हालै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनको भित्री र बाह्य नीतिमाथि विभिन्न खालका निराधार दोषारोपणको एउटा भाषण प्रकाशित गर्नुभयो । उहाँको त्यस लेखबाट दश वर्षअघि अमेरिकी लेखक थोमस फ्रेडमनले “न्यूयोर्क टाइम्स”मा प्रकाशित गर्नुभएको बाइबल सम्बन्धी “द बिब्लिकल सेभेन इयर्स” शीर्षकको एउटा टिप्पणी लेख सम्झिन सकिन्छ ।
दश वर्षअघि फ्रेडमनले तत्स्थानमै पैचिङ ओलम्पिक खेलकुदको समापन समारोहको अवलोकन गरेपछि भावपूर्वक त्यो टिप्पणी लेख प्रकाशित गर्नुभएको थियो। आफ्नो लेखमा फ्रेडमनले यसरी लेख्नुभयो: “उनीहरूले ओलम्पिक खेलकुदका लागि तयारी गरिरहेका बेला हामी अल काइदा संगठनको सामना गर्न तयार भइरहेका छौं। उनीहरूले अझ राम्रो खेलकुद-मैदान, भूमिगत रेल, विमानस्थल र बाटोघाटोको निर्माण गरिरहेका बेला हामी पनि अझ राम्रो सर्वेक्षण यन्त्र, सशक्त मोटर-गाडी र चालक रहित सर्वेक्षण उडानको निर्माण गरिरहेका छौं।” आगामी सात वर्षमा अमेरिका आफ्नो देशको निर्माणमा प्रयासरत् हुने ठहर फ्रेडमनले पनि आफ्नो लेखमा व्यक्त गर्नुभएको थियो ।
तर खेद लागेको कुरा के छ भने दश वर्ष बितिसकेपछि पनि चीनले सुधार र खुलापनको कार्यान्वयन गर्ने र विश्वका विभिन्न मुलुकसित मानवजातिको भाग्यको एकरुपताको निर्माण र उपभोग गर्ने बाटोमा तीव्र गतिले हिँडिरहेको बेला अमेरिका यथावत् रुपमा ध्वस्त हुने बाटोमा नै हिँडिरहेको छ ।
दश वर्षअघिको तुलनामा चीनको विकास अवश्य नै द्रूत गतिले विकसित हुँदै आएको देखिन्छ। त्यो अमेरिकी नेताको गुनासोको ध्यानाकर्षणको विषय पनि बनेको छ । तैपनि विकास चाहिं सत्य कुरा नै हो। चिनियाँ जनताले सुखमय जीवन बिताएको धेरै लामो समय भइसकेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गुनासो ठीक छैन । चिनियाँ जनताको सुखमय जीवनप्रति लगाइएका विभिन्न खालका गुनासो विशेषत: घृणा पटक्कै सुहाउँदैन। चिनियाँ जनता जस्तै मिहिनेतपूर्वक प्रयास गर्दै जानुपर्छ । किनकि चिनियाँ जनता होस् वा अमेरिकी जनता दुवै देशका जनताले राम्रो जीवन बिताउन पाउनुपर्छ ।
यो पनि पढ्नुहोस्ः
अमेरिकी समाचार पत्र ब्लुमबर्गले चिनियाँ उत्पादनबारे दुस्प्रचारको प्रयास गर्योः चिनियाँ सञ्चार माध्यम