नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, झण्डा, Flag, Communist Party of Nepal, CPN Maoist Centre,
 

आज सामान्यतया संसारभरि र विशेषतः नेपाली राजनीतिक क्षेत्रमा मुख्यतः नेताहरुले विचार, सिद्धान्त, राजनीति (रणनीति, कार्यनीति), मति, कुरा-शब्द-भनाइ वा भाषण आदि राम्रै-सही नै अवलम्बन गरेको देखिन्छ ।

तर बिडम्बना ! सोअनुसारको आचार, व्यवहार वा संस्कार-संस्कृति अवलम्बन गरेको पाइँदैन, बरु विपरित गरे-भएको पाइन्छ । यसले गर्दा राजनीति जस्तो महान नीति, कार्य र क्षेत्रकै अवमूल्यन मात्र होइन; अपमान, घृणा र तिरस्कार नै हुने गरेको छ । फलतः नेता-कार्यकर्ताहरुले विश्वासको साटो अविश्वास, तालिको साटो गालि, इज्जतको साटो बेइज्जत, सम्मानको साटो अपमान र भोटको साटो चोट पाउने गरेका छन् ।

Narayan Sharma, Kamal Prasad
लेखक

अझ यहाँसम्म कि सदाचारी, स्वच्छ र इमान्दार नेतालाई समेत एउटै ड्याङ्गका मूला भन्दै दुराचारी-भ्रष्टाचारी र बेइमानको मिथ्या आरोप लगाउने र प्रताडित गर्नेजस्ता काम-कुरा र गतिविधिहरु भए-गरेको देखिन्छ । यो एउटा ठूलो दु:खद विडम्बना भएको छ । तसर्थ नेता-कार्यकर्ता, शासक-प्रशासक र मन्त्री-सांसद्हरुले सही विचार अवलम्बन गरेर मात्र हुदैन, सही विचार र सोही अनुसारको आचार अर्थात सही विचार सोही आचार अवलम्बन गर्नु जरुरी छ । त्यसैले म जोड दिन चाहन्छु कि हामीहरुले सही विचार र सोही सही विचार अनुसारको सोही सही आचार अवलम्बन गरौँ ।

अझै खुलेर र खोलेर भन्नुपर्दा भन्न सकिन्छ र भनि पनि रहेको छु कि सही सिद्धान्त सोही व्यवहार, सही राजनीति सोही संस्कृति (सही नीति, सोही कृति), सही मति सोही गति, सही कुरा-शब्द-भनाइ सोही काम-कर्म-गराइ वा सही भाषण-शासन सोही कासन-रासन अवलम्बन गरौँ । यति गर्न सके राजनीति र यसका संवाहक नेता-कार्यकर्ता, शासक-प्रशासक र मन्त्री-साम्सद्हरुको विश्वास, छवि, कद, तौल, इज्जत, सम्मान, भोट आदि सबै बढ्छ भने देशकै गरिमा, गौरव, शान, शक्ति र श्री वृद्धि हुन्छ । त्यसैले फेरि पनि भन्छु – ए हाम्रा नेता-कार्यकर्ता, शासक-प्रशासक र मन्त्री-सांसद् महोदयहरु हो ! कृपया उल्टो गल्ति नगरौँ, सुल्टो सही गरौँ अर्थात् “सही विचार सोही आचार अवलम्बन गरौँ ।