बेलायतका सैद्धान्तिक भौतिकशास्त्री, ब्रह्माण्डशास्त्री, लेखक र क्याम्ब्रिज विश्वविद्यालयका ब्रह्माण्ड विज्ञान सैद्धान्तिक केन्द्रका निर्देशक रहेका स्टेफेन हकिङको १४ मार्चका दिन मृत्यु भएको उनको परिवारका सदस्यहरूले जानकारी दिए । उनको जन्म बेलायतको अक्सफोर्डमा ८ जनवरी १९४२ मा भएको थियो ।
दोस्रो विश्वयुद्धले विश्वलाई लपेटिरहेको बेला जन्मेका स्टेफेन हकिङ बिसौं र एक्काइसौं शताब्दीका अब्बल दर्जाका वैज्ञानिक थिए । उनी २२ वर्षको पुग्दै गर्दा अमियोट्रोफिक ल्याटरल स्क्लेरोसिस भन्ने नशा सम्बन्धी मोटोर न्युरोन जस्तो कहिल्यै निको नहुने पीडित थिए । यस रोगले गर्दा उनलाई पक्षघात लाग्यो । उनीलाई डक्टरहरुले केवल दुई वर्ष मात्र बाँच्ने समय तोकेको थियो । तर उनी ५४ वर्ष बढी बाँचेका थिए ।
एकजना कम्प्युटरविज्ञ वाल्टर बोल्टोजले उनका लागि भनेर आँखा र औँलाको सहयाताले चल्ने कम्प्युटर बनाइदिएका थिए । उनले मोटोराइज्ड ह्विल चेयरमा जडान गरिएको कम्प्युटरका सहायताले ब्रह्माण्डको यात्रा गरेका थिए । स्टेफेन हकिङ केवल वैज्ञानिक मात्र थिएनन् । उनी त भौतिकवादी पनि थिए । उनी ७५ बाँचे पनि उनका पछिल्ला असक्त ४४ वर्षमा अद्भूत खोज गरेर मानव जीवनलाई नयाँ विचार र समाधानहरु दिएका छन् । मानव खोजमा सबैभन्दा बढी रहस्यमय रहेको ब्रह्माण्डका बारेमा उनले धेरै नयाँ खोजहरु गरेका छन् । भौतिक विज्ञानमा मात्र नभएर भौतिकवादको खोजमा पनि उनको निकै ठूलो योगदान रहेको छ ।
स्टेफेन हकिङद्वारा लिखित र सन् १९८८मा पहिलो पटक प्रकाशित पुस्तक “समयको संक्षिप्त इतिहास”मा भौतिकशास्त्रका धेरै सिद्धान्तहरुका बारेमा उल्लेख गरिएको छ । त्यसमध्ये भौतिकशास्त्रको इतिहास, गुरुत्व, ब्रह्माण्डमा प्रकाश कसरी चल्छ, दिक-काल, प्रारम्भिक कण, कृष्ण विवर, महाविष्फोट र समयको यात्राका बारेमा यस किताबले बोलेको छ । यो किताबमा, हकिङले भौतिकशास्त्रका बारेमा बोलेका छन् । उनले दर्शनशास्त्रीहरु एरिस्टोटल र टोलेमीका विचारका बारेमा पनि बोलेका छन् । यो किताब ऐतिहासिक भौतिकवादमा आधारित छ । एकातिर यसमा भौतिकशास्त्रका खोजको चरणबद्ध र संगतीपूर्ण प्रस्तुति छ भने अर्कोतिर तथ्यहरुलाई भौतिकवादमा आधारित संश्लेषण गरिएको छ । त्यसैले हकिङका खोज र अन्वेषणको गहिरो अध्ययन गर्न जरुरी छ ।
हकिङको खोज
१. दिक र काल (Time and Space)
