xi jinping, chinese president,
 

बेइजिङ । कोरोना भाइरस महामारी विरूद्धको युद्धमा जोडतोसका साथ लाग्न चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कडा निर्देशन दिनुभएको छ ।

मार्च १० तारिखमा चीनको नयाँ कोरोना भाइरसको रोकथाम तथा प्रतिरोधमा सबैभन्दा अगाडि रहेको उहान शहरमा चीनका सर्वोच्च नेता सी चिनफिङले उक्त निर्देशन दिँदै भन्नुभयो, “निद्रा छोडेर अथवा शिथिलताबाट तङ्ग्रिएर अझ जोडतोडका साथ महामारीको रोकथाम तथा प्रतिरोध काम गर्दै हुपैको संरक्षण र उहानको संरक्षण गरी कोभिड-१९ विरुद्धको युद्धलाई पराजित गर्नुपर्छ।”

बेइजिङमा दुई पटक महामारीको रोकथाम तथा प्रतिरोध कार्य टोलीलाई निर्देशन दिएपछि राष्ट्राध्यक्ष सीले फेरि महामारीको रोकथाम तथा प्रतिरोध कार्यमा सबैभन्दा अगाडि रहेको क्षेत्रको निरीक्षण गर्नुभएको हो । राष्ट्राध्यक्ष सीको यो निरीक्षणलाई निकै महत्त्वका साथ हेरिएको छ ।

उहाँको निर्देशनले यस अभूतपूर्व जनयुद्धका लागि विजयको आशा सिर्जना गरेको छ। केवल दुई महिनामै विश्वमा सबैभन्दा धेरै जनसंख्या रहेको चीनमा महामारीको रोकथाम तथा प्रतिरोधमा उल्लेखनीय उपलब्धि प्राप्त भएको छ। विश्वव्यापी जनमतका अनुसार यो उपलब्धि चिनियाँ सर्वोच्च नेताले चिनियाँ जनतासँगसँगै युद्धलाई परास्त गरिरहेको नतिजा हो ।

रुसी वैज्ञानिक प्रतिष्ठानको सुदूर पूर्वी अनुसन्धान विभागका उपप्रमुख अ औस्ट्रोभस्कीका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले महामारी विरुद्धको युद्धमा जनताको ज्यान बचाउनु र जनताको स्वस्थलाई प्रथम स्थानमा राखेको छ जसले जनतालाई अझ द्दढताका साथ महामारीको प्रतिरोध गर्न प्रेरित गरेको छ।

चिनियाँ सर्वोच्च नेताको मनमा जनताको महत्त्व कस्तो छ? यस महामारी विरुद्ध युद्धले एक ऐनाको रुपमा यस प्रश्नको जवाफ दिएको छ। महामारीको रोकथाम तथा प्रतिरोधको प्रमुख निर्देशक बन्नुबाट ४० दिनमा ६ पटक पार्टी पोलिट व्युरोको स्थायी समिति बैठकको अध्यक्षता गर्दै त्यसै गरी ३ पटक महामारी विरुद्ध युद्धका सबैभन्दा अगाडि रहेको क्षेत्रको निरीक्षण गर्दै राष्ट्राध्यक्ष सीले वास्तविक गतिविधिले चिनियाँ कम्युनिस्ट पार्टीका एक सदस्यले “जनतालाई आधारको रुपमा लिनू” भन्ने सिद्धान्तलाई व्याख्या गर्नुभएको छ।

महामारीको रोकथाम तथा प्रतिरोध गर्ने महत्त्वपूर्ण अवधिमा राष्ट्राध्यक्ष सीले सर्वसाधारणलाई प्रेरित गर्नुभएको गतिविधिबाट उहाँको द्दढ तथा स्पष्ट धारणा प्रतिबिम्बित भएको छ। उहाँले वर्तमान जटिल महामारी अवस्थालाई गहन अवलोकन गरेर जनताका लागि धेरै उच्च दायित्वबोध बहन गर्नुभएको छ। जसले चीनको अन्तिम विजयका लागि अझ बलियो आधार सिर्जना गरेको छ।

हाल अन्तर्राष्ट्रिय समाजले अझ स्पष्ट देखेको छ कि कोभिड १९ संक्रमण अवस्थाले विभिन्न मुलुकका लागि एक ठूलो परीक्षा दिएको छ। जसले विश्वसमक्ष विभिन्न मुलुकलाई मूल्याङ्कन गर्ने दुर्लभ अवसर प्राप्त भएको छ। राष्ट्राध्यक्ष सीको उक्त कडा निर्देशनले विश्वलाई चीनको विश्वास,अठोट र क्षमता देखाएको छ। महामारीलाई पार गरेर चीनले फेरि बसन्त भित्र्याउँदै छ।