सर आइज्याक न्युटनको जन्म सन् १६४२ डिसेम्बर २५ का दिन इङ्ल्याण्डको उल्सथोर्प भन्ने ठाउँमा भएको थियो । न्युटन विश्व विख्यात वैज्ञानिक हुनुहुन्छ । उहाँ आफ्नो वैज्ञानिकत्वले विश्वभरी चर्चित हुनुभएको छ । न्युटन प्रकृति प्रेमी, अत्यन्तै तीक्ष्ण बुद्धिका वैज्ञानिक हुनुहुन्थ्यो ।
न्युटनको स्याउको कथा अनुसार स्याउको बोटमुनि बसिरहेको बेलामा स्याउ न्युटनको टाउकोमा खस्यो र त्यसैलाई आधार बनाएर उहाँले गुरुत्वाकर्षणको नियम पत्ता लगाउनु भयो । उहाँले १६८६ मा गुरुत्वाकर्षणको नियम पत्ता लगाउनु भएको थियो भने १६८७ मा चालको नियमहरु प्रतिपादन गर्नु भएको थियो । न्यूटनको चाल सम्बन्धी नियमलाई तल उल्लेख गरिएको छ ।
चालको पहिलो नियम – चालको पहिलो नियम अनुसार प्रत्येक पिण्डमाथि यदि कुनै प्रकारको बाहिरी बलको प्रयोग भएन भने यदि त्यो वस्तु स्थीर अवस्थामा छ भने स्थीर अवस्थामा र चालमा छ भने एउटा सरल रेखामा समान चालमा नरोकिकन चलिरहन्छ ।
चालको दोस्रो नियम – चालको दोस्रो नियम अनुसार प्रवेग बलसँग प्रोपोसनल हुन्छ भने प्रवेग पिण्डसँग इन्भर्सली प्रोपोसनल हुन्छ ।
चालको तेस्रो नियम – चालको तेस्रो नियम अनुसार प्रत्येक क्रियामा जहिले पनि बराबर तर विपरीत प्रतिक्रया हुन्छ ।
महान वैज्ञानिक सर आइज्याक न्युटन सानैदेखि हावामिल, घडी तथा खेलौना लगायतका राम्रा चित्रहरु बनाइरहनु हुन्थ्यो । उहाँले सन् १६६५ मा क्याम्व्रिज विश्वविद्यालको ट्रिनटी कलेजबाट डिप्लोमा उत्तीर्ण गर्नु भएको थियो । उहाँले सन् १६७७ देखि आफूले पढेको कलेजमा प्राध्यापकको रुपमा कार्य गर्नु भएको थियो । त्यस समयमा पनि उनले गणित र भौतिक विज्ञानमा धेरै नै परीक्षणहरु गरिरहनु हुन्त्यो । त्यसैको प्रतिफल स्वरुप प्रकाशमा सात रङ हुन्छ भन्ने कुरा प्रिज्मबाट आवर्तन गरी प्रमाणित गर्न सफल हुनुभयो ।
न्यटनको गुरुत्त्वाकर्षणको नियमको साथै उहाँको सम्पूर्ण वैज्ञानिक उपलब्धि र अल्बर्ट आइन्स्टाइन लगायत धेरैजसो वैज्ञानिकहरुको विचारलाई मनन गर्दा न्युटनको वैज्ञानिक मानसिकताको विषय स्पष्ट हुन्छ ।
वैज्ञानिक मानसिकताको मुख्य आधार सन्देह हो, विश्वास होइन । जसले आँखा चिम्लेर व्रिश्वास गर्दछ, त्यो कहिल्यै पनि वैज्ञानिक हुन सक्दैन । उसले वैज्ञानिकत्व प्राप्त गर्न असमर्थ हुन्छ । न्युटनले पुराना मान्यताहरुलाई हुबहु स्वीकार गर्नुभएको भए न त उहाँमा वैज्ञानिकित्व हुन्थ्यो, न त गुरुत्वाकर्षणको नियम, चाल सम्बन्धी नियम र अन्य वैज्ञानिक मान्यताहरु परिकल्पना गर्ने सामर्थ्य उहाँमा हुन्थ्यो । तसर्थ पुरना मान्यताहरुलाई चुनौती दिनसक्ने न्युटन आज पनि महान वैज्ञानिक मानिनु हुन्छ ।
महान वैज्ञानिक सर आइज्याक न्युटन सन् १६८९ मा विश्वविद्यालयको प्रतिनिधिको रुपमा संसदको सदस्य भएका थिए । त्यसैगरी उनी सन् १७०३ मा रोयल सोसायटी, लण्डनको अध्यक्ष भई आजीवन उक्त पदमा रही काम गरे । सन् १७२७ को मार्च २० मा लण्डनमा उनको मृत्यु हुन पुग्यो ।
वर्तमानमा सर आइज्याक न्युटन हाम्रो माझ हुनुहुन्न तर पनि उहाँले प्राप्त गर्नुभएको वैज्ञानिक सफलता हाम्रा लागि विज्ञानको क्षेत्रमा मार्गदर्शन बनेको छ । उहाँले दिनुभएको चाल सम्बन्धी नियम, गुरुत्वाकर्षण सम्बन्धी नियम र प्रकाशमा सात रङ हुन्छ भन्ने वैज्ञानिक मान्यता हाम्रा लागि सँधैसँधैका लागि अध्ययनको विषय बनेको छ । उहाँले धेरै नै ठूलाठूला वैज्ञानिक मान्यताहरु छोडेर हामीबाट सदाका लागि विदा भए पनि हामी न्युटनलाई महान वैज्ञानिक भनेर सधैँ सम्मान गर्ने गर्दछौं । महान वैज्ञानिक सर आइज्याक न्युटन विश्व वैज्ञानिक संसारमा सर्वदा अमर हुनुहुनेछ र उहाँको वैज्ञानिक सिद्धान्तले विश्व वैज्ञानिक संसारमा सधैँका लागि मार्गदर्शनको कार्य गर्नेछ भन्दा अत्युक्ति नहोला ।