हकिङले सूर्यको वरिपरि घुम्ने ग्रहहरुको चाल र गुरुत्वले कसरी काम गर्छ भन्ने व्याख्या दिक र कालमा गरेका छन् । यसका साथै उनले पूर्णतया स्थिर र पूर्णतया अवस्थितिको बारेमा पनि उल्लेख गरेका छन् । उनका अनुसार यो समयको अवधिमा भरपर्ने विचार भनेका छन् । यसका बारेमा न्युटनको गुरुत्वका नियमहरु सही छैनन् । वस्तु तीव्र गतिमा भएका बेलामा पूर्णतया स्थिर भन्ने विचारले काम गर्दैन भन्ने उनको भनाइ छ ।
स्टेफेन हकिङ प्रकाशका बारेमा पनि बोलेका छन् । घटनालाई प्रकाशको शंकु (cones) द्वारा व्याख्या गर्न सकिन्छ । प्रकाशको शंकुको माथिल्लो भागले घटनाको कताबाट प्रकाशले यात्रा गर्नेछ भन्ने कुरा बताउँछ । तल्लो तहले कताबाट प्रकाश आएको थियो भन्ने कुरा बताउँछ । प्रकाश शंकुको बिचको भाग घटना मानिन्छ । प्रकाश शंकु बाहेक, हकिङले प्रकाश कसरी बाङ्गिन सक्छ भन्ने पनि बोलेका छन् । जब प्रकाश ठूलो पिण्ड भएर जान्छ । प्रकाशले बिस्तारै पिण्डतिर आफ्नो दिशा मोड्छ ।
हकिङले आइन्स्टाइनको सापेक्षताको सिद्धान्तको समयको बारेमा पनि बोलेका छन् । आइन्स्टाइनको सिद्धान्तको एउटा अनुमानमा समय कुनै ठूलो पिण्डको नजिकबाट जाँदैछ भन्ने जनाउँछ । हकिङले आफ्नो विचारलाई व्याख्या गर्न फरक ठाउँमा रहेका २ जना जुम्ल्याहलाई प्रयोग गरेका थिए । यदि ती २ जना मध्ये एकजनालाई पहाडमा बस्न पठाइयो र अर्कोलाई समुद्र नजिक बस्न पठाइयो भने ती दुई जना जुम्ल्याहामध्ये पहाड पठाइएको समुद्रमा पठाइएको भन्दा अलि बढी बुढो हुन्थ्यो ।
२. ब्रह्माण्डको विस्तार (The Expanding Universe)
हकिङले ब्रह्माण्डको विस्तार भइरहेको बताएका छन् । यसको व्याख्या गर्न उनले डोप्लरको शिफ्टको सहायता लिएका छन् । डोप्लरको शिफ्टका अनुसार कुनै वस्तु नजिक वा टाढा जाँदा दुईवटा कुरा हुन्छ । कुनै वस्तु टाढा जाँदा रातोमा परिणत (Red Shifting) हुन्छ र नजिक आउँदा नीलोमा परिणत (Blue Shifting) हुन्छ ।
यो हामीतिर आएको प्रकाशको तरङ्ग लम्बाइ बढ्दा र आवृत्ति घट्दा हुने गर्छ, जुन देखिने प्रकाश रातो/इन्फ्रा रेड विद्युत चुम्बकीय वर्णपटमा गएर अन्त हुन्छ । रातो शिफ्ट ब्रह्माण्डको विस्तार हुँदा प्रकाशको तरङ्ग लम्बाइ बढ्दा जोडिन्छ भन्ने विश्वास गरिन्छ, ग्रहरुहरु र आकाश गंगाहरु हामीबाट टाढिँदा यदि धेरैजसो तन्कियो भने, जुन डोप्लरको प्रभावसँग सुहाउँदो हुन्छ, ध्वनि तरङ्गसँग सम्मिलित हुन्छ । नीलो शिफ्ट त्यसबेला हुन्छ, जब कुनै वस्तु हामीतिर आउँछ, रातो शिफ्टको ठिक उल्टो हुन्छ । जहाँ तरङ्ग लम्बाई घट्छ र आवृत्ति बढ्छ । यस समयमा प्रकाश वर्णपटको नीलो शिफ्टमा अन्त हुन्छ । इड्विन हब्बल नामका एक जना वैज्ञानिकले राता ताराहरु हामीबाट टाढा गइराखेका छन् भन्ने पत्ता लगाएका थिए । हकिङले डोप्लरको शिफ्टले ब्रह्माण्ड ठूलो भइराखेको भन्ने व्याख्याको प्रयोग गरे । ब्रह्माण्डको सुरूवात महाविस्फोट भएको मानिन्छ ।
