National Flag of the People's Republic of China
 

काठमाडौँ । जनवादी गणतन्त्र चीनले हिजो आइतबार अन्तर्राष्ट्रिय विकाससम्बन्धी श्वेतपत्र जारी गरेको छ ।

चीनको सूचनासम्बन्धी राज्य परिषद्‌ कार्यालयले “नयाँ युगमा चीनको अन्तराष्ट्रिय विकास सहकार्य” शीर्षकको श्वेतपत्र जारी गरेको हो । श्वेतपत्रमा भूमिका, निष्कर्ष र आठवटा पाठ समावेश गरिएको छ । उक्त श्वेतपत्रले अन्तराष्ट्रिय विकासका क्रममा खेलेको भूमिका र आगामी योजनाका विषयमा चर्चा गरेको छ ।

श्वेतपत्रले चीनले अन्तराष्ट्रिय विकास सहकार्यका सन्दर्भमा बेल्ट एन्ड रोडमा आबद्ध एसिया र दक्षिण अफ्रिकाका कम विकसित मुलुकहरुलाई ज्यादा प्राथमिकता दिँदै स्थिर बृद्धिलाई निरन्तरता दिइरहेको बताएको छ । “यसले खुला र व्यावहारिक दृष्टिकोणले त्रिपक्षीय सहयोगको सञ्चालन गर्न अन्तर्राष्ट्रिय संस्थाहरू र द्विपक्षीय दाताहरूसँग कुराकानी र आदानप्रदान पनि गरेको छ,’ श्वेतपत्रले अन्तर्राष्ट्रिय विकास सहयोगमा नयाँ गति ल्याएको उल्लेख गरेको छ।

श्वेतपत्रका अनुसार आगामी दिनमा चीनले साझा भविष्यको विश्वव्यापी समुदायको सपनालाई निरन्तरता दिनको लागि विश्वव्यापी विकासमा चिनियाँ सामर्थ्यलाई प्रवेश गराउने छ ।

साथै, अन्तर्राष्ट्रिय विकास सहयोगलाई प्रबर्द्धन गर्न “सबै कुरा आफ्नै उपलब्ध साधनमा गर्न” अझ बढी राम्रो र साझा रुचीहरूको अनुसरण गर्ने सिद्धान्तलाई पछ्याउनेछ भनिएको छ ।

श्वेतपत्रको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस्‌:

(स्रोत: चीनको सूचना राज्य परिषद्‌)