Nepali nano satellite Nepalisat-1
 

नेपालीस्याट-१ः एक परिचय

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै ‘न्यानो स्याटलाइट’ अर्थात् सानो भू-उपग्रह अमेरिकाबाट प्रक्षेपण गरिएको हो । ;सो नेपाली सुक्ष्म भू-उपग्रहको नाम नेपालीस्याट-१ (NepaliSat-1) दिइएको ५ । सो भू-उपग्रहलाई एन्टारेस नामक यानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पठाइएको हो ।

नेपालको विज्ञान तथा प्रविधि सम्बन्धी सर्वोच्च निकाय नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का  वैज्ञानिकहरूले बताए अनुसार नेपालको भू-उपग्रह नेपाली समयानुसार २०७६ बैशाख ५ गते (२०१९ अप्रिल १८) बिहीवार बिहान २:३५ बजे सम्युक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो। त्यहाँ अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय (नासा) को वालोप्स उडान केन्द्र रहेको छ।

बिहीवार बिहानै सिग्नस कार्गो विमानले जापान र श्रीलङ्काका भू-उपग्रहलाई पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्‍याएको थियो । बर्ड्स-३ स्याटलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू-उपग्रह अन्तरिक्षमा पठाइएको हो।

यो भू-उपग्रहलाई सञ्चालन गर्न जमिनमा पनि पूर्वाधार राख्नुपर्ने हुन्छ। त्यसका लागि उपकरण खरिद गर्न नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले बोलपत्र आह्वान गरिसकेको छ।

नेपाली भू-उपग्रहको आकारः

नेपाली भू-उपग्रह नेपालीस्याट-१ (NepaliSat-1) निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभास मास्के संलग्न थिए । नेपालीस्याट एक नानी-स्याटेलाइट हो, यसको अर्थ यो निकै सानो आकारको भू-उपग्रह हो । यसको वजन झन्डै एक किलो मात्रै छ।

यो प्रविधिको क्षेत्रमा नेपालको एउटा ऐतिहासिक उपलब्धि त हो तर यस क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ। यो पहिलो पाइला जस्तै हो तर चिनियाँ क्रान्तिका महानायक माओत्सेतुङले भनेझैँ ‘हजार माइलको यात्रा पनि पहिलो पाइलाबाटै शुरू हुन्छ ।’

यसका लागि नेपाल सरकारबाट पहिलो पटक लगानी भएको हो । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्त्वको सरकारले लगानी नगरेको भए र नेपाली वैज्ञानिकहरूले अथक परिश्रमले मात्रै यसलाई संभव बनाएको हो ।

आफ्नै भू-उपग्रह अन्तरिक्षमा लामो समयसम्म राख्ने चुनौती बाँकी नै छ। भू-उपग्रह प्रविधिमा नेपालले फड्को मार्न अझै धेरै काम गर्न बाँकी छ। यसको निरन्तरता, विकास र बिस्तारका लागि नेपाल सरकारले विज्ञान प्रविधि र भू-उपग्रहको विकासमा लगानी गर्न आवश्यक छ ।

नेपालीस्याट-१ को कार्य र उपयोगिताः

यो भू-उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ। यो भू-उपग्रह रिमोट सेन्सिङ प्रविधिको प्रयोगका लागि तयार गरिएको हो । यसबाट देशले रिमोट सेन्सिङ प्रविधिको फाइदा लिन सक्छ। यसको सहायताले नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्छ। ती तस्बिरहरू सञ्चारमाध्यममा छाप्न उपयुक्त हुने खालका हुनेछन् । यो अति महत्त्वपूर्ण अपलब्धि हो ।

नेपालीस्याट-१ को अन्तरिक्ष अवधिः

नेपालीस्याट-१ भू-उपग्रह अन्तरिक्षमा केवल तीन महिनादेखि एक वर्षसम्म मात्रै सञ्चालनमा रहनेछ । यो सुक्ष्म भू-उपग्रह लामो समय सञ्चालनमा रहन संभव छैन । लामो समयसम्म सञ्चालनमा रहने भू-उपग्रह निर्माण र प्रक्षेपण गर्न नेपालले प्रविधिको क्षेत्रमा ठूलो फड्को मार्नु पर्दछ भने सोही अनुसार ठूलो आर्थिक लगानी पनि गर्नुपर्छ ।

यो  सुक्ष्म भूउपग्रहले ठूलो भू-उपग्रहको निर्माण र प्रक्षेपणको क्षेत्रमा संभावानाको ढोका भने खोलेको छ र नेपाललाई प्रधानमन्त्री केपी ओलीले भनेझैँ ‘अन्तरिक्ष युग’मा पुराएको छ ।