३. अनिश्चयको सिद्धान्त (The Uncertainty Principle)
अनिश्चयको सिद्धान्तले एउटा कणको एकैसाथ गति र अवस्था पत्ता लगाउन सकिदैन भन्दछ । कण कहाँ छ भनेर कणमा प्रकाश चम्किएसँगै थाहा हुन्छ । जब तीव्र गतिको आवृत्ति प्रकाशमा प्रयोग हुन्छ, प्रकाशले कणको अवस्था लगभग थाहा पाउँछ । तर कणको गतिका बारेमा अनभिज्ञ भइदिन्छ ।
यदि कम आवृत्तिको प्रकाशलाई प्रयोग गरिन्छ भने प्रकाशले कणको गति ठिकसँग पत्ता लगाउँदछ । तर कणको अवस्थाका बारेमा अनभिज्ञ रहन्छ । अनिश्चयको सिद्धान्तले निश्चिततालाई असत्य सावित गर्यो । अथवा भविष्यमा केही चीजका बारेमा गरिएको अनुमानलाई असत्य सावित गरिदिएको हुन्थ्यो ।
यो पुस्तकमा प्रकाशले कस्तो व्यवहार गर्छ भन्ने पनि राखिएको छ । कुनै सिद्धान्तहरुले प्रकाशले कणहरु जस्तै काम गर्छन् भनेको थियो । वास्तवमा तरङ्ग जस्तो गर्छ । एउटा सिद्धान्तले प्लाङ्कको क्वान्टम कल्पना जस्तो भनेको छ । अर्को भिन्न सिद्धान्तले प्रकाश तरङ्गले कणहरु जस्तो गर्छ, यसलाई हाइजेनबर्ग अनिश्चयको सिद्धान्त भनिन्छ ।
४. प्रारम्भिक कणहरु र बलहरुको प्रकृति (Elementary Particles and Forces of Nature)
क्वार्कहरु हामीले देख्ने प्रत्येक चीजको सबैभन्दा सानो भाग हुन् । क्वार्कहरु विभिन्न स्वाद भएका ६ किसिमका हुन्छन् । यिनीहरु हुन्ः अप क्वार्क, डाउन क्वार्क, स्ट्रेन्ज क्वार्क, चाम्र्ड क्वार्क, बटम क्वार्क र टप क्वार्क । क्वार्कका रातो, हरिया र नीलो गरी ३ किसिमको रङ्गका हुन्छन् । एन्टी क्वार्क पनि हुन्छन् । तिनीहरु नियमित क्वार्कका विपरित हुन्छन् । जम्माजम्मी १८ नियमित र १८ वटा विभिन्न एन्टी क्वार्क हरेका हुन्छन् । क्वार्कहरु “वस्तुको निर्माण ब्लकहरु”को रुपमा चिनिन्छ । किनभने तिनीहरु ब्रह्मण्डमा भएका चीज निर्माणका सबैभन्दा साना वस्तु हुन् ।
सबै प्रारम्भिक कणहरु (उदाहरणका लागि क्वार्कहरु) को फन्को (spin) हुन्छ । यही फन्कोले एउटा कणलाई विभिन्न दिशामा कस्ता देखिन्छन् भन्ने देखाउँछ । उदाहरणका लागि एउटा ० फन्को सबै दिशाबाट एकै किसिमको देखिन्छ । १ फन्को भएको एउटा कण जबसम्म ३६० डिग्रीमा पूर्णरुपले घुम्दैन, तबसम्म विभिन्न दिशामा फरक देखिन्छ । हकिङको उदाहरणमा एउटा कणको फन्को एउटा बाँण हो । २ फन्को भएको कणलाई उस्तै देखिनका लागि आधा