ड रोड अभियानका मान्यताहरूलाई अरू देशहरुमा प्रबाहित हुँदैनन्।

उदाहरणका लागि मङ्गोलियाजस्ता देशहरूको पर्यावरण कमजाेर छ । यी देशहरूमा खानी तथा अन्य स‌ंशाधनकेन्द्रित परियोजनाहरुमा लगानी गरेका केही कम्पनीहरूले वातावरणमा गम्भीर क्षति पुर्‍याए र स्थानीयस्तरमा असन्तुष्टि बढाए ।

अर्को शिक्षा के हो भने बेल्ट एण्ड रोड सम्बन्धी केही परियोजनाहरु चिनियाँ श्रममा अधिक निर्भर भएकाले स्थानीय जनता रोजगारीबाट वञ्चित भए । तर पछिल्ला वर्षहरूमा यो समस्या धेरै हदसम्म कम भएको छ ।

विश्व अर्थव्यवस्था प्रगतिउन्मुख नभएकाे समयमा बेल्ट एण्ड रोड अभियान वास्तवमा चीनद्वारा प्रदान गरिएको सुन्दर अवसर हो, जसले अन्य देशहरु र क्षेत्रहरूसँग खुल्ला र समावेशी तरीकाले विकासको अवसरलाई साझेदारी गर्न चाहन्छ र पारस्परिक लाभ हुने सहकार्यका नयाँ स्वरुपहरु पहिल्याउँछ ।

(चिनियाँ) उद्यमीहरुले याे कुरा कठोर रूपले दिमागमा राख्नु पदर्छः परियोजनाहरु तयार गर्दा उनीहरूले लक्षित बजारको विकास याेजना र नीति निर्देशनहरूबारे अझ धेरै बुझ्नु पर्दछ, यथाेचित योजनाहरू बनाउनु पर्छ र दुवै पक्षले जित्ने (विन-विन) स्थिति सिर्जना गर्नु पर्छ । परन्तु कम्पनीहरूले उचित सन्तुलन कायम गर्नु पर्छ र राजनीतिको शिकार हुनबाट जाेगिनु पर्छ ।

हामीले के कुरा बुझ्नु पर्छ भने अर्को देशको राजनीतिक प्रणालीको सम्मान गर्नु भनेको हाम्रा कम्पनीहरू स्थानीय राजनीतिमा धेरै नै बढी संलग्न हुनुपर्छ भन्ने हाेइन । त्यसले केवल जोखिम मात्रै बढाउँदैन, बेल्ट एण्ड रोड अभियानको माैलिक उद्देश्यलार्इ समेत उल्लङ्घन गर्दछ ।

बेल्ट एण्ड रोड सम्बन्धी परियोजनाहरु मूलतः व्यावसायिक उद्यमहरू हुन् । यद्यपि तिनीहरूले सम्बन्धित देशका राजनीतिक पक्षहरू, भूराजनीतिक पक्षहरू र राष्ट्रिय रणनीतिक दायराहरूलाई ध्यानमा राख्नु जरूरी छ । यी सबै पक्षहरू बेल्ट एण्ड रोड अभियानको व्यावसायिक तथा दिगोपनाको शर्त बमोजिम हुनुपर्छ । परियोजनाहरूले लगानीकर्ताहरूको लगानीलाई सम्मान र सुरक्षण प्रदान गर्नु पर्दछ । हामी यी लगानीहरूलाई राजनीतिले हस्तक्षेप गर्ने कुरा स्वीकार गर्न सक्दैनौं । अन्यथा पुँजी प्रबाहको निरन्तरतालाई सुनिश्चित गर्न कठिन हुनेछ ।

लक्षित बजारहरूको हितहरूको सम्मान गर्न र उनीहरूको दीर्घकालीन फाइदाका लागि जिम्मेवार हुन पनि त्यत्तिकै आवश्यक छ । दिगो विकास प्राप्त गर्न, हामीले (हाम्रा) परियोजनाहरू स्वीकार्य भएको कुरा सुनिश्चित गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्ः बेल्ट एण्ड रोड अभियान र चिनियाँ अन्तर्राष्ट्रिय छात्रवृत्ति – शान जिए

यो पनि पढ्नुहोस्ः शाङ्घाई सहयोग सङ्गठन र बहुप्रतिक्षित चिङ्दाओ शिखर सम्मेलन – लि रोहान

(लेखक सिंघुवा विश्वविद्यालयको राष्ट्रिय रणनीति प्रतिष्ठानका शाेधकर्ता हुन् । ग्लाेबल टाइम्सबाट अनुवाद गरी प्रस्तुत गरिएको मूल अालेखका लागि B&R projects must bear market principles in mind मा जानुहोस् – सम्पादक।)