चिनियाँ कम्युनिस्ट पार्टी, चीन, झण्डा, flag, communist party of china, cpc, china
 

काठमाडौँ । जनवादी गणतन्त्र चीनको गरिबी निवारणको समीक्षा तथा पुरस्कार वितरण समारोह फेब्रुअरी २५ तारिख बेइजिङमा सम्पन्न भएको छ। जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समारोहलाई सम्बोधन गर्दै घोषणा गर्नुभयो – चिनियाँ कम्युनिस्ट पार्टी र सबै जातीय समूहका जनताको संयुक्त प्रयासबाट चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको १००औँ वार्षिकोत्सवको महत्त्वपूर्ण क्षणमा चीनको गरिबी उन्मूलनले एक व्यापक जीत हासिल गरेको छ। चीनले गरिबी निवारण कार्य संयुक्त राष्ट्र संघको सन् २०३० दिगो विकास कार्यक्रमको निश्चित लक्ष्यभन्दा १० वर्षअगाडि नै पूरा गरेको छ ।

पहिले चीन विश्वमा सबैभन्दा धेरै गरिब जनसंख्या भएको मुलुक थियो । सन् १९७८ मा ग्रामीण क्षेत्रमा प्रत्येक व्यक्तिको वार्षिक आम्दानी एक सय युआनको गरिब मापदण्डअनुसार, २५ करोड चिनियाँहरूको आम्दानी उक्त मापदण्डभन्दा कम थियो । सन् २००८ चिनियाँ गरिबीको मापदण्ड प्रत्येक व्यक्त वार्षिक आम्दानी १ हजार १ सय ९६ युआनसम्म बढेको थियो । यो मापदण्ड सन् १९७८ को तुलनामा ११ गुणाको वृद्धि भएको थियो । साथै गरिबको संख्या ४ करोड ७० हजारले घटेको थियो। सन् २०२० मा चिनियाँ ग्रामीण क्षेत्रमा सबै गरिबहरू गरिबीबाट मुक्त भएका छन् ।

विश्वमा कुनै पनि देशले यति छोटो समयमा यति धेरै जनसङ्ख्यालाई गरिबीबाट मुक्त गराउन सकेको छैन । चीनले यस्तो ठुलो उपलब्धि हासिल गर्नुका केही कारणहरु छन् । मुख्य कुरा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व हो । चिनियाँ कम्युनिस्ट पार्टी जनताको विकासलाई नेतृत्व गर्ने सबैभन्दा भरपर्दो नेतृत्व बल हो भन्ने कुरा राष्ट्राध्यक्ष सीले बताउनुभएको छ। नयाँ चीन स्थापनापछि, चिनियाँ कम्युनिस्ट पार्टीले सधैँ नै गरिबी निवारणलाई देशको शासनको महत्त्वपूर्ण ठाउँमा राखेको छ । पार्टीको नेतृत्वमा चिनियाँ जनताले गरिबीविरुद्धको लडाइँ गर्न थालेको हो । चिनियाँ कम्युनिस्ट पार्टीका पुस्तापुस्तै सदस्यहरूले एकपछि अर्को गरी जनताको नेतृत्व गर्दै चीनमा सबभन्दा नयाँ र सुन्दर चित्र कोरिरहेका छन् ।

चिनियाँ राष्ट्राध्यक्ष, राष्ट्रपति, सी चिनफिङ, xi jinping, chinese president
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ

गरिबी निवारणको समीक्षा तथा पुरस्कार वितरण समारोहमा राष्ट्राध्यक्ष सीले भन्नुभयो-चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ महाधिवेशनपछि चीनले मानव जातिको इतिहासमा सबैभन्दा ठूलो परिधि तथा सशक्त रूपमा गरिबी निवारण कार्यक्रम चलाएको छ । ८ वर्षमा ८३२ वटा गरिब जिल्लाहरू र १ लाख २८ हजार गरिब गाउँ लगायत लगभग १० करोड गरिब जनता गरिबीमुक्त भएका छन् । यस्तो उपलब्धि मानव जातिको गरिबी निवारण इतिहासमा चमत्कारिक छ ।

सन् २०२० को अन्त्यमा चीन ऐतिहासिक रुपमा गरिबीबाट सम्पूर्ण रुपमा मुक्त भयो। चीन राष्ट्रको हजारौँ वर्षको सपना साकार भयो र चिनियाँ जनताका लागि चिनियाँ कम्युनिस्ट पार्टीले दिएको प्रतिबद्धता व्यवहारमा उतारिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाको एक सयौँ वार्षिकोत्सवका अवसरमा जनतालाई दिएको यो ठूलो उपहार पनि हो ।

राष्ट्राध्यक्ष सीले भन्नुभए जस्तै, विपन्नता समाजवाद होइन । गरिबी मुक्ति चीनको अन्तिम लक्ष्य पनि होइन, साझा समृद्धि चिनियाँ जनताको उद्देश्य हो । चिनियाँ कम्युनिस्ट पार्टीको उचित नेतृत्वमा चिनियाँ जनताले अझ बढी चमत्कार सिर्जना गर्नेछन् ।

(स्रोतः चिनियाँ अन्तर्राष्ट्रिय रेडियो)