फन्को (१८० डिग्री) लगाउनु पर्ने हुन्छ । किताबमा डबल-हेडेड बाँण उदाहरण दिइएको छ । ब्रह्माण्डमा विभिन्न समूहका कणहरु छन् । १/२ फन्को भएका कणहरु, र ०, १ अथवा २ फन्को भएका कणहरु हुन् । यी सबै कणहरुले पाउलको एक्सक्लुजन सिद्धान्तलाई पछ्र्याउँछन् । पाउलको एक्सक्लुजन सिद्धान्तले कणहरु एकै ठाउँमा हुन सक्दैन वा उही गतिमा हुन सक्दैन भन्दछ । यदि पाउलको एक्सक्लुन सिद्धान्त अस्तित्वमा रहँदैन्थ्यो भने ब्रह्माण्डका प्रत्येक बस्तु एकै रुपको लेदो झोल जस्तै देखिने थिए ।
०, १ र २ फन्को भएका कणहरु एकातिरबाट अर्कोतिर चल्छन् । ती कणका केही उदाहरणहरुमा प्रभावकारी गुरुत्वाणु (कणको गुरुत्व) र प्रभावकारी फोटोनहरु हुन् । प्रभावकारी गुरुत्वाणुको २ फन्को हुन्छ र तिनीहरुले गुरुत्व वलको प्रतिनिधित्व गर्दछन् । यसको मतलब जब गुरुत्वको दुईवटा असर हुन्छन्, गुरुत्वाणुहरु चल्छन् । प्रभावी फोटोनहरुको एउटा १ फन्को छ र यसले विद्युत चुम्बकीय बलको प्रतिनिधित्व गर्दछ (अथवा परमाणुलाई अड्याइ राख्दछ ।)
गुरुत्व र विद्युत चुम्बकीय बलहरु बाहेक, त्यहाँ कमजोर र बलिया आणविक बलहरु पनि हुन्छन् । कमजोर आणविक बलहरु रेडियोधर्मिताका कारण भएका बल हुन्, अथवा जब पदार्थले उर्जा उत्सर्जन हुन्छ तब हुने हो । कमजोर आणविक बलहरु एउटा १/२ फन्को भएका कणहरुमा काम गर्दछ । बलियो आणविक बलहरु ती बल हुन्, जसले क्वार्कहरुलाई न्युट्रोन र प्रोटोनमा सँगसँगै राख्छ, र प्रोटोन र न्यट्रोनहरुलाई परमाणुमा सँगसँगै राख्दछ । बलियो आणविक बल बोकिराख्ने कणलाई ग्लुअन भनिन्छ । १ फन्को भएको कण नै ग्लुअन हो । न्युट्रोन र प्रोटोनबाट क्वार्कलाई ग्लुअनले अड्याइ राख्छ । तैपनि ३ वटा रंग भएका क्वार्कहरुलाई मात्र ग्लुअनले अड्याउँछ । यसले रंग नभएको उत्पादन बन्द हुन पुग्छ । यसलाई एकान्तवास (confinement) भनिन्छ ।
केही वैज्ञानिकहरुले विद्युत चुम्बकीय वल, कमजोर आणविक बल र बलियो आणविक बललाई समायोजन गर्ने सिद्धान्त बनाउने कोशिस गरेका थिए । यसलाई बृहत एकीकृत सिद्धान्त (Grand Unified Theory-GUT) भनिन्छ । यो सिद्धान्तले यी बलहरुलाई एउटा ठूलो एकीकृत बाटो वा सिद्धान्तमा व्याख्या गर्ने कोशिस गर्दछ ।
५. कृष्ण विवर (Black Holes)
