Venezuela Solidarity Demonstration infront of White House
 

काठमाडौँ । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस अगाडि बोलिभारियन गणतन्त्र भेनेजुएला र जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोको पक्षमा र अमेरिकी साम्राज्यवादको हस्तक्षेपको विरुद्धमा विशाल जनप्रदर्शन भएको छ ।

शनिवार दिउसो वासिङटन डिसीको लफायट्टे पार्कमा विरोध प्रदर्शनका लागि जनसागर उर्लिएको थियो । जनप्रदर्शनमा भेला भएका हजारौँ अमेरिकी तथा आप्रवासी जनसमुदायले भेनेजुएलाका जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोको विरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगमा गर्न खोजिएको ‘कू’को विरुद्धमा गगनभेदी नाराहरु लगाएका थिए । ‘नो कू’, ‘नो वार’ र ‘नो स्याङ्क्सन’ भन्ने नारा लगाउँदै उपस्थित जनसमुदायले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र भेजेजुएलाका जनतासँग ऐक्यबद्धता प्रकट गरेका थिए ।

Hands off Venezuela infront of white house

बोलिभारियन गणतन्त्र भेनेजुएलाका जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोको विरुद्ध अमेरिकी साम्राज्यवादद्वारा पालित पोषित खुँवा गुइएदोले गत जनवरी २३ मा केटौले तरिकाले स्वयम्‌लाई राष्ट्रपति घोषणा गरेको थियो । उसको केटाकेटीपूर्ण कथित घोषणालाई अमेरिकी साम्राज्यवाद र उसका पिछलग्गुहरुले तत्कालै समर्थन गरेका थिए ।

पछिल्ला राजनीतिक घटनाक्रमबाट राष्ट्रपति मादुरो बोलिभारियन क्रान्ति र मुलुकको सार्वभौमसत्ताको रक्षार्थ प्रतिबद्ध नेताको साथसाथै कूटनीतिक रुपमा निपूर्ण, राजनीतिक रुपमा परिपक्क र व्यवहारिक रुपमा दक्ष राजनेता सिद्ध भएका छन् भने उनका विरुद्ध षड्यन्त्र गर्ने अमेरिकी राष्ट्रपति ट्रम्प जोकरफल्तु साबित भएका छन् र उनी आफ्नै देशको संसदले एकपछि अर्को गर्दै उनका सबै प्रस्तावहरु असफल पारिदिएपछि संकटकालको तयारी गर्नुपर्ने संगीन अवस्थामा पुगेका छन् ।

सो जनप्रदर्शनको सानो झलकः