चिनियाँ सुन्तला किसान, chinese farmer, orange, citrus, farmer, chinese poverty alleviation
 

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनयता जनवादी गणतन्त्र चीनले आठ वर्षसम्मको प्रयास गरेर निर्धारित समयमा नयाँ युगको गरिबी मुक्ति लक्ष्य पूरा गरेको छ । वर्तमान मापदण्डमा ग्रामीण क्षेत्रको गरिब जनसंख्या सम्पूर्ण रुपमा गरिबीबाट मुक्त भएको छ । गरिब जिल्लाहरू गरिबीबाट मुक्त भए । करिब दश करोड गरिब जनसंख्या गरिबीबाट मुक्त भए । अन्तर्राष्ट्रिय समुदायका विभिन्न क्षेत्रका व्यक्तिहरूले चीनको गरिबी मुक्तिले स्पष्ट उपलब्धि हासिल गरेको भन्दै अरु मुलुकहरूलाई गरिबी समस्याको समाधान गर्न मद्दत दिनका लागि महत्त्वपूर्ण विचार उपलब्ध गराएको बताएका छन् ।

केन्याको एसियाली नीति अध्ययन प्रतिष्ठानका प्रमुख काग्वान्जाले थुप्रैपटक चीनको भ्रमण गर्नु भएको छ । उहाँकाअनुसार, धेरै पटक चीनको भ्रमण गरेकाले चीनबारे जानकारी दिनु उहाँको दायित्व पनि हो । उहाँले चीनको विकासबाट सिक्नसक्ने अनुभवहरू खोजसक्ने आशा लिनु भएको छ । ती अनुभवहरूमध्ये छोटो समयमा चीनको धेरै जनसंख्या गरिबीबाट मुक्त भएको विषयमा उहाँले उच्च ध्यान दिने विषय हो ।

उहाँ भन्नुहुन्छ “चीन सुधार तथा खुलापन नीति लागू भएको करिब चालिस वर्षमा चीनले करिब असी करोड जनसंख्यालाई गरिबीबाट मुक्त हुन सहयोग गरेको, मानवको इतिहासमा गरिबी मुक्ति कीर्तिमानको सिर्जना गरेको र विश्वको गरिबी न्युनीकरण का‍र्यका लागि योगदान दिएको छ । मैले चीनका राष्ट्राध्यक्ष सी चिन फिङको किताबमा समेटिएको “गरिबी मुक्ति” लेख धेरै पटक पढेछु । सन् १९७८ यता चीनले सुधार तथा खुलापनमार्फत केही मानिसहरूलाई धनी बनाउन सहयोग गरेको र अरु मानिसहरूलाई गरिबीबाट मुक्त गराएको मैले थाहा पाएको छु । ती अनुभवहरू सिक्ने क्रममा अफ्रिका फलदायक छ ।”

चिनियाँ अंगुर किसान, chinese farmer, grapes, chinese poverty alleviation
गरिबी निवारणमा कृषिको ठुलो भूमिका रह्यो । तस्बिरमा चिनियाँ अंगुर किसानहरू ।

टर्कीको भाटन पार्टीसीका अध्यक्ष डोगु पेरिन्सेकको विचारमा चीनले गरिबी न्युनीकरण क्षेत्रमा ठुलो उपलब्धि प्राप्त गरेको कारण चीनको व्यवस्थाको श्रेष्ठता हो । उहाँ भन्नुहुन्छ “चीनले हासिल गरेका ती उपलब्धिहरू व्यवस्थाको उपलब्धि हो । हामीले यसमा उच्च महत्त्व दिएका छौँ । ती उपलब्धिहरू चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वबाट आएको हो ।”

लामो समयमा चीनको अर्थतन्त्रको अध्ययन गरिरहेका पाकिस्तानी विद्वान यासिर मासुदको विचारमा विकासोन्मुख मुलुकले चीनको गरिबी निवारण नीतिबाट धेरै अनुभव सिक्नसक्ने छ । उहाँ भन्नुहुन्छ, “चीन सरकारले जनतासमक्ष प्रतिबद्धता गरेको, निर्धारित समय र प्रारुपमा सही नीतिको कार्यान्वयन गरेको छ । ती नीतिहरूले गरिबी समस्याको समाधान क्षेत्रमा सही भूमिका निर्वाह गरेको छ । पाकिस्तानले चीनको उपाय सिक्नसक्ने र गरिबी रेखामुनि रहेका पाकिस्तानी जनतालाई अझै राम्रो जीवनस्तर उपलब्ध गराउनसक्ने छ ।”

संयुक्त राष्ट्र संघीय विश्व खाद्यान्न योजना कार्यालयका प्रवक्ता फिरीको विचारमा चीनले गरिबी मुक्ति क्षेत्रमा हासिल गरेको ऐतिहासिक उपलब्धिले विश्वको गरिबी न्युनीकरण कार्यका लागि आशा ल्याएको छ । उहाँ भन्नुहुन्छ “चीनले गरेको कार्य देखेर मलाई अच्चम लाग्यो । म चीनलाई शुभकामना व्यक्त गर्न चाहन्छु । जनतालाई गरिबीबाट मुक्त गराउनका लागि चीनले एक अप्ठ्यारो कार्य पूरा गरेको छ । यसले हामीलाई आशा ल्याएको छ । हामीले भोकमरीलाई पराजित गर्नसक्छौँ र गरिबीलाई पराजित गर्नसक्छौँ । हामीले चीनसँग साझेदारी सम्बन्धलाई निरन्तर रुपमा कायम राख्ने, अरु मुलुकहरूका अझै धेरै मानिसहरूलाई गरिबीबाट मुक्त गराउन प्रयास गर्ने अपेक्षा लिएका छौँ ।”

(स्रोतः चिनियाँ अन्तर्राष्ट्रिय रेडियो)