ताराहरु एउटा सानो बिन्दूमा गएर लोप हुनेलाई कृष्ण विवर हुन् । त्यसको सानो बिन्दूलाई एउटा सिङ्गुलारिटी भनिन्छ । सिङ्गुलारिटी एउटा यस्तो दिक-कालको बिन्दू हो जुन उच्च वेगमा घुम्छ । त्यसकारणले कृष्ण विवरहरुको समय हुँदैन । कृष्ण विवरहरुले वस्तुहरुलाई उनीहरुको केन्द्रतिर सोस्छन् । किनभने कृष्ण विवरको गुरुत्व धेरै बलियो हुन्छ । त्यसले प्रकाश र तारा जस्ता चीजहरुलाई पनि सोस्न सक्छ । केवल धेरै ठूला ताराहरु जसलाई ‘सुपर जायन्ट्स भनिन्छ, कृष्ण विवर हुनका लागि हुनुपर्छ । सूर्यभन्दा डेढ गुना ठूलो पिण्ड भएका ताराहरु मात्र कृष्ण विवर बन्न सक्छन् । यो संख्यालाई चन्द्रशेखर सीमा (Chandrasekhar Limit) भनिन्छ । चन्द्रशेखर सीमाभन्दा कम पिण्ड भएका तारा, कृष्ण विवरमा परिणत हुने छैन । सट्टामा, यो एउटा फरक परिणत, एक किसिमको सानो तारा बन्ने छ । कृष्ण विवर बन्ने सिमानालाई ‘इभेन्ट होराइजन’ भनिन्छ । यदि कुनै चीज ‘इभेन्ट होराइजन’मा रहेका छन् भने, तिनीहरु कहिल्यै पनि कृष्ण विवरबाट बाहिर निस्कँदैनन् ।
कृष्ण विवरलाई विभिन्न आकारहरु हुन्छन् । केही कृष्ण विवरहरु पूर्ण गोलाकार–बल (भकुण्डो) जस्ता छन् । अरु बिचमा उज्यालो छन् । परिक्रमा नगर्ने कृष्ण विवरहरु गोलाकार हुनेछन् । कृष्ण विवरहरुले परिक्रम गर्दा मध्य भागमा चम्किन्छन् ।
कृष्ण विवरहरुलाई पत्ता लगाउन अप्ठ्यारो छ किनभने तिनीहरुले बाहिर प्रकाश फाल्दैनन् । जब तिनीहरुले अरु ताराहरु सोस्छन्, त्यसबेलामा मात्र तिनीहरुलाई पत्ता लगाउन सकिन्छ । जब कृष्ण विवरहरुले अरु ताराहरुलाई सोस्छन्, तब कृष्ण विवरले एक्स-रे बाहिर फाल्छ । त्यसलाई टेलिस्कोपद्वारा मात्र देख्न सकिन्छ ।
हकिङले उनको यो विचार अर्का वैज्ञानिक किप थोर्नसँग भन्छन् । हकिङले कृष्ण विवरहरु जीवित थिएनन् भने । उनले कृष्ण विवरमाथिको आफ्नो काम बेकारमा नजाओस् भन्ने शर्त चाहेका थिए ।
हकिङले कृष्ण विवरका इभेन्ट होराइजनले केवल ठूलो बनाउनेछ, सानो होइन भन्ने कुरालाई महसुस गरेका थिए । जब कुनै चीज कृष्ण विवरमाथि खस्छ, तब कृष्ण विवरको इभेन्ट होराइजनको क्षेत्र ठूलो भइराख्छ । उनले जब दुईवटा कृष्ण विवरहरु जोडिन्छन्, ती दुईवटा कृष्ण विवर वा तिनीहरुको आकारको भन्दा ठूलो आकारमा तिनीहरुको इभेन्ट होराइजन हुन्छ भन्ने पनि महसुस गरेका थिए । यसको मतलव कृष्ण विवरका इभेन्ट होराइजनहरु कहिल्यै पनि साना हुदैनन् ।
विक्रम (क्रम बिग्रिएको), जसलाई उत्क्रम-माप पनि भनिन्छ, कृष्ण विवरसँग सम्बन्धित छन् । उत्क्रमसँग विज्ञानका नियमहरुले काम गर्नुपर्दछ । यो नियमलाई थर्मोडाइनामिक्सको दोस्रो नियम भनिन्छ र यसले भन्छ कि उत्क्रम एउटा एकान्तबास प्रणाली (उदाहरणका लागि ब्रह्माण्ड) मा बढ्ने छ । कृष्ण विवरको इभेन्ट होराइजनको आकार र त्यसको उत्क्रमको मात्राको बिचको सम्बन्धका बारेमा एक जना विद्यार्थी ज्याकोब बेकेन्स्टेनले पहिलो पटक सोचेका थिए । हकिङको कृष्ण विवरले विकिरण उत्सर्जन गर्छ भन्ने हिसाबमा प्रमाणित गरेका थिए । यो अचम्मको थियो किनभने कृष्ण विवरको इभेन्ट होराइजनबाट केही पनि फुत्किन सक्दैन भन्ने यसअघि नै भनिएको थियो ।
