ह्युगो चाभेज, Comandente Hugo Chavez, former President of Venezuela
 

भेनेजुयलाका महानायक ह्युगोे चाभेजको जन्म २८ जुलाई १९५४ मा भेनेजुयलाको ग्रामिण भेगमा पर्ने सवानेटा भन्ने शहरमा भएको थियो । उनी ह्युगो डेर्लस रेज चाभेज र एलेना फियर्स डे चाभेजका दोस्रा सन्तान थिए । उनको जन्मस्थान सवानेटा भेनेजुयलाको एन्डीएन मैदानमा रहेको छ । उनका बुबाआमा दुवैजना स्थानीय विद्यालयका शिक्षक थिए । ह्युगो चाभेजको परिवार मिश्रित थियो । वंशजका हिसाबले अफ्रो भेनेजुएलेन, स्पेनिस र केही मात्रमा अमेरीकी इन्डियनको मिश्रण थियो ।

ह्युगो चाभेज गरिब परिवारमा जन्मेका थिए । उनको बालककाल अत्यन्तै दुःखदायी अवस्थामा बितेको थियो । तर पनि उनी पढाइमा अब्वल थिए । उनको राम्रो पढाइ देखेर गुरुआमा अभिभावकहरु अत्यन्तै खुशी थिए ।

Shishir Shrestha Milan Afanta
लेखक

उनी सानै उमेरदेखि कसरी गरिबीको अन्त्य गर्न सकिन्छ भन्ने कुरामा पनि चिन्तित हुन्थे । चाभेजले ५ जुलाई १९७५ मा सेकेण्ड लेफ्टिनेन्टको डिग्री हासिल गरे । सैनिक कला र विज्ञानमा स्नातक उपाधि प्राप्त गरिसकेपछि उनलाई तत्कालिन राष्ट्रपति कार्लोक्स एन्डेज पेरेजले तरवार उपहार दिए । त्यसपछि उनको सैन्य जीवन सुरु भयो ।

उनले आफ्नो सैन्य जीवनमा अत्यन्तै छिटो प्रगति मात्र गरेनन्, उनी धेरैपटक विभुषित पनि भए । उनले स्टारअफ काराबोकामा ल्याण्ड फोर्सेज क्रस जस्ता उपाधि प्राप्त गरे । उनले अर्डर अफ फ्रान्सिसको डे, मिरान्दा, द अर्डर अफ राफेल उडानेटा, मिलिटरी अर्डर लिबेर टाडोरर जस्ता सम्मान प्राप्त गरे ।

उनले सैनिक जीवनबाट १९९० देखि सक्रिय राजनीतिक जीवन सुरु गरे । उनले सन् १९९२ को फेब्रुअरीमा तत्कालिन राष्ट्रपति कार्लोस एन्ड्रयुको सरकारलाई विद्रोहको प्रयास गरे । यस आन्दोलनको नेतृत्व गरेपछि उनी एकाएक चर्चामा आए । आर्थिक रुपमा राज्य अत्यन्त नाजुक अबस्थामा पुगेको र त्यही मुद्धा उठाएर उनले सुरु गरेको ˈकुˈ भने त्यतिबेला सफल हुन सकेन । तर सन् १९९८ को राष्ट्रपतीय निर्वाचनमा चाभेज जनताको ठुलो मत (५६.२ प्रतिशत) प्राप्त गरेर विजयी भए । त्यस निर्वाचनमा चाभेजको भ्रष्टचार विराधी र गरिबी विरोधी अभियानले भनेजुयालाको राजनीतिमा सन् १९५८ देखि वर्चश्व रहेको अवस्थाको अन्त पनि गरिदियो ।

ह्युगो चाभेज भनेजुयलाको राष्ट्रपति बनेपछि भेनेजुयला समाजवादी मार्गतिर उन्मुख हुन पुग्यो । विश्वबाट समाजवाद परास्त हुँदै गएको बेलामा भेनेजुयलामा समाजवादको अंकुर मौलाउँदै गइरहेको थियो । यसबाट विश्वभरका समाजवादीहरु अत्यन्तै हर्षित भएका थिए भने समाजवाद विरोधीहरूका लागि चाभेज आँखाको कसिंगर बन्न पुगे । अमेरिका लगायतको देशहरुले हस्तक्षेप गरे पनि करोडौं भनेजुयाली जनताको साथ पाएका ह्युगो चाभेज समाजवादी मार्गबाट पछि हटेनन् । झन एकपछि अर्को जनतासँग सम्बन्धित कार्य गदै अघि बढे । चाभेज जनताको प्यारो नेता बन्न पुगे ।

ह्युगो चाभेज भेनेजुयलाको राष्ट्रपति भएपछि चौतर्फि विकासको काम सुरु गरे । उनी तेलमा विश्वभरी पहुच पुर्याउदै अरबौं डलर आम्दानी गरेर गरिब जनतालाई सम्पन्न बनाउन सफल भए ।

जमिन्दारहरूको जमिन खोसेर गरिब किसानलाई बाँडेर कृषि उत्पादनमा वैज्ञानिक प्राविधि अपनाए, यसले भेनेजुयलामा कृषि उत्पादन ह्वात्तै बढ्यो र किसान सम्पन्न हुन पुगे । जनतालाई स्वास्थ्यमा पहुँच बनाउन देशैभरी निःशुल्क स्वास्थ्य चौकी खोलेर सम्पूर्ण जनतालाई रोगबाट मुक्त बनाए ।

शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित हुन नपरोस् भनेर उनले देशैभरी निःशुल्क अध्ययनको व्यवस्था मिलाए । जनाता सबै साक्षर हुन पुगे । कलकारखानालाई राष्ट्रिय करण गरेर गरिब जनतालाई रोजगारी दिए, कोही बेरोजगार बस्नु परेन । त्यसैले त भेनेजुएल जनता भन्दछन् “चाभेज हाम्रा देउता हुन्” ।

‘जनताबाट सिक र जनतालाई नै सिकाऊˈभन्ने महान् कम्युनिस्ट नेता माओ र क्युवाका नेता फिडेल क्यास्ट्रोको आदर्शलाई आत्मसात गरेका चाभेजले विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ र नितान्त नौलो प्रयोग पनि सफल हुन्छ भन्ने देखाइदिए ।

वास्तवमा उनी विश्वका महान् राजनेता हुन् । क्युवाका सर्वोच्च नेता फिडेल क्यास्ट्रोले कालले पनि किन राम्रा मान्छेहरुलाई हामीबाट चुँडेर लैजान्छ ? भने झैँ आज चाभेज हामी माझ हुनुहुन्न तर पनि उहाँको विचार र जनता समर्पित समाजवादी नीति हाम्रो माझ कहिल्यै मर्ने छैन । अन्तमा, जनताका प्यारा नेता ह्युगो चाभेजप्रति हार्दिक श्रद्धा सुमन ।