Mahatma Gandhi, Nathuram Godse, Pragya Thakur,
 

काठमाडौँ । भारतको सत्तारूढ भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले ‘महात्मा’ गान्धीका हत्यारा गोड्सेलाई फेरि ‘देशभक्त’ भनेपछि भारतमा उनको भनाईबारे ठूलो विवाद चुलिएको छ ।

संसदको तल्लो सदनको छलफलको क्रममा उनले बुधबार गोड्सेलाई ‘देशभक्त’ भनेकी थिइन् । सो अभिव्यक्तिसँगै उनलाई एउटा संसदीय समितिबाट हटाइएको छ । नाथुराम गोड्सेलाई सांसद ठाकुरले ‘देशभक्त’ भनेको यो दोस्रो पटक हो । पहिलो पटक गत मेमा उनले यस्तै अभिव्यक्ति दिएकी थिइन् ।

परन्तु गोड्सेलाई देशभक्त भन्ने उनी पहिलो नेता भने होइनन् । भारतीय जनता पार्टी र त्यसका सहयोगी दलका विभिन्न नेताहरूले पटक-पटक गोड्सेलाई देशभक्त भन्ने गरेका छन् तर गोड्सेलाई देशभक्त भनेको कारणले पदमुक्त हुने भने उनी पहिलो नेता हुन् ।

यो पनि पढ्नोस्ः

नाथुराम गोड्से र महात्मा गान्धीका हत्याराहरूको वास्तविकता