यो समस्याको समाधान जब “प्रभावकारी कणहरु” को बारेमा विचार गरिएको थियो, निस्किएको थियो । एउटा कण कृष्ण विवरमा खसेको हुन्थ्यो भने अर्को फुत्किएको हुन्थ्यो । यसले कृष्ण विवरले कणहरु उत्सर्जन गरेको जस्तो हुने थियो । सुरुमा यो विचार अद्भूत जस्तो थियो । तर धेरैपछि मात्र मान्छेहरुले यसलाई बिस्तारै स्वीकार गरेका थिए ।
६. ब्रह्माण्डको उत्पत्ति र निर्धारण (The Origin and Fate of the Universe)
धेरै वैज्ञानिकहरुले ब्रह्माण्डको सुरुवात एउटा विस्फोटन, जसलाई महाविस्फोट भनिन्छ, त्यसबाट भएको विश्वास गर्दछन् । यो मोडेललाई ‘गरम महाविस्फोट (hot big bang model)’ भनिएको छ । जब ब्रह्माण्ड ठूलो हुन थाल्छ, यसभित्रका चीजहरु पनि चिसा हुन थाल्छन् । जब ब्रह्माण्डको सुरूवात भएको थियो, यो अनन्त तातो थियो । ब्रह्माण्डको तापक्रम चिसो हुन थालेपछि ब्रह्माण्ड भित्र संकुचन (ठोस हुन थाल्नु) सुरु भएको थियो ।
हकिङले ब्रह्माण्ड कसरी बन्न सक्यो होला भन्ने बारेमा पनि बोलेका छन् । उदाहरणका लागि यदि ब्रह्माण्ड छिट्टै बनेर लोप भएको हुने थियो भने त्यहाँ जीवनका लागि प्रशस्त समय हुँदैन्थ्यो । अर्को उदाहरणः के ब्रह्माण्ड छिट्टै विस्तार भएको थियो होला ? यदि ब्रह्माण्ड छिट्टै विस्तार भएको थियो भने यो पूर्ण खाली थियो होला । धेरै ब्रह्माण्डहरु भएको भन्नुलाई धेरै विश्वको व्याख्या (many-worlds interpretation) भनिन्छ ।
क्वान्टम यान्त्रिकी र गुरुत्वलाई एकता गर्ने त्यो सिद्धान्तको विचारमा यस च्याप्टरमा प्रशस्त नमूनाहरुमा बहस गरिएको गरिएको छ । प्रत्येक कणहरुको धेरै इतिहासहरु हुन्छन् । यो विचारलाई फेइनम्यानको इतिहासमाथिको सिद्धान्तहरुको योगका रुपमा चिनिन्छ । क्वान्टम यान्त्रिकी र गुरुत्वलाई एकीकृत गर्ने सिद्धान्तका रुपमा फेइनम्यानको सिद्धान्त हुनुपर्दछ । कणले एउटा विन्दूबाट प्रवेश गर्ने अवसर पाउनका लागि प्रत्येक कणका तरङ्गहरुलाई जोड गर्न आवश्यक हुन्छ । यी तरङ्गहरु काल्पनिक समय (Imaginary Time) मा हुन्छन् । काल्पनिक संख्याहरु, जब तिनीहरुलाई गुणन गरिन्छ, परिणाम ऋणात्मक संख्यामा आउँछ । उदाहरणका लागि 2i X 2i = -4
कति भौतिकवाद संगत?
