Chinese President Xi Jinping Meets his Argentine Counterpart
 

चिनियाँ राष्ट्राध्यक्ष तथा अर्जेन्टिनाका राष्ट्रपति बीच भेट-वार्ता

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो माक्री बीच डिसेम्बर २ तारिख ब्यूनस आयर्समा भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा अझ व्यापक दृष्टिकोणबाट आपसी सम्बन्धको विकास योजना कोर्दै हातमा हात मिलाएर सर्वाङ्गीण रणनैतिक साझेदारी सहयोगात्मक सम्बन्धको नयाँ युगमा अघि बढ्दै जाने सहमति दुई देशका राष्ट्रनायकहरूले गर्नुभएको छ ।

दुर्इ देशका राष्ट्रनायकहरूले ‘जन गणतन्त्र चीन तथा गणतन्त्र अर्जेन्टिना सरकारको संयुक्त कार्य-योजना २०१९-२०३०’ लगायत द्विपक्षीय सहयोग दस्तावेजको हस्ताक्षर समारोहमा उपस्थिती जनाउनुभएको छ ।

दुवै पक्षले’जन गणतन्त्र चीन तथा गणतन्त्र अर्जेन्टिना संयुक्त विज्ञप्ति’ पनि सार्वजनिक गरेका छन् ।

जी-२० शिखर सम्मेलनबाट प्रशस्त उपलब्धि भएको चीनको भनाइ

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले हालै अर्जेन्टिनामा सम्पन्न जी-२० शिखर सम्मेलनले विश्वलाई सक्रिय संकट र विश्वास देखाएको बताउनु भयो ।

आज डिसेम्बर तीन तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङ श्वङले उक्त कुरा बताउनुभएको हो । उहाँले जी-२० सदस्यले संयुक्त सल्लाह, निर्माण, साझेदारी गरी विश्व प्रशासन धारणा लिएर मानव भाग्य समुदाय भावनाको आधारमा सहयोग बढाएमा विश्व आर्थिक स्वास्थ्य विकास गर्न विभिन्न जनतालाई फाइदा पुग्नसक्ने चीनको विश्वास रहेको बताउनुभयो । त्यसलाई व्यवहारमा उत्तार्न चीनले अरु रचनात्मक भूमिका निर्वाह गर्ने पनि प्रवक्ता कङले दोहोर्‍याउनु भयो ।

चिनियाँ राष्ट्राध्यक्ष सीकी धर्मपत्नी फङ ली युआन जी-२० दम्पति गतिविधिमा सहभागी

अर्जेन्टिनाका राष्ट्रपतिकी श्रीमती ज्युलियाना अवादाको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङकी श्रीमती फङ ली युआनले जी-२० शिखर सम्मेलनमा सहभागी केही मुलुकका नेताका जोडी-दम्पतिसँग भिक्टोरिया ओक्याम्पोको पुरानो आवासभवनको अवलोकन गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।

भिक्टोरिया ओक्याम्पो गत १९ औँ शताब्दीको अन्त्यदेखि २० औँ शताब्दीको ७० को दशकसम्म त्यहाँ बसोबास गर्दथे । उनी अर्जेन्टिनाका स्वर्गीय प्रसिद्ध महिला लेखक र सामाजिक अभियन्ता थिए। उनको पुरानो आवासभवन अहिले अर्जेन्टिनाको राष्ट्रिय ऐतिहासिक सम्पदा र ऐतिहासिक संस्कृतिको एक महत्त्वपूर्ण प्रदर्शनी स्थल पनि हो ।

(स्राेतः चिनियाँ अन्तर्राष्ट्रिय रेडियो)