काठमाडौँ । सौर्य मण्डल अन्तर्गतका सबै ग्रह र उपग्रहमा दिन र रातको फरक सूर्यले निर्धारण गर्छ । पृथ्वी पनि सौर्य मण्डलकै एउटा ग्रह भएकोले यसको दिन र रातको निर्धारण गर्ने काम सूर्यले गर्छ । यो पृथ्वीको ताप र प्रकाशको मुख्य स्रोत पनि भएकोले वातावरणका लागि पनि सूर्य उत्तिकै महत्त्वपूर्ण छ ।
तर विज्ञान र प्रविधिको विकास र विस्तारले धेरै कुरा नयाँ नयाँ भइरहेको छ । केही समय अगाडिसम्म कल्पना समेत गर्न नसकिने र अहिले पनि सुन्दा अचम्म लाग्ने यस्ता आविष्कारहरू भएरहेका छन् ।
यस्तै एउटा नयाँ र अपत्यारिलो लाग्ने आविष्कार हाम्रो छिमेकी देश जनवादी गणतन्त्र चीनका वैज्ञानिकहरूले गरेका छन् । चिनियाँ वैज्ञानिकहरूको सहयोगमा चीनले आफ्नै सूर्य बनाइसकेको छ । कृतिम चिनियाँ सूर्यले वास्तविक सूर्यले जस्तै पृथ्वीमा प्रकाश फ्याँक्नेछ ।
समाजवादको बाटोमा अग्रसर चीनले परमाणु प्रविधिको उपयोग गरी कृतिम सूर्य तयार गरेको हो । साम्राज्यवादी मुलुकहरूले हालसम्म पारमाणविक प्रविधिलाई हतियार उत्पादन गरी मानव जातिको विनाशमा मात्र प्रयोग गरेका छन् । तर समाजवादी चीनले भने यसलाई मानव जातिको हितको काममा प्रयोग गर्दैछ ।
चीनले कृत्रिम सूर्य परमाणु संयोजन (फ्युजन) गरेर बनाएको हो । वास्तविक सूर्यको भन्दा यसले १० गुणा बढी उज्यालो छर्नेछ । चीनको समाचार एजेन्सी सिन्ह्वाले कृत्रिम सूर्य निर्माण सम्पन्न भएको जनाएको छ । यो सूर्यले सन् २०२० देखि काम गर्ने दावी गरिएको छ । चीनको यो सूर्यको नाम HL-2M रहेको छ ।
चीनको राष्ट्रिय पारमाणविक निगम (नेशनल न्युक्लियर कर्पोरेसन) ले साउथ वेस्टर्न इन्स्टीच्युट अफ फिजिक्ससँग मिलेर कृत्रिम सूर्य बनाएको हो । वैज्ञानिकहरुले उज्यालोसँगै तापक्रम पनि १३ गुणा बढी हुने बताएका छन् । पृथ्वीमा परमाणु संयन्त्रको प्रयोग उर्जा उत्पन्न गर्न प्रयोग गरिन्छ । यो नै चीनको मुख्य अनुसन्धानको क्षेत्र भएको छ ।
कृत्रिम सूर्यको प्रयोग कृषि उत्पादन र उज्यालोका लागि प्रयोग गरिनेछ ।