चीनको पूर्वी क्षेत्रमा रहेको चचियाङ प्रान्तको चीनसिङ गाउँको क्षेत्रफल दश वर्ग किलोमिटरभन्दा पनि कम रहेको छ तर यो गाउँका प्रमुख चङ छुयी भने निकै चर्चित छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ राष्ट्रिय महाधिवेशनका लागि राष्ट्रिय नमूना श्रमिकका रुपमा चङ निर्वाचित भएका छन् । साथै, चिनियाँ कम्युनिष्ट पार्टीको चचियाङ प्रान्तीय कमिटीको वैकल्पिक सदस्यको रुपमा समेत निर्वाचित भएका छन् । विविध सम्मान प्राप्तिका बाबजुद पनि चङ आफूले त्यस्तो विशेष काम केही नगरी केपल स साना कामहरु मात्रै गरेको बताउँछन् ।
विगत चालिस वर्षदेखि चङले गाउँको सेवा गर्दै आइरहेका छन् । चीनसिङ गाउँ पहिलेदेखि अविकसित अवस्थामा रहँदै आएको थियो । छिमेकी शहरी बजार पुग्न डुँगा खियाउँदै विशाल नदी पार गर्नुपर्थ्यो। यो क्षेत्रमा अत्यन्त धेरै वर्षा हुने गर्दछ । वर्षातको समयमा बाढी पहिरोले जनताको जीवन झन् कष्टकर हुने गर्दथ्यो । गाउँका कच्ची बाटाहरु हिलाम्मे हुने गर्दथे ।
“मैले गाउँका लागि बाटो निर्माण गर्नुपर्ने थियो ”, चङले भने । गाउँको अवस्था सुधार्न उनी तीन महिना निकै मिहेनतका साथ निर्माण योजना बनाउन क्रियाशील रहे । यसपश्चात् उनी गाउँले जनता सबैको घरदैलोमा पुगे र आफ्नो योजना सुनाए । जनताले पनि उनको योजना बुझे र सबैको पहलमा नयाँ पक्की बाटो निर्माण भयो । नवनिर्मित बाटो पश्चात् अन्य नयाँ योजनाहरु कर्यान्वयनमा आउन थाले ।
गाउँका युवाहरु पहिले अन्यत्र गएर काम गर्दथे । उनीहरु होम स्टे सञ्चालनका लागि आफ्नै गाउँ फर्किए । अहिले उक्त गाउँमा पन्ध्र वटा होम स्टे सञ्चालनमा रहेका छन् । पर्यटकहरु गाउँको स्वच्छतामा रमाउन आउने गर्दा स्थानीयवासीको आम्दानी वृद्धि हुन पुगेको छ ।
चङ छुयी अन्य गाउँले जस्तै एकाबिहानै उठेर गाउँ भ्रमणमा निस्कन्छन् । जनतासँग सम्वाद गर्न थाल्छन् । विकास एवम् सुधार गर्नुपर्ने विषयको फेहरिस्त तयार गर्दछन् । बिहान साँढे छ बजे कार्यालय आइपुग्छन् ।
उनी भन्छन्, ग्रामीण जनता सँधै सबेरै उठ्छन्, उनी सुधार गर्न सकिने कुराहरू हेर्न र गाँउलेहरूसँग थप कुराकानी गर्न डुल्छन् ।
यो सानो कुरा हो, तर उनले भनेजस्तै हरेक सानो कुराले अर्थ राख्छ ।
(स्रोतः चाइना डेली)