स्टेफेन हकिङले समयको संक्षिप्त इतिहास (A Brief History of Time), बृहत योजना (The Grand Design), कृष्ण विवर र समय भडकाव (Black Holes and Time Warps), बोक्राभित्र ब्रह्माण्डहरु (The Universe in a Nutshell), दिग्गजहरुको काँधमा (On the Shoulders Of Giants) भौतिक शास्त्रमा आधारित किताबहरु लेखेका थिए भने उनले खोज गरेको कृष्ण विवरमा आधारित रहेको बाल उपन्यास उनी र उनकी छोरी लुई हकिङ मिलेर जर्जको ब्रह्माण्ड यात्रा (George’s Secret Key to the Universe) लेखेका थिए ।
सन् २०११ मा उनले “दर्शन मर्यो” भनेका थिए । उनले दार्शनिकहरुले विज्ञानको आधुनिक विकासलाई आत्मासात नगरेको, वैज्ञानिकहरु राम्रो ज्ञानको खोज र आविस्कारको प्रकाश बाहक भएकोप्रति विश्वास व्यक्त गरेका थिए । उनले दार्शनिक समस्याहरुलाई मुख्यरुपमा नयाँ वैज्ञानिक सिद्धान्तहरुबाट जसले हामीलाई हाम्रो स्थान र ब्रह्माण्डका बारेमा नयाँ र एकदमै फरक चित्रतिर डोर्याउने विज्ञानद्वारा उत्तर दिन सकिन्छ भनेका थिए ।
धर्मप्रति उनको धारणा भौतिकवादी थियो । उनकै भनाइमा उनी सामान्य चेतनामा धार्मिक होइनन् र ब्रह्माण्ड विज्ञानको नियमहरुले शासित वा नियन्त्रित छ भन्नेमा विश्वास राख्दछन् । “धर्म प्राधिकारमा आधारित छ भने विज्ञान अवलोकन र कारणमा आधारित र विज्ञानले जित्ने छ किनभने विज्ञानले काम गर्छ” भन्ने उनको भनाइ थियो । उनले गार्जियन भन्ने पत्रिकालाई अन्तर्वार्ता दिँदै भनेका थिए, “स्वर्ग वा पुनर्जीवन हुँदैन । यस्ता भावहरु अँध्यारोबाट डराएका मान्छेका लागि बनाइएका काल्पनिक कथा मात्र हुन् ।”
अमेरिकाको डिस्कभरी च्यानललाई अन्तर्वार्ता दिँदै उनले “हामी धर्मप्रति स्वतन्त्र छौँ । तर मेरो सामान्य व्याख्यामा भगवान छैन भन्ने हो” भनी घोषणा गरेका थिए । “ब्रह्माण्ड कसैले बनाएको होइन र हाम्रो भाग्यमाथि कसैले निर्देशन गर्दैन । यसले मलाई अगाध महसुसतिर डोर्याउँछ । सायद त्यहाँ स्वर्ग छैन, पुनर्जन्म पनि छैन । हाम्रो यो एउटा जीवन बह्माण्डको बृहत योजनाबाट स्वीकार्य भएको हो । यसका लागि म आभारी छु ।”
