Donald Trump, Kim Jong Un, Dialogue
 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वाेच्च नेता किम जोङ उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।

राष्ट्रपति ट्रम्पले पठाएको शुभकामना सन्देश सर्वोच्च नेता किम जोङ उनले प्राप्त गरेको प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।

‘अमेरिकी राष्ट्रपति ट्रम्पबाट नेता किमका लागि पठाएको जन्मदिनको शुभकामना प्राप्त भएको छ,’ केसिएनएले एक समाचारमा उल्लेख गरेको छ । कोरियाली श्रमिक पार्टीका नेता किम जोङ उनको जन्मदिन गएको बुधबार अर्थात जनवरी ८ मा भएको थियो । राष्ट्रपति ट्रम्पले सोही अवसर पारेर शुभकामना पठाएका हुन् ।

राष्ट्रपति ट्रम्पको शुभकामनाको स्वागत गर्दै उत्तर कोरियाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘दुई नेताबिच राम्रो सम्बन्ध छ तर यसकै आधारमा अमेरिकाले वार्ताको पुनः सुरुवात हुने अपेक्षा गर्नु गलत हुनेछ ।’