Soviet Union, USSR, Russia, Map, सोभियत संघ
 

सोभियत सत्ताको लगभग ७२ वर्षको कार्यकालमा सोभियत कम्युनिस्ट पार्टीका पूर्ण तथा वैकल्पिक गरेर जम्माजम्मी ३७०० केन्द्रीय कमिटी सदस्य भए । सन् १९३४ मा पार्टीको केन्द्रीय कमिटीमा ७१ जना पूर्ण सदस्य थिए, सन् १९७६ मा आइपुग्दा त्यस्ता सदस्य २८७ पुगेका हुन् ।

तीमध्ये जम्मा तीन जना मात्रै केन्द्रीय कमिटी सदस्यका छोरा थिए: लिओनिद ब्रेझनेभका छोरा युरी ब्रेझनेभ, आन्द्रेय झदानोभका छोरा युरी झदानोभ र मार्शल आई गोभोनोभको छोरा जनरल भी गोभोनोभ । त्यस अवधिमा भएका सोभियत सेनाका २० हजार जनरलमा तिनका छोराहरुमध्ये मुस्किलले १०० जति मात्रैले जनरल हुने मौका पाए होलान् ।

Tanka Karki, former Ambassador of Nepal to China
लेखक

लेनिनकी जीवनसंगिनी क्रुप्स्कायाको कम्युनिस्ट आन्दोलनमा आफैमा लामो, प्रतिबद्ध र सक्रिय भूमिका हुँदाहुँदै पनि लेनिनको अवसानपछि उनलाई सोभियत संघले राष्ट्रपति बनाएन किनभने उनीभन्दा वरिष्ठ अरु थुप्रै थिए ।

यो सब सांस्कृतिक सामन्तवादसँगको लरतरो छलाङ्ग थिएन । तर त्यति मात्रै पर्याप्त भएन । पछि क्रमशः के पनि भयो भने पार्टीको माथिल्लो सोपानमा बस्नेहरुले दास युगिन मूल्य अनुसरण गर्दै लगे – नोकरशाहीतन्त्रले आफूलाई मालिकको रुपमा प्रतिष्ठापित गर्‍यो । निर्णय प्रक्रियामा सानो कोटरीको हालीमुहाली हुन थाल्यो ।

सोभियत कम्युनिस्ट पार्टीको गर्भगृहमा गैरकम्युनिष्टहरुले भित्रभित्रै नियन्त्रण गरिसकेका र विशाल जालो बनाइसकेका थिए । यस नयाँ वर्गको लालनपालनको निम्ति सामाजिक उत्पादनको ठूलो हिस्सा झ्वाम (shiphon) हुन थाल्यो । छोटो अवधिमा अतुलनीय औद्योगिकीकरण गरेको मुलुकमा सामाजिक उपभोग्य वस्तुको गुणात्मक विकास हुन सकेन । समाजको आर्थिक संरचना खलबलियो ।

अनि भने समाजमा शासन प्रणाली (regime) प्रति नै वितराग (alienation) बढ्न थाल्यो  । हुँदाहुँदा जे नियति भोग्नु थियो, अन्ततः भयो त्यहीँ नै । इतिहास रचनाको आफ्नै गति शास्त्र छ ।