सन् २०१४ को सेप्टेम्बरमा उनी स्टारमस उत्सवमा इआई मुण्डोलाई किनोटको सहायताबाट बोल्दै अन्तर्वार्ता दिँदै गर्दा आफूलाई नास्तिक घोषणा गरेका थिए । उनले “विज्ञानलाई बुझ्नुभन्दा पहिला भगवानले ब्रह्माण्ड बनाएको भनी विश्वास गर्नु स्वभाविक नै हो” भनी टिप्पणी गरेका थिए, “तर अहिले विज्ञानले धेरै नै विश्वसनीय व्याख्याहरु दिइसकेको छ”, भनेका थिए ।
निष्कर्ष
जुलाई १८८७ मा अल्बर्ट ए. मिकेल्शन र इवार्ड डब्ल्यु. मोर्लेले इथरमाथि गरिएको परीक्षण असाध्यै प्रख्यात तर असफल भएको थियो । यो परीक्षणले भगवान नरहेको पुष्टि गरेको थियो । “भगवान छैन” भनेर परीक्षणद्वारा पुष्टि गरेका अधिकांश वैज्ञानिकहरुले नै भगवानप्रति आस्था राख्दै आएका छन् । तर स्टेफेन हकिङ भगवानप्रति विश्वास त गरेनन् नै, उनले आफ्ना चर्चित प्रवचनहरुमा भगवान नभएको तथ्यहरु पेश गरेका थिए । त्यसैले स्टफेन हकिङ आदर्शवादी नभएर भौतिकवादी थिए भन्ने पुष्टि हुन्छ ।
उनका समयको संक्षिप्त इतिहासदेखि बृहत योजनासम्म पढ्दा उनका खोज र आविस्कारहरु ऐतिहासिकतामा तथ्यहरु खोजिएको छ र निष्कर्ष चाहिँ भौतिकवादमा आधारित रहेर गरिएको छ । यसको पुष्टि एरिस्टोटलका खोजहरुबाट सुरु गरेर आफ्नो आविस्कारहरुमा अन्त गरेका छन्, मूलरुपमा दिक-काल, कणहरुको गति र अवस्था, ब्रह्माण्डको विस्तार यसैमा आधारित छन् । त्यसैले स्टेफेन हकिङ ऐतिहासिक भौतिकवादी हुन् ।
हकिङको सबैभन्दा ठूलो योगदान भनेको उनको खोज हो । उनले रहस्यमय रहेको ब्रह्माण्डको उत्पत्ति, बनावट र विकासका बारेमा धेरै नै खोज गरेको छ । हकिङले सबैभन्दा साना कणहरुमा रहेका क्वार्कभित्र रहेका अझ सुक्ष्म वस्तुको बनावट, अवस्था र गतिका बारेमा खोज गरेका छन् । उनले विद्युत चुम्बकीय बल, कमजोर आणविक बल र बलियो आणविक बललाई समायोजन गर्ने सिद्धान्त बृहत एकीकृत सिद्धान्त (Grand Unified Theory-GUT) को खोज गरे । जसरी विगतका सबैजसो प्राकृतिक विज्ञानका सिद्धान्तहरु समाज विज्ञानमा पनि लागू भएका छन्, जसरी यो सिद्धान्तले भौतिक विज्ञानमा नयाँ-नयाँ खोजमा योगदान गरेको छ । समाजविज्ञानमा यसको निकै महत्त्व रहेको छ । यसले मार्क्सवादको संघटक अंगमध्ये दर्शनलाई समृद्ध गर्न निकै सहयोग पुर्याउँछ । यस विषयमा यस लेखमा उल्लेख गर्न सकिएको छैन । तर हकिङका खोजहरुलाई मार्क्सवादी दृष्टिकोणबाट अध्ययन गर्न जरुरी छ ।
(२०७४ चैत ३, काठमाडौँ)
(लेखक पूर्वशिक्षक तथा वामपन्थी नेता हुनुहुन्छ ।)