दिलबहादुर, दिल बहादुर रम्तेल, Dil Bahadur Ramtel, First Martyr, Great Peoples' War, Fagun 14, 2052
 

काठमाडौँ । आज फागुन १४ गतेबाट सहिद सप्ताह सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का साथै महान जनयुद्धमा सहभागी भएका सबै माओवादी पार्टी, समूह र घटकहरुले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद क. दिलबहादुर रम्तेलसहित सहिदहरुको सम्झनामा विभिन्‍न कार्यक्रम गर्दै आएका छन् ।

२०५२ सालमा जनयुद्ध सुरु भएको दुई हप्तामै अर्थात् आजकै दिन तत्कालीन सत्ताको निर्देशनमा प्रहरीले ११ वर्षीय विद्यार्थी क. दिलबहादुर रम्तेलको हत्या गरेको थियो । गोरखा पन्द्रङका रम्तेल प्रहरीले गिरफ्तार गरेका आफ्ना शिक्षकलाई छुटाउन धर्नामा सहभागी रम्तेलको हत्या गरिएको थियो । उहाँलाई तत्कालीन नेकपा (माओवादी) ले त्यतिबेलै प्रथम सहिद घोषणा गरेको थियो । प्रथम सहिद रम्तेलसँगै जनयुद्धका सहिदहरुको सम्झनामा माओवादीहरुले फागुन १४ देखि २१ गतेसम्म विभिन्‍न कार्यक्रम गर्दै सहिद सप्ताह मनाउँदै आएका छन् ।