स्थानीय तहकाे निर्वाचन परिणामपछि माओवादी-एमालेकाे आ-आफ्नाे समीक्षा भयाे । समीक्षाकाे सारमा दुबै समुहले “आगामी संघ र प्रदेशकाे चुनावमा कसैकाे बहुमत नआउने र फेरि पनि राजनीतिक स्थायित्व नहुने निष्कर्ष निकाले । एमाले जसरी आफूलाई साेच्याे त्याे परिणाम नआउने भएपछि बिकल्प खाेज्दै जाँदा माओवादी भेटायाे ।
संघ र प्रदेशको चुनावमा मओवादीसँग तालमेलकाे चेतना एमालेमा आयाे र प्रस्ताव पनि आयाे ।माओवादीले तालमेलकाे ठाउँमा “एकताकाे प्रस्ताव” पठाएपछि एमाले नेताहरुलाई शिवरात्रिमा जाेगीलाई गाँजा लागे झैं भयाे । तैपनि हाेश सम्हालेर छलफलमा आएर संयुक्त वक्तव्य निकालेर एकताकाे आह्वानसहित चुनावी तालमेलकाे घाेषणा भयाे ।
कम्युनिस्ट एकता पर्खिएकाे नेपाली परिवर्तनकामी जनताले समर्थन गर्याे, अनुमाेदन गर्याे र एकताकाे निर्देशन पनि गर्याे । जाे आज परिणाममा देखियाे । कम्युनिस्टको भाेट केन्द्रित हुँदा ४१ सिट (एमाले २१ र माओवादी २० सिट) बढी जितियाे । यी विकेन्द्रित हुँदा नेकाँमा जाने सिट थिए । त्यसाे हुँदा नेकाँ पहिलाे एमाले दाेस्राे र माओवादी तेस्राे हुने थियाे । पार्टी एकताकाे नाराले बामकाे पक्षमा झण्डै २/३ सिट आयाे ।
तर चुनाव परिणामपछि छिटाे एकता पर्खिएकाे मतदाता जनतालाई चित्त बुझ्ने परिणाम दिन सकिएकाे छैन । बरु दिनहुँ विभिन्न बहानामा एकता टार्ने काम हुँदैछ भन्ने सुन्दा जनतामा आक्राेश र निराशा एकैसाथ देखिँदैछ।उता नेपालकाे अस्थिर राजनितिका ठेकेदार आफ्नाे टेण्डर सदर हुनेमा आशावादी छन् ।
यतिबेला आकारमा सापेक्षित ठुलाे देखिएकाे एमाले जिम्मेवारीबाेधकासाथ प्रस्तुत हुनुपर्नेमा दुर्भाग्यवस दम्भ देखाउँदैछ । आकारमा त एमाले र नेकाँ जाेड्दा पनि माओवादी नै ठुलाे हुन्थ्याे कुनै बेला । याे ज्वराे आएकाे र नआएकाे बेलाकाे थर्मामिटरकाे पाराे जस्तै हाे । आज नेकाँ र एमाले जहाँ छन् माओवादीका एजेण्डामा छन्, आकारमा जत्रासुकै हुन् ।
आज आवश्यकता कम्युनिस्ट एकताकाे हाे, आकारकाे दम्भकाे हाेइन । यदि नेपाल र नेपालीका लागि मत मागेका हाै भने जनताले आफ्नाे कर्तव्य पूरा गर्याे । अब पालाे कम्युनिस्ट पार्टीको हाे । कार्यनीतिक सफलतातिर मात्रै लागियाे भने माओवादीका अगाडि अन्य बाटा पनि खुला छन् जुन इष्टमित्रले पनि चाहेका छन् । एमाले भित्रकाे दाेस्राे तहकाे एउटा हिस्साले चाहेकाे त्यहि हाे भने पनि पूरा गर्न कठिन छैन । तर जिम्मेवारी देश र जनताप्रति हाे भने प्रविधिक कुरा गाैण हुन् ।
जनता प्रतिक्षारत छ, काे हाे राष्ट्रवादी ? काे हाे कम्युनिस्ट एकताकाे पक्षधर ? अनि काे हाे विराेधी ? यहाँ इतिहासप्रति इमान्दारिता, राष्ट्र र जनताप्रतिकाे बफादारितालाई कम्जाेरीकाे रुपमा बुझियाे भने दुर्भाग्यपूर्ण हुनेछ । साेचाैं, बुझाैं, जाचाैं र बदलाैं । इतिहासले सुम्पिएकाे अभिभारा पूरा गर्ने हामीले नै हाे भन्दा फरक नपर्ला ।