सन् १९५४ मा स्टालिनकाे निधनपछि शाेभियत कम्युनिस्ट पार्टिमा मार्क्सवादी बिचार र राजनीति मै संशोधन गर्ने र नगर्नेमा ठुलाे बहस भएकाे थियाे । तत्कालिन शाेभियत नेता ख्रुस्चेभले शान्तिपूर्ण सह-अस्तित्व, शान्तिपूर्ण प्रतिस्पर्धा र शान्तिपूर्ण संक्रमण भनेर अगाडि सारे । चीन र विश्वका कम्युनिस्टहरुले सहभागी भए । र, अन्ततोगत्वा शाेभियत संघले बाटाे बदल्याे । यसमा विश्वका धेरै मुलुकहरु कम्युनिज्म अाइसकेकाेले सशस्त्र संघर्षकाे अावश्यक्ता रहेन भन्ने निष्कर्ष हाे ।
त्यतिबेला अमेरिकाले विश्वभरका देशमा जहाँ अशान्ति, युद्ध वा संघर्ष हुन्थे त्याे दाेष समाजवादी देश शाेभियत रुस दिन्थ्याे र भन्दथ्याे “समावादी रुसका कारण विश्वामा अशान्ति हुन्छ । यदि शाेभियत संघ शान्तिपूर्ण बाटाेमा अाए विश्व शान्ति हुन्छ । “विश्व दुई ध्रुवमा विभाजन र शाेवियत संघकाे समाजवाद विस्तार अभियानका कारण विश्वमा अशान्ति छ र उ पछि हटे विश्वमा शान्ति कायम गर्ने जिम्मा अमरिकाले लिन्छ।” अादि अादि ।
तत्कालीन विश्वमा अमेरिकाकाे अाराेप र प्रस्तावकाे प्रभाव पर्याे त भन्न सकिन्न तर दाेस्राे विश्वयुद्धपछि १९४५ मा अाएकाे अमेरिकी नीतिगत परिवर्तन र ‘ट्रिक’ बुझ्न नसक्नु शाेभियत संघकाे कम्जाेरी हाे ।
अमेरिकाले दाेस्राे युद्ध समाप्तिकाे संघारमा रहेकै बेला पराजित उन्मुख जापानमा बम हानेर ध्वस्त पार्याे । त्याे उसकाे जापान र अन्य देशमाथिकाे प्रतिकात्मक कार्यबाही थियाे कि “अब अमेरिका यस्ताे भइसक्याे !” शक्तिशाली जर्मनी, इटालि र जापान बिरुद्धकाे युद्धमा शाेभियत संघसँग माेर्चावन्दी गरेकाे अमरिकाले “अबकाे दुश्मन शाेभियत संघ र समाजवादी सत्ता” भन्ने निष्कर्ष निकाल्याे । विश्व युद्धको समाप्तिपछि अमेरिकाले शीत युद्धको नीति ल्यायाे, जसमा उसका मुख्य गरी ३ उद्देश्य लुकेका थिए :-
१) विश्वबाटै समाजवादी सत्ता समाप्त पार्ने,
२) विश्वमा पुँजीवादी सत्ता कायम गर्ने र
३) विश्वका सबै मुलुकमा अमेरिकी नेतृत्व शु-निश्चित गर्ने ।
याे लक्ष्य अमेरिकाले सन् १९९० मा लगभग अाएर पूरा गर्न सुरु गर्याे । तत्कालीन शाेभियत नेता मिखाईल गाेर्वाचाेभले “खुलापन र पुन:निर्माण (पेरेस्त्राेइका र ग्लासनाेस्त) काे नीति ल्याएपछि त्याे अमरिकी लक्ष्य प्राप्तिकाे सहायक कारण बन्याे र उनले विश्व साम्राज्यवादबाट तालि पाए । एकल ध्रुबीय विश्व र नेतृत्व अाफूले गर्ने लक्ष्य लिएकाे अमेरिकाकाे दीर्घकालिन याेजना सन् १९९० मा शाेभियत संघकाे विघटनपछि पूरा भयाे ।
अाज अमेरिकाकाे अगाडि शक्तिशाली शाेभियत संघ र समाजवादी सत्ता छैन । तर अमेरिकी नेतृत्व विश्वका सबै मुलुकमा कायम गर्ने अभियान चालु छ । अमेरिकी नीति लागु गर्ने र नेतृत्व कायम गर्ने शिलशिलामा इराक र अफगानिस्तानमा अाक्रमण गरियाे र अाज ती देशमा अमेरिकी समर्थक नेतृत्व कायम छ ।
यसै उद्देश्य अन्तरगत अाज विश्वका मुलुकहरुमा ठुल्ठुला हत्याका घटनाहरू भइरेहका छन् । सिरिया त्यस्काे पछिल्लो उदाहरण हाे । समाजवादलाई अशान्तिकाे कारण ठान्ने अमेरिकाले अाज दाेष कसलाई दिन्छ ? मानव जातिमा अब्बल ठान्ने, धर्तीकाे रक्षा गर्न अाएकाे ठान्ने र विश्वकाे न्यायाधीश ठान्ने अमेरिकाले किन यस्ताे ताण्डव नृत्य देखाउँदैछ ? मानवाधिकारकाे समेत ठेक्का लिएकाे ठान्ने अमेरिकाले गरेकाे याे हर्कत अाैपचारिक जिम्मा पाएका मानवाधिकारवादीहरु पनि बाेल्नु पर्ने हाे ।
याे पनि पढ्नुहाेस्ः सपना केजरिवाल, परिणाम हरिकङ्गाल
याे पनि पढ्नुहाेस्ः काम चल्या गुन बिर्स्या !