गणतान्त्रिक नेपालकाे सरकार यतिबेला नेपाली राजनीतिकाे लामाे संक्रमणकाल र यसले पैदा गरेका अराजकता, अन्याैलता, अकर्मण्यता र गतिहीनताकाे अन्त्य गर्दै समृद्धिकाे मार्गचित्रसहित अगाडि बढ्दै गरेकाे विषय स्पष्ट छ ।
विगतमा झेल्नुपरेकाे अर्धबार्षिक सरकार र बेथितिकाे अन्त्य गरी नीति, विधि र पद्धतिमा देशलाई हिडाउँनुकासाथै सबै दृष्टिकोणले असन्तुलित समाजमा सन्तुलन कायम गर्नु याे सरकारकाे पहिलाे दायित्त्व हाे । यसका लागि सरकार संविधानले निर्दिष्ट गरे बमाेजिम कानुन निर्माणमा जुटेकाेछ ।
तर पनि जनताकाे अपेक्षा बढी र सरकारकाे कामकाे गतिमा केही अन्तरविराेध पैदा भएका छन् । यहि अन्तरविराेधबाट नाजायज फाइदा उठाउने तत्त्वहरु सल्बलाइरहेका छन् ।
उदाहरणका लागि पूर्व राजाका पक्षधर पार्टी र समर्थकहरु “देश बचाउने राजा” भनेर मसिनाे स्वरले कराउँदैछन् । उनीहरु भनाइमा गणतन्त्र आउनुले देश र समाज बर्बाद भयाे र राजतन्त्र मात्र यस्ताे अचुक हतियार जसले एकता र सर्बाङ्गिण विकास गर्छ । उनीहरुकाे यतिबेला प्रचारात्मक आन्दाेलन हाे र कृयात्मक चरण भारतकाे निर्वाचनपछि शुरु हुनेछ । दरबारियाहरुकाे आशा र कल्पना के छ भने, निकट भविष्यमा हुन गइरहेकाे निर्वाचनमा भारतीय जनता पार्टीले पुःन बहुमत ल्याउनेछ । त्याे बहुमतपछि बन्ने सरकारले नेपालमा हिन्दु अधिराज्य बनाउन दबाब दिनेछ र त्यसकाे संरक्षकमा राजा राख्नेछ ।
दाेश्राे, यदि दलहरुले मानेनन् भने मधेशका मुद्दा उठाएर सी.के. रावतलाई, पहाडमा हिन्दु धर्मका नाममा र केही समूहलाई संघीयताकाे विराेधमा र विप्लवलाई कथित दलालहरुकाे विरुद्धमा आन्दाेलन गराइदिने छ भाजपाले । चाैतर्फी आन्दाेलनपछि सरकार र व्यवस्था असफल भएकाे हुनेछ र त्यहि जगमा विप्लवसहित भएर राजतन्त्र र हिन्दु अधिराज्य स्थापना हुनेछ। (याे कुरा विप्लवका केही जिम्मेवार नेताले गणतन्त्र भन्दा राजतन्त्र ठिक भन्नू ले पनि जाेडन सकिन्छ।)
तेस्रो, त्यहाँ पनि अन्तर्राष्ट्रिय सन्तुलन असजिलाे पारे संसद विघटन गराएर नयाँ निर्वाचन गराउनेछ र त्यसमा नेपाली काँग्रेसलाई बहुमत पुर्याएर जिताउने छ । नेपाली काँग्रेस मार्फत सबै काम गराइदिने छ । यी तमाम काम भाजपाकाे जिम्मा । अनि राष्ट्रियताकाे रक्षा राष्ट्रकाे समृद्धि !
यसकाे वाह्य तैयारीका लागि पूर्व राजा ज्ञानेन्द्र उत्तर दक्षिण त, कहिले थाईलैण्ड त, कहिले सिंगापुर दाैडाहा गरिसके । यसकाे आन्तरिक तयारीस्वरुप जहाँ कहि घटना घट्छन त्यहिँ घुसेर चर्काउने ।
अब बुझ्न कठिन परेन कि भारतकाे अर्काे शक्ति भाजपाकाे आशिर्षवादले स्थापना हुने राज्यसत्ता र राजा कसरी राष्ट्रवादी हुन्छन् ? स्मरण रहाेस ०६२/०६३ काे जनयुद्ध र जनआन्दाेलन ताका भाजपाले सीमा क्षेत्रमा राजतन्त्रको पक्षमा आन्दाेलन चर्काएकाे थियाे । बैसाख ८ गते आन्दाेलन राेक्ने मस्याैदा ल्याएर भारतबाट करण सिंह आएका थिए। स्वर्गीय राजा विरेन्द्रले अलिकति राष्ट्रियताकाे पक्षमा उभिनुले उनकाे वंशविनाश भयाे भने वैदेशिक शक्ति दरबारबाटै घुस्दथे भन्ने स्पष्ट हुदैन ? घटनाक्रम आफै साक्षी छन् – अंग्रेजलाई जंगबहादुर राणाले नेपाल भित्र्याए, त्रिभुवनले भारतलाई नेपाल भित्र्याए । यति हुँदाहुँदै पनि दरबारलाई राष्ट्रवादी देख्नु छट्टु स्याल, चील र कुखुराकाे टुक्का जस्तै हाे ।
अन्तमा, विपक्षीहरुले आफ्नाे गतिविधि जे गर्लान् सरकारले यसकाे क्रस याेजना बनाउनै पर्छ ।देशमा निरन्तर हुने हत्याका घटनाहरूकाे अन्त्य र अपराधीलाई कानुनकाे कठघरामा ल्याउने, जनताकाे राहातकाे कार्यक्रम ल्याउने गर्नुपर्छ । शरल शासन र चुस्त प्रशासन, जेष्ठ नागरिकलाई सम्मानजनक र आवश्यक्ता अनुसार भत्ता, कर्मचारीहरुमा सेवा अनुसार सुविधा र वृत्तिविकासका अवसर प्रदान, शिक्षा क्षेत्रमा व्यापारीकरण र निजीकरणकाे अन्त्य, भाैगाेलिक रुपले असन्तुलित ठाउँमा विकास निर्माणमा सन्तुलन मिलाउने, राजनीतिक रुपले देखापरेका समस्यालाई राजनीतिक रुपले वार्ताद्वारा समाधान खाेज्ने, सबै क्षेत्रका विकृति र विसंगतिकाे याेजनावद्ध अन्त्य गर्ने लगायतका प्रभावकारी काम गर्नुपर्छ ।
अर्काे सरकार प्रमुख र पार्टी प्रमुखहरु कुनै पनि धार्मिक समुदाय र संस्थाका कार्यक्रममा शुभकामना लिखित दिने तर आफै उपस्थित नहुने र बाेल्दा अलि गम्भीर हुनुपर्छ । यसकाे मतलब ‘डिंगाकाे जिउमा घाउ नलागी झिंगा बस्दैन’ भनेझैँ डिंगाकाे जिउमा घाउ लाग्न नदिनु सरकारकाे काम हाे भन्दा फरक पर्ला र?
(लेखक नेकपाका नेता तथा राष्ट्रिय सभाका सांसद हुनुहुन्छ ।)