नेटो, NATO: North Atlantic Treaty Organization
 

बैठकहरू सँधै सहज हुँदैनन् र यसपटक नोभेम्बर ३–४, २०१९ मा लण्न्डनमा भएको नेटो (नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन) को ७० औँ बैठकमा त्यस्तै भयो । फ्रान्सले नेटोलाई मृत मस्तिष्क भनेर आलोचना गर्‍यो । नेटोका महासचिव नर्वेजियन नागरिक जँ स्टोलटेनवर्गलाई फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले “नेटोका शत्रु रुस कि चीन भन्नेमा नलागौँ, सबैको शत्रु त आतंकवाद हो” भनेका थिए । त्यसो त २०१८ मा ट्रम्पले पनि नेटोलाई असान्दर्भिक घोषणा गरेकै हुन् । ट्रम्पले महासचिवसँग मंगलबार ५२ मिनेटको भेटपछि बाँकी २८ राष्ट्रहरूले जसरी उल्याए ट्रम्प बैठक नसकिँदै पत्रकार सम्मेलन नै बहिस्कार गरी अमेरिका लागे ।

Bharat Pokharel
लेखक

नेटोको स्थापना अप्रिल ४, १९४९ मा १२ संस्थापक देशहरूको रूपमा भएको थियो । हाल यसका २९ राष्ट्रहरू सदस्य छन् । युरोपका २६ राष्ट्र अल्बानिया, बेल्जियम, बुलगारिया, क्रोयसिया, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आइसल्यान्ड, इटाली, लाटभिया, लिथुआनिया, लग्जम्बर्ग, मोन्टेनिग्रो, नेदरल्यान्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, संयुक्त अधिराज्य, युरेसियाबाट टर्की र उत्तर अमेरिकाबाट क्यानाडा र संयुक्त राज्य अमेरिका ।

अमेरिका र नेटोका संयुक्त पहलमा विश्वका १०० जति देशहरूमा १ हजार सैनिक शिविर र १७५ देशमा सैनिक संयन्त्र राखिएको आँकलन रहेको छ । यसलाई विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व व्यापार संगठनको सहयोग छ । नेटोको एक वर्षको खर्च १५ खरब (१.५ ट्रिलियन) अमेरिकी डलर रहेको छ ।

पहिला राताको अथवा कम्युनिस्टको डर, अहिले रुस र चीनको डर देखाएर नेटोलाई अझ सैनिकीकरण गरिने प्रपञ्च रचिँदै छ । ट्रम्पले नेटोका लागि युरोपका देशहरूले कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत थप्न भने नत्र युरोपलाई नेटोबाट निकालिने सम्मको धमास दिए । उनको यस्तो चुनौतीपछि “युरोपका जनता युरोपियन युनियन त वाशिङटनको कठपुतली हो, जुन नेटोद्वारा निर्देशित हुन्छ” भन्न थालेका छन् । युरोपका ७० प्रतिशत देशहरू अब नेटोमा आबद्ध रहन चाहेका छैनन् । नेटोले २ करोड मानिसहरू मारिसकेको छ । यिनै कारणले हालै लण्डनमा भएको नेटोको बैठकमा व्यापक विरोध भयो र यसको विघटनको माग समेत राखियो ।

नेटो, NATO: North Atlantic Treaty Organization
नेटोको विरुद्ध अमेरिकी जनताको प्रदर्शन